You are here > Home News & Events Kaski पोखरामा गुरुङ चलचित्र आक्रोदो (नरुनु) प्रदर्शन गरिने
Tue 07 Sep 2010
पोखरामा गुरुङ चलचित्र आक्रोदो (नरुनु) प्रदर्शन गरिने PDF Print E-mail
Written by Netra tamu   
Friday, 04 December 2009 14:27

१८ मंसीर रोशनी तमू पोखरा ।
acrodo

मुनाल फिल्म प्रा.लि. पोखराको चौथो प्रस्तुति गुरुङ् भाषाको कथानक चलचित्र आक्रोदो अर्थत नरुनुको यहि मंसीर २० गते पोखरामा च्यारिटि सो गरिने भएको छ ।

आज पोखरामा पत्रकार सम्मेलन गरि सो कुराको जानाकारी गराइएको हो । मानिसको जिवनमा आई पर्ने सबै खाले सुख दु:खका घटनालाई धैर्यता पुर्वक सहनु पर्छ भन्ने सन्देश बोकेको यस चलचित्रको सम्पुर्ण छायाँकन लमजुङ्ग जिल्लाको सिउरुङ गाउँमा गरिएको छ । यस अघि नै लमजुङ्ग सदरमुकाम बेसी शहरमा प्रदर्शन सम्पन्न गरि सकेको यस चलचित्रमा सिउरुङ गाउँमा चलनचल्तीमा रहेको गुरुङ भाषा र संस्कृतिलाई जस्ताको तस्तै जीवन्त रुपमा उतारिएको चलचित्रका निर्देशक भोज बहादुर गुरुङले जानाकारी दिएका छन ।

चलचित्रमा लिल गुरुङ, लोक गुरुङ, बसन्ती गुरुङ, बालकाशी गुरुङ (खुशी) चुन्द्रु गुरुङ, इन्द्रशोभा गुरुङ, कुविना गुरुङ, मोती गुरुङ, मोती गुरुङ, प्रेम गुरुङ, आदि कलकारको मुख्य भुमिका रहेको छ । गत वैशाखको अन्तिम साताबाट छायाँकन शुरु गरिएको यस चलचित्रको १५ दिनमा नै सम्पुर्ण कार्य सम्पन्न गरेर गुरुङ चलचित्र इतिहासमा नै नयाँ रेकर्ड पनि कायम गर्न सफल भएको थियो । २ घण्टा १० मिनेट समय अवधी रहेको यो चलचित्र ६ लाख रुपैयको लागतमा र्निमार्ण सम्पन्न गरिएको छ ।

मुनाल फिल्म प्रा.लि.ले यस अघि सै न्होर्वे मु्रस्यो, ङै ङहो, टोरा जस्ता गुरुङ चलचित्रहरु बजारमा ल्याई सकेका छन भने चाँडै नै नेपाली कथाक चलचित्र साहसी पनि बजारमा ल्याउने तयारीमा रहेको सो अवसरमा जानाकारी दिएको छ ।

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल
25/12/2008 | Administrator

ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्‍वपूर् [ ... ]


''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु
06/03/2009 | Netra tamu

 जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ]


संस्‍कार
25/12/2008 | Administrator

जन्‍म संस्‍कारबर्तामान अवस्‍थामा तमु जातिमा जन्‍म संस्‍कारलाई कमै मात्रम [ ... ]


अर्घुँ(पय) pai arghum
06/03/2009 | Netra tamu

 पय तमुहरुको मृत्‍युपछी गर्नै पर्ने महत्वपूर्ण र अनिवार्य जातिय सस्कार हो [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles