You are here > Home News & Events UK तमु प्ये ल्हु संघ युकेको ल्होसार समिक्षा बैठक
Tue 07 Sep 2010
तमु प्ये ल्हु संघ युकेको ल्होसार समिक्षा बैठक PDF Print E-mail
Written by Bheg Lal Chahkli Tamu   
Sunday, 10 January 2010 17:57

 

९ जनवरी २०१० शनिवार
   तमु प्ये ल्हु संघले गत ३० डिसेम्बर २००९ (२०६६ पौष १५)को दिनमा तो ल्हो आगमनको शुभ अवसरमा आयोजित तमु ल्होसार महोत्सवको प्रतिवेदन सुनाउन तथा मुल्यांकन गर्न व्हाइट स्वान, अल्डरशोटमा ल्होसार समिक्षा बैठक बस्यो । संघका अध्यक्ष जगत प्हच्यु तमुको सभापतित्वमा सम्पन्न उक्त समिक्षा बैठकले तमु ल्होसार महोत्सवमा भएको आर्थिक तथा भौतिक कारोबारको स्पष्ट बिवरण प्रस्तुत गरी महोत्सव सफल र महत्वपूर्ण रहेको निष्कर्श निकालेकोछ । महोत्सवमा धार्मिक, औपचारिक र साँस्कृतिक सबै कार्यक्रम उत्कृष्ट रहेको र जनसमुदायले पूजामा मनग्गे ध्यान दिएको र साँस्कृतिक कार्यक्रममा भरपुर मनोरन्जन लिएको कुरा बैठकले सदर गरेकोछ ।
   तो ल्होसार भव्य रुपमा सफल बनाउने लक्ष्य लिएर गठन गरिएको तो ल्होसार संयोजन मूल समितिको सक्रिय एवं उल्लेखनिय भूमिकाले गर्दा नै ल्होसार महोत्सव सफल भएको हो भन्ने तथ्य सबैले मनन् गरेकोछ । संघको अध्यक्ष प्रमुख संयोजक रहेको तो ल्होसार मूल समितिमा सह-संयोजकद्वय क्या. देवराज ङोप्छे तमु र उपाध्यक्ष सोम त्होर्जै तमु हुनु हुन्थ्यो । अन्य मुख्य सदस्यहरुमा क्या. डेम बहादुर योज तमु, ले. मदन प्ल्हें तमु, धर्म कुप्छे तमु, गीर बहादुर लइ तमु, डम्बर बहादुर टु तमु र अमर त्होर्जे तमु रहनु भएको थियो भने करिब सत्तरी जना स्वयं सेवक परिचालन गरिएको थियो । विशेष गरि दर्शक तथा पाहुनाहरुको सुविधाको लागि महोत्सवमा बढिभन्दा बढी स्वयं सेवक खटाइएको थियो ।
   बैठकमा ल्होसार समिक्षा बाहेक हालसालै नेपालमा सम्पन्न खेगी भेलाको प्रतिवेदन प्रस्तुत गर्ने, आगामी फेब्रुअरी १, २ र ३ तारिखमा नेपालमा हुन गई रहेको तीन दिने विशेष भेलाको तयारीबारे जानकारी गराउने र तमु प्ये ल्हु संघ दाउन्ने नवलपरासी जिल्ला शाखाको सहयोगको बारेमा पनि छलफल गरिएको थियो भने नेपालमा हुन गइ रहेको तीन दिने विशेष भेलाको लागि आवश्यक बजेट र दाउन्ने नवलपरासी शाखाको सहयोगको लागि आर्थिक रकम पनि छुट्टाईएकोछ ।


   बैठकमा तो ल्होसार महोत्सवलाई सफलता पुर्वक सम्पन्न गराउन सहयोग पर्‍ुयाउनु हुने तो ल्होसार संयोजन मूल समितिका सम्पूर्ण सदस्यहरु तथा स्वयं सेवक सदस्यहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मद्धत गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । यसै क्रममा नृत्य रिहर्सलको समयमा कलाकारहरुको लागि खाना तथा नास्तपानीको व्यवस्था गरि दिनु हुने महिला दिदी-बहिनीहरु श्रीमती पार्वती पर्जु, श्रीमती मिना भुज, श्रीमती बिष्णु टु, श्रीमती गंगा लइ, श्रीमती अन्जु ल्हों, श्रीमती मोती च्‍हम्रु, श्रीमती भूलमाया ताँज, श्रीमती माया टु, श्रीमती बुद्धी कुमारी प्हच्यु, श्रीमती बबिता प्हच्यु, श्रीमती यमुना प्हच्यु, श्रीमती बिष्णु प्हच्यु, श्रीमती धनमाया च्हार्ल, श्रीमती सरिता थिम्चे र श्रीमती सबिता म्होब्छे तमुलाई संघको तर्फबाट हार्दिक धन्यवाद प्रकट गरिएको थियो । त्यसैगरि महोत्सवलाई आर्थिक रुपमा सहयोग गर्नु भएका सल्लाहकार ले. मदन प्ल्हें, अध्यक्ष जगत प्हच्यु, उपाध्यक्ष सोम त्होर्जे, कोषाध्यक्ष नेत्र टु, सदस्य श्रीमती पार्वती पर्जु, दुर्गाराज टु र श्रीमती बबिता प्हच्यु तमुलाई पनि धन्यवाद दिइएको थियो ।
   बैठकमा कलाकारहरुको जिज्ञासा अनुरुप तमु साँगीतिक समुह गठन गरि क्रियाशिल गराउने कुराको पनि निर्णय गरेकोछ । मिस्टर पोखरा २००५ विजेता रबिन सर्वुज तमुले राख्नु भएको यो प्रस्तावलाई सर्वसम्मतले अनुमोदन गरेको हो भने कलाकारहरुलाई समुहमा आवद्ध गराउन यस बारेमा छिट्टै कार्यक्रम ल्याउने निर्णय पनि गरेकोछ ।
   मौसम तथा हिँउ परेर यातायात सवारीमा भारी अवरोध पर्‍ुयाएको भएता पनि बैठकमा बृहत रुपमा समिति सदस्य तथा तमु शुभ-चिन्तकहरुको उपस्थिति रहेको थियो भने संघले खानापिनाको व्यवस्था पनि गरेको थियो ।
   बैठकले तो ल्होसार महोत्सवको कलाकार समुहलाई सम्मानको लागि आगमी फेब्रुअरी २० तारिख शनिबारको दिनमा कलाकार सम्मान कार्यक्रम आयोजना गर्ने निधो गरेकोछ भने नेपालमा हुन गइ रहेको विशेष भेलामा भाग लिनको लागि विशेष पदाधिकारीहरु नेपाल प्रस्थान गर्ने भएको कारण आगामी १३ फेब्रुअरी २०१० मा हुने भनिएको संघको दोस्रो सम्मेलन १३ मार्च २०१० शनिबार आयोजना गरिने भएकोछ ।

भेग च्‍हाक्‍ली तमु
सचिव
तमु प्‍ये ल्‍हु संघ,युके

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल
25/12/2008 | Administrator

ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्‍वपूर् [ ... ]


Kwhohidulu Mara
23/12/2008 | Administrator

[Shrawan Sankranti] Celebration by UK Branch According to the Heritage culture of the tamu, Paus 15 (Lhosar), Maghe Sankranti(Head of the Summer/Rainy Session), Phalgun Purnima, Three Tuesday in Chait [ ... ]


काटमार के हिंसा हो?
05/04/2009 | Netra tamu

             काटमार के हिंसा हो?
               काटमार के हिंसा हो? तर म भन्छु होइन सा [ ... ]


Sounds for Divine Ancesters
25/12/2008 | Administrator

Rituals, Music & Life in Tamu ShamanismThe first ever recording dedicated to Tamu/Gurung shaman ritual music.Keith Howard and Yarjung Krõmchhañ Tamu (Gurung) with Simon Mills------------------------ [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles