You are here > Home News & Events HK तमु प्ये ल्हु संघ हङ्कङ्को तो-ल्होसार (बाघ वर्ग) भब्यताको साथ सम्पन्न!
Tue 07 Sep 2010
तमु प्ये ल्हु संघ हङ्कङ्को तो-ल्होसार (बाघ वर्ग) भब्यताको साथ सम्पन्न! PDF Print E-mail
Written by Gurung Kaji   
Monday, 04 January 2010 09:01

 

 

‎  तमु प्ये ल्हु संघ हङ्कङ्ले यहि जनवरी १, २०१० का दिन ताईमोशन कन्ट्री पार्कमा तमुहरुको महान पर्व ल्होसार (पुसे १५) ल्वों ल्हो (गाई वर्ग) को बिदाई र तो ल्हो (बाघ बर्ग) को आगमनको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि भब्यताको साथ मनायो ।
  कार्यक्रमको सुरुवात धार्मिक पूजाबाट थालिएको थियो। पच्यूचिव प्रेम बहादुर तमु र क्ल्हेप्री प्रेम बहादुर तमुबाट छ्योपा त्हें र थासो फाल्ने त्हें सामुहिक रुपमा धार्मिक परम्परा अनुसार बिहानपख सम्पन्न गरिएको थियो । पूजा सकिएपछि धर्मगुरुहरुबाट उपस्थित भक्तजनहरुलाई रुप लगाईदिने र कैंदु प्रसाद स्वरुप बांडिएको थियो ।
   कार्यक्रमको दोस्रो चरण औपचारिक कार्यक्रमबाट सुरुवात गरिएको थियो । सो औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा वयोबृद्ध श्री देउ बहादुर तमु उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा पच्यूचिव प्रेम बहादुर तमु,गैर आवासिय नेपाली संघ हङ्कङ्का प्रमुख त्रीलोक तमु,सिक्लेस समाज तथा तमु प्ये ल्हु संघ हङ्कङ्का सल्लाह्कार क्या.चन्द्र बहादुर तमु र तमु प्ये ल्हु संघ हङ्कङ्का प्रमुख सल्लाह्कार ई.बिजय कुमार तमु हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा तमु टहो ह्युल हङ्कङ्का अध्यक्ष ईच्छा कुमारी तमु,नेपाली कामदार यूनियनका प्रमुख तुलाजंग तमु,मगर संघ हङ्कङ्का प्रमुख मनबहादुर थापा,तामाङ घेदुङ्का अध्यक्ष भिम बहादुर तामाङ्,किरांत याक्थुम चुम्लुङ्का सचिव नन्द चङ्सु,स्याङ्जा जनसेवा समितीका अध्यक्ष भक्त बहादुर् तमु,घान्द्रुक समाजका अध्यक्ष राज बहादुर तमु,लुम्बिनी मञ्चका अध्यक्ष ठाकुर प्रसाद त्यसैगरि खोटाङ् तमु समाजका अध्यक्ष,डांडा गाउंले समाज,तनहुं समाज,हङ्कङ् बोडि बिल्डर्सका अध्यक्ष,ओम नमो बुद्द आमा समुहका अध्यक्ष,स्याङ्जा भिरकोट आर्थरका अध्यक्ष,धम्पुस परिवारका अध्यक्ष लगायत अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु थिए।
  तमु प्ये ल्हु संघ हङ्कङ्का वर्तमान अध्यक्ष सोम बहादुर योज तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन यसै संघका सचिव मन बहादुर तमुले गर्नुभएको थियो र कार्यक्रमको प्रमुख अतिथि बयोबृद्द देउ बहादुर तमुले पानसमा बत्ति बालेर कार्यक्रमको उद्दघाटन गर्दै तमु परम्परा अनुसार ल्वो ल्हो (गाई वर्ग) लाई बिदाई र तो ल्हो (बाघ बर्ग) को हार्दिक स्वागत गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो भने कार्यक्रममा तमुहरुको बृहत सहभागिता रहेको थियो। उपस्थित प्राय अधिकांश पुरुष तथा महिलाहरु मात्र नभएर सा-साना केटाकेटीहरु पनि आफ्नै जातिय पहिरन,भेषभुषामा सजिएका देखिन्थ्यो,जसलेगर्दा बाहिरियाबाट देख्ने जो कोहिलाई पनि लाग्दथ्यो कि यस ठाउंमा अवश्य पनि आफ्नो जातिय कार्यक्रम हुंदैछ। यसरी कार्यक्रम सञ्चालन गर्ने क्रममा सचिव मन बहादुर तमुले ल्होसारको निम्तोलाई सहर्ष स्वीकार गरि पाल्नु भएका अतिथि महानुभावहरु,पत्रकार मित्रबन्धुहरु लगायत उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई तो-ल्होसार बाघ वर्गको उपलक्ष्यमा हार्दिक आशिमाला ब्यक्त गर्नुको साथ साथै धन्यवाद पनि  टक्रयाउंनु भएको थियो।
  यसै गरि संघका प्रवक्त मनोज तमुको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा केहि संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई शुभकामना मन्तब्य राख्न दिइएको थियो। यसरी शुभकामना मन्तब्य राख्नेहरुमा नन्द चङ्सु,ईच्छा कुमारी तमु,तुलाजङ् तमु,भिम तामाङ्,भक्त तमु,बिजय तमु,त्रीलोक तमु लगायत हुनुहुन्थ्यो।
  यसरी शुभकामना मन्तब्यको क्रममा सचिव मन बहादुर तमुले शुभकामना मन्तब्य तथा औपचारिक कार्यक्रमलाई समापन गर्नको लागि कार्यक्रमको अध्यक्षता गरिरहनु भएका यसै संघका अध्यक्ष सोम बहादुर योज तमुलाई मञ्चमा आमन्त्रण गर्नुभएको थियो। सर्बप्रथम अध्यक्ष तमुले उपस्थित प्रमुख अतिथि,विशेष अतिथि,अन्य अतिथि महानुभावहरु,पत्रकार मित्रबन्धुहरु र अन्य सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई तो-ल्होसार बाघ बर्गको हार्दिक आशिमाला टक्राउंनु भएको थियो साथै आज यसरी तमु प्ये ल्हु संघको ल्होसार कार्यक्रमको निमन्त्रणलाई सहर्ष स्वीकार गरि पाल्नुभएका सबैलाई धन्यवाद पनि टक्र्याउंनु भएको थियो। आज तपाईहरु जसरी हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहां पाल्नुभएको छ,आउंने दिनहरुमा पनि तपाईहरुको सहभागिता हामीलाई अवश्य खांचो छ। तपाईहरुको सहभागिता बिना हाम्रो कार्यक्रम अधुरो रहने कुरामा कुनै दुईमत छैन। त्यसैले हामी सधै यहि अपेक्ष राख्दछौं। अन्तमा,हामीसंग अझैपनि धेरै मनोरञ्जनात्मक कार्यक्रमहरु भएको हुनाले अब भने मनोरञ्जन तर्फ लागौं, रमाईलो गरौं भन्दै आजको औपचारिक कार्यक्रमलाई समापन गर्नुभएको थियो।
  औपचारिक कार्यक्रम समापन भएलगतै प्रमुख अतिथि बयोबृद्द देउ बहादुर तमु र संघका अध्यक्ष सोम बहादुर योज तमुबाट संघको आजीवन सदस्यता ग्रहण गर्नुहुने आजीवन सदस्यहरुलाई केन्द्रीय समिति,पोखरा,नेपालको प्रमाण-पत्र बितरण गरिएको थियो र यसको लगतै पच्युचिव प्रेम बहादुर तमु र क्ल्हेप्री प्रेम तमुबाट उपस्थित सबै भक्तजनहरुलाई रुप लगाएदिएका थिए। धर्मगुरुहरुबाट रुप लगाउंने बेलामा नेपालबाट आउंनुभएका पच्यु  एक प्रसाद क्रोम्ज तमुले स्याई स्याई गर्ने मन्त्र जप्नु भएको थियो। यसरी रुप लगाउंने भक्तजनहरुको भीड एक्कासी बढेर गएको देखिन्थ्यो र धर्मगुरुहरुबाट आशिष थाप्ने र रुप लगाएबापत भक्तजनहरुले स्वेच्छले अक्षता भेटी तथा फलफूल पनि चढाएको देखिन्थ्यो। यसरी छ्योपा त्हें र थासो त्हेंमा बनाइएको कैंदु,फलफूल रुप लगाईसकेपछि सबै भक्तजनहरुलाई प्रसाद स्वरुप बांडिएको थियो।साथ साथै संघका सचिव मन बहादुर तमुले छेउकै खाली ठाउंमा महिलाहरुको लागि तातो आलु नामक भकुण्डोको खेल खेलाइएको थियो भने सा-साना केटाकेटीहरुको लागि बेलुन फुटाउंने जस्ता खेल खेलाइएको थियो र बिजेताहरुलाई पुरुस्कारको ब्यवस्था पनि गरिएको थियो। यसै गरि कार्यक्रमको अर्को चरणमा पच्यु प्रेम बहादुर तमुको नेतृत्वमा छ्यांटु नांच प्रदर्शन गरिएको थियो। समयको अभाबले यो छयांटु नाच धेरै लामो समयसम्म प्रदर्शन गर्न नसकेपनि सबैले भरिपूर्ण आनन्द लिएको महशुस भएको थियो।
  समयले डांडा काटिसकेको हुंदा सचिव मन बहादुर् तमुले सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नको लागि माइक सांस्कृतिक बिभागका संयोजक भोजेन्द्र तमुलाई हस्तान्त्रण गर्नुभएको थियो। भोजेन्द्र तमुले कार्यक्रम सञ्चालन गर्नुभन्दा अगाडि आजको तो-ल्होसारमा उपस्थित सम्पूर्ण तमुबन्धुहरुलाई ल्होसारको हार्दिक् मङ्गलमय आशिमाला ब्यक्त गर्नुभएको थियो भने मिस ट्यालेन्ट हण्ट २००९ का उप-बिजेता सुश्री संगीता तमुले कार्यक्रम सञ्चालन गर्नमा साथ् दिइकी थिइन। सांस्कृतिक कार्यक्रममा बिभिन्न किसिमका विविध एकल र सामुहिक नृत्य साथै कविता वाचन पनि प्रस्तुत गरिएको थियो। सांस्कृतिक कार्यक्रम र खेलकुदको लागि पनि केहि हङ्कङे नेपाली ब्यबसायहरु प्रायोजक बन्नुभएको थियो साथै सांस्कृतिक कार्यक्रमको दौरान बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट सांस्कृतिक बिभागलाई बिभिन्न किसिमका पुरुस्कार तथा सहयोग साथै हौसला प्राप्त भएको थियो। संयोजक भोजेन्द्र तमुले प्रायोजकहरु तथा सहयोग स्वरुप हौसला बढाउंने हेतुले प्रदान गरिएको सहयोग प्रति सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो।
   यसरी उपस्थित दर्शकहरुले भरपुर मनोरञ्जन लिइरहंदा रहंदा पनि हङ्कङ् जस्तो ब्यस्त शहरको भोलीका दिनहरुको समस्यालाई मध्य नजर लगाउंदै सांस्कृतिक कार्यक्रमलाई अन्त गरिएको थियो भने कार्यक्रममा भाग लिएका सबै सांस्कृतिक टोलीलाई संयोजक भोजेन्द्र् तमु र संघका उपा-ध्यक्ष डमर तमुले सान्त्वना स्वरुप पुरुस्कार प्रदान गर्नुभएको थियो।सांस्कृतिक कार्यक्रमको अन्तपछि सबैलाइ एक साथ मनोरञ्जन दिने हेतुले डिजे डांन्सको म्यूजिक घन्काइएको थियो। केहि क्षणमा नै डिजे नाच्नेंहरुको घुईंचोले खाली मैदान टनाटन भरिएको थियो। समय निकै बितिसकेको हुंदा आयोजक टोलीद्वारा म्यूजिकलाई बन्द गर्दै फेरि फेरि अर्को वर्षको ल्होसारमा नाचौंला,भेटौंला भन्दै सबैजना आ-आफ्नो बाटो लागेका थिए।यसरी यस वर्षको ल्होसार गाई वर्गको बिदाई र बाघ वर्गको आगमन यहि डिजे डांन्समा आएर समापन,शुभरात्री भएको थियो।

 मुक काजी प्लेहमें तमु
तमु प्ये ल्हु संघ  हङ्कङ्

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

संस्‍कार
25/12/2008 | Administrator

जन्‍म संस्‍कारबर्तामान अवस्‍थामा तमु जातिमा जन्‍म संस्‍कारलाई कमै मात्रम [ ... ]


Sounds for Divine Ancesters
25/12/2008 | Administrator

Rituals, Music & Life in Tamu ShamanismThe first ever recording dedicated to Tamu/Gurung shaman ritual music.Keith Howard and Yarjung Krõmchhañ Tamu (Gurung) with Simon Mills------------------------ [ ... ]


अर्घुँ(पय) pai arghum
06/03/2009 | Netra tamu

 पय तमुहरुको मृत्‍युपछी गर्नै पर्ने महत्वपूर्ण र अनिवार्य जातिय सस्कार हो [ ... ]


Kwhohidulu Mara
23/12/2008 | Administrator

[Shrawan Sankranti] Celebration by UK Branch According to the Heritage culture of the tamu, Paus 15 (Lhosar), Maghe Sankranti(Head of the Summer/Rainy Session), Phalgun Purnima, Three Tuesday in Chait [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles