You are here > Home News & Events Central सेर्गा संकलन गरि प्रकाशन गराउने
Fri 10 Sep 2010
सेर्गा संकलन गरि प्रकाशन गराउने PDF Print E-mail
Written by Netra tamu   
Wednesday, 02 December 2009 17:46

     तमु खेगीहरुले वाचन गर्दै आएको तमुहरुको मौलिक धर्म ग्रन्थ (प्ये) अन्तर्गतको एक अध्याय सेर्गालाई संकलन गरि एकत्रित रुपमा प्रकाशन गराउने विषयमा आयोजित खेगी भेला तथा अन्तरकि्रया कार्यक्रमले पच्यु पैंडी चिवा यारजङ क्रोम्छेंद्वारा प्रस्तुत सेर्गमा आगामी तीन महिनाभित्र अन्य ठाउँहरुको पनि थप गरी तमु प्ये ल्हु संघ खेगी समिति युके शाखामा पठाउने निर्णय भएको छ ।
     तमु प्ये ल्हु संघ खेगी समिति युके शाखाद्वारा फ.लि.ना. क्होइवो शक्तिघाट पोखरामा आयोजित  कार्यक्रममा प्रस्तुत कार्यपत्रसँगै केही डाँडीहरु पनि समावेश गरिने निर्णय गरिएको हो । सो डाँडीहरु उपलब्ध भएपछि प्रस्तुत डाँडीभन्दा फरक शब्द तथा भावभएमा त्यसलाई थप गरिनेछ ।
     त्यसलाई तमु प्ये ल्हु संघ खेगी समिति युकेले पारित गरेपछि नेपालमा नै प्रकाशनको लागि पठाउने जानकारी सेर्ग प्रस्तोता यारजंङ क्रोम्छें तमुले जानकारी दिनुभयो ।
     विगतको खेगी भेलामा भन्दा छुट्टै तरिकाबाट तथा सौहाद्रपूर्ण वातावरणमा भएको कार्यक्रममा क्ल्हेप्रीद्वारा पढिने प्ये आगामी वर्ष प्रकाशनको लागि क्ल्हेप्री समितिलाई नै जिम्मा दिने र प्रकाशन गर्ने प्ये डाँडी आगामी तीन महिनाभित्र तमु प्ये ल्हु संघलाई जानकारी गराउने भेलाले पारित गरेको छ ।
तमु प्ये ल्हु संघ केन्द्रिय समितिका पच्यु समिति अध्यक्ष कुलप्रसाद तमुको अध्यक्षतामा भएको खेगी भेला तथा अन्तरकि्रया कार्यक्रममा लमजुङ स्याङ्जा तनहुँ कास्कीका विभिन्न भागका खेगीहरु सहभागी भएको थियो ।
     तमु प्ये ल्हु संघ खेगी समिति युकेका अध्यक्ष डम्बरबहादुर तमु तथा सचिव बुद्धिबहादुर टु तमुले प्रविधिलाई प्रयोग गरी फोनमार्फत आफ्नो मन्तव्य राख्नु भएको थियो । तमु प्ये ल्हु संघ केन्द्रिय समितिका पच्यु समिति सचिव ठउबहादुर च्हाक्ली तमुद्वारा साचालित उक्त कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रिय समिति शक्तिघाट पोखराका अध्यक्ष ले. इन्द्रबहादुर तमु केन्द्रीय क्ल्हेप्री समितिका उपाध्यक्ष सु. तेजबहादुर तमु र रुमबहादुर टु तमु लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।

समाचार - खड्ग प्हच्यु तमु, पोखरा  

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु
06/03/2009 | Netra tamu

 जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ]


चाड पर्बहरु - Festivals
25/12/2008 | Administrator

हामी तमुहरूको मुल चाड पर्बहरुमा: Tamumai's main festivals: ल्होसारल्होसार
(पौष १५) Lhosar
(Paus 15)
माँ [ ... ]


मे त्हलें दिवस सम्पन्न
24/01/2009 | Geeta Chahkli Tamu

मे त्हलें दिवस सम्पन्न
फागुन १९ पोखरा ।एउटा धर्मावलम्बीहरुको ठाउँमा अर्को  [ ... ]


तमु (गुरुङ)का थर-उपथरहरु
25/12/2008 | Administrator

तमु (गुरुङ)का थर-उपथरहरु
Tamu (Gurung) Clans/Subclans संकलक: सु‌. चन्द्रमणि क्रोँम्छैँ तमु, तमु  [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles