You are here > Home News & Events Central पोखरामा सिक्किमका तमूहरुको आगमन
Fri 10 Sep 2010
पोखरामा सिक्किमका तमूहरुको आगमन PDF Print E-mail
Written by Netra tamu   
Thursday, 31 December 2009 14:04

रोशनी तमू १६ पौष पोखरा ।
            darjaling 
यस वर्ष पोखराका तमूहरुलॆ ल्होसार मनाउँने क्रममा नयाँ स्वादका रुपमा सिक्किमबाट आएका तमूहरुलाई पाएका छन ।  
तमू भाषा र संसकृतिको बारेमा अनविज्ञ त्यहाँका तमूहरु ल्होसार मनाउँन र तमू संस्कृतिबारे जानाकारी लिन पोखरा आए पछि पोखरा यतिबेला सिक्किममय बनेको छ । सिक्किमका पूर्वमन्त्री जिमेस तमूको नेतृत्वमा अखिल सिक्किम तमू बौद्ध सेवा समिति सिक्किमका करिब १३० जना तमूहरुले यतिबेला पोखरामा तमू जातिको भाषा रितिरिवाज संस्कार र संस्कृतिको बारेमा जानाकारी लिइरहेका छन ।

उनीहरुले पोखरामा  बौद्ध आर्घो सदन तमू प्ये ल्हु संघ र तमू धिँ नेपालमा गई सामुहिक रुपमा यसवर्षको ल्होसार पर्व पनि मनाएका छन । बढीमात्रमा युवा युवाती र वृद्धहरुको पनि सहभागिता रहेको समुहमा निकै उत्साही भएर सहभागीहरुले पोखरामा तमू जातिको बारेमा जानाकारीहरु लिई रहेका छन । सिक्किममा स्नाकत्तोर तहमा अध्ययन गरि रहेकी सचिता तमूले पोखरा आएर क्ष्याज्यलो र क्ही मिँ तोजा भन्ने यी दुई कुरा आफुले सिकेको बताउछन । तमूहरुको संस्कृतिको बारेमा उनलाई केहि पनि थाहा छैन रे उनका अनुसार त्यहाँका तमूहरुले ल्होसारको दिनमा सबैजना गुम्बामा भेला भएर रिम्पोछेबाट वाङ थाप्पछन रे त्यसपछि सामुहिक रुपमा नाचगान गरेर ल्होसार मनाउछन रे तमू जातिको सबैखाले कर्मकाण्डाहरु लामा गुरुबाट नै उनीहरुले गरि आएको उनको भनाई छ । 

तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष ले।इन्द्रबहादुर तमूले तमू प्ये ल्हु संघको केन्द्रिय कार्यलयमा पौष १५ कै दिन विहान पच्यु र क्लेप्रीबाट छ्योप त्हेँ छ्योप पूजा गरि रहेको बेला प्रत्यक्ष रुपमा तमू संस्कृति बारे सो टोलीलाई जानाकारी गराई रहदा सबै जना आचम्भित भएर सुनि रहेका थिए । उहाँले तमूहरुको उत्पत्तिदेखि अहिलेसम्मका वर्तमान अवस्थाहरु बताई रहदा भ्रमणटोलिका सहभागिहरु नतमस्तक थिए । तमूहरुमा परम्परादेखि नै बसाइ सर्नेक्रम तीव्ररुपमा भएकोले पनि यो जाती यत्रयत्रा छरिएर रहेको र सिक्किमका तमूहरु पनि अधिकांश लाहुरे तमूहरु जागिरबाट निवृत भएपछि उत्तै घरजम गरि बसेकोले उनीहरु पनि क्होला सोंथरबाटै छुटेर गएको तमूकै सन्तती भएको उनले जानाकारी दिए । एक हाप्ते पोखरा बसाईका क्रममा उनीहरुले पोखराका तमू बुद्धिजिविहरुसँग पनि भेटघाट गर्ने भएका छन । भ्रमण टोलीका संयोजक एव सिक्किमका पूर्व मन्त्री जिमिसे तमूले पोखराको तमू संस्कृति देखेर आफुहरु दङग परेको र अब सिक्किम फर्केपछि तमूहरुको संस्कृतिको बारेमा प्रचार प्रसार गर्ने बताए ।

 

समाचारका लागि रोशनी तमु
पोखरा 
  
  
 

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

संस्‍कार
25/12/2008 | Administrator

जन्‍म संस्‍कारबर्तामान अवस्‍थामा तमु जातिमा जन्‍म संस्‍कारलाई कमै मात्रम [ ... ]


International Healing
25/12/2008 | Administrator

Preface & Introduction Published in Carr, G. & P.A. Baker (2002) Practitioners, Practices and Patients: New Approaches to Medical Archaeology and Anthropology. Oxbow Books: OxfordHealing Here, There a [ ... ]


चाड पर्बहरु - Festivals
25/12/2008 | Administrator

हामी तमुहरूको मुल चाड पर्बहरुमा: Tamumai's main festivals: ल्होसारल्होसार
(पौष १५) Lhosar
(Paus 15)
माँ [ ... ]


काटमार के हिंसा हो?
05/04/2009 | Netra tamu

             काटमार के हिंसा हो?
               काटमार के हिंसा हो? तर म भन्छु होइन सा [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles