You are here > Home News & Events HK तमु प्ये ल्हु संघ हङ्कङ्द्वारा आयोजित गुरुङ् चलचित्र -म्होरा (सपना) भब्यताको साथ प्रदर्शित
Tue 07 Sep 2010
तमु प्ये ल्हु संघ हङ्कङ्द्वारा आयोजित गुरुङ् चलचित्र -म्होरा (सपना) भब्यताको साथ प्रदर्शित PDF Print E-mail
Written by Gurung Kaji   
Wednesday, 02 December 2009 04:12

  

for more picture Click on Here
http://www.tamu-pyelhu.org/albums/thumbnails.php?album=lastup&cat=0
तमु प्ये ल्हु संघ हङ्कङ्ले यहि २८ नोभेम्बर २००९ का दिन युनलोङ थिएटर हलमा गुरुङ् भाषामा आधारित तथा ओस्कार प्रोडक्सन प्रा. लि. को छैठौं प्रस्तुति-'म्होरा' (सपना) भब्यताको साथ प्रदर्शन ग-यो। चलचित्र सुरु हुनु अगाडि एक बिशेष औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। पच्यूचिव प्रेम तमु प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सोम योज तमुले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव मन बहादुर तमुले गर्नुभएको थियो।

कार्यक्रम सञ्चालन गर्ने क्रममा सचिव मन तमुबाट यस सांझमा उपस्थित हुनुभएका सम्पुर्ण दर्शक महानुभावहरुलाई आफ्नो ब्यक्तिगत तथा प्ये ल्हु संघ परिवार हङ्कङ्को तर्फबाट मुरीमुरी धन्यवादको साथसाथै नजिकै आएरहेको तमुहरुको महान चाड ल्होसार-(तो-ल्होसार) को सुखद उपलक्षयमा हार्दिक  मङ्गलमय आशिमाला टक्रयाउंनु भएको थियो।
यसै गरि विशेष अतिथिहरुमा एन आर एन हङ्कङ्का अध्यक्ष-त्रीलोक गुरुङ्, तमु टहो हयुल हङ्कङ्का अध्यक्ष-श्रीमती ईच्छा कुमारी गुरुङ्, नेपाली कामदार यूनियनका अध्यक्ष-तुलाजङ् गुरुङ्, म्होरा (सपना) चलचित्रका नायिका प्रमिला तमु, निर्देशक सुवाश तमु र अन्य अतिथिहरुमा बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु थिए

img_0005.jpg - 134.44 Kb

यसरी छोटो समयको लागि गरिएको औपचारिक कार्यक्रमलाई प्रमुख अतिथि तथा विशेष अतिथिहरुले रिबन काटेर उदघाटन् गरेका थिए। यसैगरि कार्यक्रमलाई अगाडि बढाउने क्रममा केहि समय अगाडि मात्र हङ्कङ् मा सम्पन्न मिस टयालेन्ट हन्ट २००९ र मिस पर्ल हङ्कङ् २००९ मा बिभिन्न स्थानमा विजयी हुनु भै आफ्नो तमुजातीय अस्तित्त्वलाई उच्च स्थानमा पु-याउंन सफल हुनुभएका  नवप्रतिभाहरु-
१-सुश्री संगीता तमु-फस्ट रनरअप तथा मिस पर्सनालिटी, मिस टयालेन्ट् हन्ट २००९
२-सुश्री रोजिना तमु-फोटो जेनिक अवार्ड, मिस टयालेन्ट् हन्ट २००९
३-सुश्री दीपा तमु-मिस पर्ल २००९ तथा मिस एन्जल अवार्ड, मिस पर्ल २००९
४-सुश्री ज्योति तमु-सेकेन्ड रनरअप तथा फोटो जेनिक अवार्ड, मिस पर्ल २००९ र
५-सुश्री प्रमिला तमु-म्होरा (सपना) चलचित्रका नायिकालाई प्रमुख अतिथि पच्यूचिव प्रेम तमु र यसै संघका अध्यक्ष सोम योज तमुले पछयौरा ओडाएर सम्मान पत्र सहित प्रदान गर्नुभएको थियो तर उक्त चलचित्रका निर्देशक तथा सफल अभिनयकर्ता सुवाश तमु कार्यक्रममा केहि ढिलो उपस्थितले वहांलाई सांग्रीला करी हाउसको रात्री भोजमा हाम्रो तमुहरुको सँस्कार अनुसार फेटा ओढाएर सम्मान पत्र सहित प्रदान गरिएको थियो।
img_0035.jpg - 110.12 Kb

अन्तमा, गुरुङ् भाषामा आधरित चलचित्र- म्होरा (सपना) प्रदर्शन गर्न सहयोग गर्नुहुने बिभिन्न संघसंस्था, विज्ञापन दाताहरु, मिडियाहरु लगयात यस सांझमा उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुलाई आफ्नो ब्यक्तिगत तथा तमु प्ये ल्हु संघ हङ्कङ्को तर्फबाट धेरै धेरै धन्यवाद दिनुको साथसाथै गुरुङ्हरुको नयां बर्ष ल्होसार- (तो-ल्होसार) को सुखद उपलक्षयमा हार्दिक मङ्गलमय आशिमाला दिंदै अध्यक्ष सोम योज तमुले कार्यक्रम समापन गर्नुभएको थियो ।

 



मुक काजी गुरुङ्
तमु प्ये ल्हु संघ (हङ्कङ्)

Comments

avatar Ramesh
+1
 
 
Chal chittra mhora lounched bhayeko ma khusi lagyo ,, aba Film lai sabaile Net ma herna payema ajhai Chlchittrako yethartha kahani sunna ra herna paune thiyo tesaile TPLS Uk & TPLS Hk ko sathi harusanga yo anurodh chhaki yo film Load garnu bhai sampurrna Jantako samu purryaunu hune chha bhan dai asha avam Biswass ma basnechhu ..Ramesh kr Thimjae Tamu (BWI ) Turks & Caicos Island
Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

Sounds for Divine Ancesters
25/12/2008 | Administrator

Rituals, Music & Life in Tamu ShamanismThe first ever recording dedicated to Tamu/Gurung shaman ritual music.Keith Howard and Yarjung Krõmchhañ Tamu (Gurung) with Simon Mills------------------------ [ ... ]


बेलायतमा तमु क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति) चाड
25/12/2008 | Administrator

जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृति [ ... ]


तमु एकता दिवस - माघ ६ गते
25/12/2008 | Administrator

माघ ६ गते तमु एकता दिवस मनाऔं
केजु तमु, तनहुँ तमुहरुलाई विभाजन गरी सत्ता हत्य [ ... ]


''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु
06/03/2009 | Netra tamu

 जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles