You are here >
Fri
10
Sep 2010
| TPLS हङ्कङ्का निवर्तमान अध्यक्ष राजु गुरुङ्लाई बिदाई!!! |
|
|
|
| Written by Gurung Kaji |
| Wednesday, 11 November 2009 05:17 |
http://www.tamu-pyelhu.org/albums/thumbnails.php?album=9 click on this link to view more pictures related following news and event![]() तमु प्ये ल्हु संघ हङ्कङ्ले यही ०७ नोवेम्बर २००९ का दिन सांग्रीला करी हाउस,युनलोङमा यसै संघका निवर्तमान अध्यक्ष श्री राजु तमुलाई एक बिशेष जलपान समारोहका साथ बिदाई कार्यक्रम ग-यो। उक्त साधरण औपचारिक कार्यक्रममा निवर्तमान अध्यक्ष राजु तमुलाई मुख्य अतिथिको रुपमा लिईएको थियो भने कार्यक्रमको अध्यक्षता यसै संघका वर्तमान अध्यक्ष श्री सोम योज तमुले गर्नु भएको थियो। सोम योज तमुको अध्यक्षता र उपा-ध्यक्ष डमर तमुको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सञ्चालन यसै संघका सचिव श्री मन बहादुर तमुले गर्नु भएको थियो। ![]() वहाँले हङ्कङ् जस्तो ब्यस्त शहरमा ब्यस्तताको बावजुत पनि उपस्थित सम्पूर्ण निवर्तमान,वर्तमान पदाधिकारीहरु,साधरण तथा आजीबन सदस्यहरुलाई हृदयदेखि नै स्वागत तथा शुभकामना ब्यक्त गर्नु भएको थियो। साथै वहांले हामी तमुहरु आफ्नो जातिय उत्थान भन्दा आफ्नो संस्कृति,परम्परा र रितिरिवाजको बारेमा अग्रसर हुन सबैलाई आग्रह गर्नु भयो। यसै गरि सचिव मन तमुद्वारा निवर्तमान अध्यक्ष राजु तमुलाई शुभकामना सहित वहांको उत्तरोतर प्रगतिको कामना गर्दै वर्तमान अध्यक्ष सोम योज तमुबाट फूलको गुच्छाले सम्मान तथा बिदाई गरियो र राजु तमुबाट आजको यस घडीमा आफुले यस किसिमको स-सम्मान पाएकोमा खुसी प्रकट गर्नुका साथै संघका सम्पुर्ण परिवारलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो र प्ये ल्हु संघ परिवार हङ्कङ्बाट आफुले पाएको यो स-सम्मान आजिवन भुल्न नसक्ने तर्क पनि ब्यक्त गर्नुभएको थियो। हाम्रो यो संघ हङ्कङ् मा मात्रै नभएर विश्वमा नै यति विशाल,प्रख्यात र शक्तिशाली भएसकेको छ कि अब हाम्रो यो संघलाई कसैले पनि हल्लाउन सक्ने स्थितिमा छैन। भबिस्यमा प्ये ल्हु संघ् हङ्कङ्ले एउटा आफ्नै किसिमको छाप बसाल्नेछ। म जहां गएपनि जहां रहेपनि मेरो माया ममता र सदभाव सधै तपाईहरुसंग नै रहिरहनेछ र अन्तमा मेरो ब्यक्तिगत तर्फबाट प्ये ल्हु संघ् परिवार हङ्कङ्लाई उत्तरोतर प्रगतिको कामना भन्दै आफ्नो छोटो बक्तब्य टुंग्याउनु भएको थियो। ![]() अन्तमा यसै संघका वर्तमान अध्यक्ष सोम योज तमुबाट आजको यस बिदाई कार्यक्रममा उपस्थित सम्पुर्ण प्ये ल्हु संघ परिवारलाई ह्र्दयदेखि नै स्वागत तथा धन्यवाद ब्यक्त गर्नु भएको थियो। यसैगरि अध्यक्ष सोम योज तमुले पनि उपस्थित सबैलाई आफ्नो जातिय उत्थान भन्दा पनि आफ्नो धर्म,संस्कृति,परम्परा तथा रितिरिवाजको जगेर्ना गर्ना आग्रह् गर्नुभएको थियो र यसै संघका हाम्रा निवर्तमान अध्यक्ष राजु तमुको बेलायतको हरेक कार्यकलापहरु सफल होस र वहांको हरेक पाईला पाईलामा उत्तरोतर प्रगतिको कामना गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो। मुक काजी गुरुङ् (प्लेह्) तमु प्ये ल्हु संघ,हङ्कङ् (आजीवन सदस्य) |
Login Box
Archive
Design Variations
Available Styles :
Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size :
![]()
A PSD templete file will be provided if you wish to add a new design style for this website.
प्येताँ ल्हुताँ लेखहरु
| संस्कार 25/12/2008 | Administrator जन्म संस्कारबर्तामान अवस्थामा तमु जातिमा जन्म संस्कारलाई कमै मात्रम [ ... ] |
| क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल 25/12/2008 | Administrator ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्वपूर् [ ... ] |
| तमु ल्हो र पार्क (Tamu Lho & Parka) 23/07/2009 | Mani Tamu A. Tamu Lhokohr Tamu Chwoñ Roman नेपाली English Photo Nimyu Chyu Musa मुसा Mouse Mya Loñ Gai गाई Cow Che To Bagh बाघ Tig [ ... ] |
| तमु जातिको संक्षिप्त ऐतिहासिक झलक 25/12/2008 | Administrator पच्यु, पैँडी चिब यारजङ क्रोँम्छैँ तमु र भोवर पाल्जें तमु(बर्नार्ड पिग्नेड [ ... ] |
| Other प्येताँ ल्हुताँ Articles |






Comments