| अन्नपुर्ण र माछापुच्छ्रेको फेदीमा ल्होसार मेला सम्पन्न |
|
|
|
| Written by Netra tamu |
| Thursday, 31 December 2009 15:01 |
|
स्थानिय सेन्चुरी युवा क्लव छोम्रोङ्गको आयोजनामा पौष १० गते देखी सुरु भएको मेलामा बिबिध खेलकुद र सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरीएको थियो । गाउँको सांस्कृतिक र पर्यटकीय महत्वलाई प्रचार प्रसार गर्ने उद्देष्यले स्थानिय युवा क्लवद्धारा आयोजना गरीएको मेलामा सहभागी हुनका लागी पोखरा र आसपासका गाउँहरुबाट मानिसहरु मेला भर्न पुगेका थिए । अन्नपुर्ण आधार शिविर अन्र्तगत पर्ने सो गाउँमा विदेशी पर्यटक पनि मेलामा सहभागी भएका थिए । मेलामा पुरुष भलीवल महीला भलिवल पुरुष बास्केटवल रसी तान्ने घैँटो फुटाई ठेलो सटपुट म्युजिकल चियर एकल नृत्य प्रतियोगिता लगायतका मनोराजनात्मक र प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरीएको थियो । समुद्री सतहदेखी करीव २१ सय मिटरको उचाईमा रहेको गुरुङ्ग वस्ती छोम्रोङ्गमा मेला अवधीभर खान र बस्नको लागी क्लवले स्थानिय होटेलहरुमा केही सहुलियतको व्यवस्था समेत गरेको थियो । मुनाफाको उद्देष्यले भन्दा पनि गाउँको प्रचार प्रसार र विकासका लागी मेलामा आउनेहरुका लागी साविकको भन्दा सस्तोमा खाने बस्ने व्यवस्था गरीएको क्लवका अध्यक्ष सुक बहादुर गुरुङ्गले बताउनु भएको छ । मेला स्थल छोम्रोङ्ग जानका लागी पोखराबाट नयाँ पुलसम्मको बस यात्रा पछी विरेठाँटी स्याउलीबजार हुँदै खोलाको तिरैतिर करीव ८ घण्टाको लामो पैदल यात्रा तय गर्नुपर्छ । यातायातको सुविधा नभए पनि अन्नपुर्ण पदयात्रा अन्र्तगतको सो गाउँसम्म पुग्न पर्यटकीय र मनमोहक दृष्यका कारण यात्रा खासै नरमाईलो लाग्दैन । अन्नपुर्ण र माछापुच्छ्रेको अवलोकनका लागी बाटाभरी बिदेशी पर्यटकहरुको बाक्लो आवत जावत भइरहन्छ । घान्द्रुक गाविस वडा नम्वर ९ मा पर्ने छोम्रोङ्ग गाउँ अन्नपुर्ण आधार शिविरको सबैभन्दा उच्च र चिसो गाउँ हो । बिहान पख केहीबेर आकाश खुलेता पनि दिउँसो १२ बजे पछी बादल र कुहीरोका कारण अन्नपुर्ण र माछापुच्छ्रे हिमाल ढपक्क ढाकीन्छन । यद्धपी मौसमले साथ दिएमा करीव ४ बजेसम्म पनि हिमालको दृश्यावलोकन गर्न सकीन्छ । साँझ ढल्कीँदै जाँदा हिमालबाट आउने चिसो हावा र सितका कारण वातावरण केही चिसो बन्न जान्छ । मेलामा मानिसहरुको बाक्लो उपस्थिति नभए पनि मेलालाई व्यवस्थीत र मर्यादीत बनाउन घान्द्रुकबाट असई चन्द्र बहादुर बोहोराको नेतृत्वमा प्रहरी टोली खटीएको थियो । समाजसेवि तथा पर्यटन व्यवस्थापन उप-समिति छोम्रोङ्गका अध्यक्ष हिम बहादुरको प्रमुख आतिथ्यमा भएको कार्यक्रम आयोजक क्लवका अध्यक्ष सुक बहादुर गूरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।
|
Login Box
Archive
Design Variations
Available Styles :
Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size :
![]()
A PSD templete file will be provided if you wish to add a new design style for this website.
प्येताँ ल्हुताँ लेखहरु
| संस्कार 25/12/2008 | Administrator जन्म संस्कारबर्तामान अवस्थामा तमु जातिमा जन्म संस्कारलाई कमै मात्रम [ ... ] |
| तमु ल्हो र पार्क (Tamu Lho & Parka) 23/07/2009 | Mani Tamu A. Tamu Lhokohr Tamu Chwoñ Roman नेपाली English Photo Nimyu Chyu Musa मुसा Mouse Mya Loñ Gai गाई Cow Che To Bagh बाघ Tig [ ... ] |
| मे त्हलें दिवस सम्पन्न 24/01/2009 | Geeta Chahkli Tamu मे त्हलें दिवस सम्पन्न |
| क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल 25/12/2008 | Administrator ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्वपूर् [ ... ] |
| Other प्येताँ ल्हुताँ Articles |



Comments