जन्म संस्कार
बर्तामान अवस्थामा तमु जातिमा जन्म संस्कारलाई कमै मात्रमा अपनाएको देखिन्छ । जन्म संस्कारमा पुरोहितको भन्दा पैँडीको प्रयोग बढि प्रचलनमा देखिन्छ । जुन पुरोहितको सुलभ सेवा प्राप्त भएको अवस्थामा भने बिधिपुर्बक शत्तिशाली मन्त्रहरू पाठन गरि, बिभिन्न ग्रह, दशा, कष्ठहरूबाट मुक्त गराई सम्पन्न गर्छ । यदि पुरोहित उपलब्ध नभएको अवस्थामा जन्म भएको ३ दिनमा, पैँडीले जन्म कुण्डली बनाएर नाम राखिन्छ ।
भात खुलाई
जन्म संस्कार पछिको अर्को चरण अन्न प्रसन्न (भात खुलाई) हो । केटाको ६ महिनामा र केटीको ५ महिनामा अन्न प्रसन्न गरिन्छ । अन्न प्रसन्नको दिन पैँडीबाट मुहुर्त हेरिन्छ ।
भात खुलाईमा मासु र रक्सि अनिवर्य खुलाउनु पर्छ । जसको साथमा बिभिन्न मिष्ठ परिकार तथा फलफुलहरू पनि खुलाईन्छ । ल्हो मिलेको ब्यत्ति अथवा मावली (अश्योँ)बाट भात खुलाउने शुभारम्भ गरिन्छ । त्यस पछि आमा बाबा लगायत अरू ईष्टमित्रहरूले खुलाउने गरिन्छ । त्यसबेला बच्चालाई उपहार चढाई स्याई स्याई गर्ने चलन पनि चल्तिमा छ।
छेवार (कपाल काट्ने)
छेवार पुरूषलाई मात्र गरिन्छ । छेवार नगरे सम्म कपाल काट्न नहुने बिश्वास छ । छेवार कहिले गर्ने भन्ने निधो पैँडीले गर्दछ । यसमा पुरोहितको भुमिका देखिदैन । छेवार कार्य अश्योँ बिना गर्न मिल्दैन ।
छेवार गरिने ब्यत्तिलाई दाम्लोले टाटनमा बाँध्छ र टाटनमा सजाएर राखिएको गुधौली घाँस मुखमा च्याप्नु पर्छ र अश्योँले कपाल काट्छ । कपाल काटीसकेपछि अश्योँले नै ङेहन्या ट्हो गरेर टोपी लगाई स्याई गरिदिन्छ ।
छेवारमा निमाण्त्रित ईष्टमित्रहरूको उपस्थितमा भोज भोजनको साथ भब्य रूपले पनि सम्पन्न गरेको देखिन्छ ।
ङ्योइ चोलो पीब (गुनियो चोलो दिने)
तमु संस्कारमा छोराको छेवार गरे जस्तै छोरीलाई पहिलो पल्ट गुनियो चोली दिने परम्परा छ । अश्योँको हातबाट यो कार्य शुभारम्भ भएमा उत्तम मानिन्छ । त्यसैले तमु संस्कारमा अश्योँको भुमिका धेरै महत्त्वपुर्ण स्थानमा छ ।
बिबाह संस्कार
तमु संस्कारमा दुलाह र दुलही दुबै घरमा रिति पुर्याई बिबाह सम्पन्न भएमा बढि महत्व ठानिन्छ । लगन जुराउने, बिबाहको दिन हेर्ने, जन्ती प्रश्थान हुने, दुलही निकाल्ने र भित्र्याउने शुभसमय पैँडीबाट मुहुर्त हेराईन्छ ।
साँझ पाखा दुलाह जन्ति लिएर बिभिन्न बाजागाजाको साथ दुलहीको घरमा पुग्छ । सम्पुर्ण जन्तिलाई दुलहीको घर पुग्दा भब्य स्वागत समरोह गरिन्छ । जन्ति र लोकन्ते माझको चिनापर्चि पश्चात बाजागाजाको साथ नाँचगान गरि रमाईलो संग रात कटाउछन् ।
बिहानको कार्यक्रम शुभ समय भए पछि आँगनमा जन्तिले ल्याएको रोटी, रोटी, रक्सी, दही र अरू परिकारहरू सजाउछन् । त्यसपछि दुलहीले घरबाट अक्षता र बत्ति बाली दुलाहलाई चढाउछ जसलाई दुलाहले दुलाहीको आमा, कुटेनी, गाउको मुख्या, टोल र लोकन्ते पक्षलाई भेटि चढाउछ । त्यसपछि दुलहीको बाबा अथवा कुलको मुख्य ब्यात्तिले बौदात बक्छ । जसमा दुलहीको कुल, थर, दुलहीको नाम र दुलाहको कुल, थर र दुलाहको नाम उल्लेख गर्दै बिबाहको गाँठोमा बाधिएको जनाउछ र सफल दम्पत्य जिवानको शुभकामना दिईछ । बौदात बोलेपछि सम्पुर्ण ईष्टमित्रमाझ ढोगभेट, शुभकामना अदानप्रदान हुन्छ र दुलही पक्षको काम सकिन्छ । शुभसाईतको समयमा दुलहीलाई गोडा धुवाएर दुलाहको घर तिर प्रश्थान हुन्छ ।
दुलाहको घर आईपुगेपछि यदि दुलही भित्र्याउने समय भएपछि दुबै जोडीलाई संघारमा उभ्याउछ र दुलाहको दिदी बहिनीमा एकजानले ढोका बन्द गर्छ जसमध्येले घर भित्र नाङ्लोमा अक्षेता राखि झ्यालमा बत्ति बाली बसेको हुन्छ । दुलहीले निश्चित समयमा ढोका खोली घर भित्र प्रबेश हुन्छ र अक्षेताम दक्षिना चढाई अगेना कोताको छेउमा राखिन्छ ।
त्यसबेला दुलाहको आमा घर भित्र लुकेरा बसरको हुन्छ । दुलाहकोले आमालाई सुखसयालमा पाल्ने प्रतिज्ञा
गर्छ र दुलाह र दुलही दुबैजानलाई आसिरबाद दिन प्रकट हुन्छ । त्यसपछि दुलहीलाई दुलाहको कुलको मुलिले, दुलाहको आमाबाबा अनि सम्पुर्ण ईष्टमित्रले टिका लगाईदिन्छ । अनि दुलहीले आगेनाको ओदानोमा माछामासु राखी शुद्घ गरेर कुलमा स्वीकारेको मानिन्छ । यसरी तमु जातीको बिबाह संस्कार परम्परागत रूपमा सम्पन्न भएको ठहरिन्छ ।
मृत संस्कार
तमु जातिमा मृत संस्कारलाई धेरै महत्व दिईन्छ । मृत संस्कारमा पुरोहित लगायत सम्पुर्ण समाज नै सहभागी भएर सम्पन्न गराउछ । मृत संस्कार २ तहमा बिभाजन गरेकोछ । यदि चाहेको अवस्थामा एकै तहमा पनि मृत संस्कार पुर्ण गर्न सकिन्छ तर हजार बाह्र सय बर्ष यता जब क्होला राज्यबाट अन्य स्थान तिर बसाई सरेपछि बिबिधता कारणहरू जस्तै आर्थिक, समय, बिभिन्न स्थानमा छरिएर बसेको नाता कुटुम्बहरूको उपस्थिति जुटाउन असम्भव ले गर्दा यो २ तहमा अधिक मात्रमा प्रचालित छ।
पहिलो तह दाह संस्कार वा शरीर अन्तेष्टी गर्नु हो । यसमा पृथक शरीरको सिरानमा चोखो अक्षतामाथि पालमा बाल्नुपर्छ । लासमाथि हतियार वा काँढा र सीस्नो राख्नुपर्छ । यो गरेपछि उपस्थित आफन्तजनले सुन पानी दिनु पर्छ र पुरोहितले गरि लासको टाउको मुल ढोकातिर फर्काउछ र बिधिहरूको सुरूआत गर्छ । छोरीहरूले क्रस, आस्योँले क्रछाण गरेपछि त्हभाईले त्हक्र गरि लास लैजाने तयार गर्छ र छरछिमेकी तथा गाउलेहरू धनु काँडा आर्थी, त्ह क्रालेचहबडा, छोचा ईत्यादिको तयार गर्छ । म्हो जोँवईले उप्रेतलाई चहिने सामाग्रीहरूको ब्यवस्था गर्छन् । छोरा छोरी र दिदीबहिनीहरूले लावा , मालाले लार सिंगार्ने काम गर्छन् र मृतकलाई चिहान तिर लगिन्छ
मृतकलाई जलाउने हो कि गाड्ने हो, पहिला नै सल्लाह भई निर्णय भईसकेको हुन्छ । गाड्ने हो भने त्ह्यो प्ये पढेर छोराले दाग बत्ति र छोरीले माटो दिएर पुर्छ । यदि जलाउने हो भने मी ताँ प्ये पढेर छोराले दाग बत्ति अनि छोरीले सलदान गरि जलाउछ । त्यसपछि आस्योँले छोराको कपाल खौराउछ र टाल लगाइदिन्छ र सबै घर फर्कन्छन् ।
मलामीहरूले स्युरी धुप र सुन पानीले सबैलाई चोख्याउने गर्छन् । ३ दिनसम्म आफ्नै घरमा या चिहान नजिकै छ भने चिहानमा सिमी कैँ दिने चलन छ । त्यसपछि मृतक ल्होकोर नपुगेको १२ बर्ष मुनिको बालक, महिला, पुरूष क्रमश ३, १३ र ९ दिनमा फुकाउने शुद्घ गरिन्छ र मृत संस्कारको पहिलो तह पुर्ण हुन्छ ।
पय
too be updated............



Comments
i have read this i am very happey but i am not fully understand this so can you expalin in more detail so i or we understand in next future generation thaku. if i am any doing any mistake just maffi chu la.
tahnku
lokraj