You are here > Home News & Events Kaski अब पोखरामा प्र्हेँस्यो (दुलही) छिट्टै बजारमा आउने
Fri 10 Sep 2010
अब पोखरामा प्र्हेँस्यो (दुलही) छिट्टै बजारमा आउने PDF Print E-mail
Written by Netra tamu   
Sunday, 08 November 2009 15:04

रोशनी तमू पोखरा
phrensyo2
जनजाति समुदायभित्र सबै भन्दा धेरै चलचित्र निर्माण गर्ने जातिको रुपमा चिनिने गुरुङ जातिमा नयाँ चलचित्रहरु निर्माण गर्ने क्रम तिव्र रुपमा वढि रहेको बेला फेरि एउटा अर्को चलचित्र निर्माण भएको छ ।अभियान फिल्म प्रोडक्सन पोखराको ५औं प्रस्तुती गुरुङ भाषाको चलचित्र प्र्हेँस्यो (दुलहीं) को करिब ९० प्रतिशत छायाँकन कार्य सम्पन्न भएको जनाएको छ । असोजको अन्तिम साताबाट कार्तिकको दोस्रो सातासम्म भएको उक्त चलचित्रको छायाँकन कास्की जिल्लाको अति रमणीय स्थल मौजा गाउँमा गरिएको छ । कूल ६ वटा गीत समावेश गरिएको सो चलचित्रमा केहि गीतको छाँयाकन भने कास्की कै धम्पुस सिक्लेस ताङ्गतिङ र लमजुङ्गमा गरिने भएको छ phrensyo
गुरुङ समाजमा भएको जुवा तास मदिरा पान जस्ता विकृति उपर कटाक्क्षे गर्दे समाजिक रुपान्तरण गराउनु चलचित्रको मुख्य उद्देश्य रहेको छ । चलचित्रमा नविन गुरुङ सविना गुरुङ ओम प्रकाश गुरुङ आकाश गुरुङ मिरा गुरुङ दक्ष गुरुङ सकुन्तला गुरङ बल बहादुर गुरुङ इन्द्र सुब्बा गुरुङ मिन बहादुर गुरुङ आदि कलकारहरुको मुख्य भुमिका रहेको छ ।phrensyo1
यस्तै धन बहादुर गुरुङ गोविन गुरुङ मनोज गुरुङ शर्मिला गुरुङ  र कुशुम गुरुङको सुमधुर आवाज रहेको गीतमा संगीत भने तेजेन्द्र गुरुङ र धन बहादुर गुरुङको रहेको छ । छाँयाकन र सम्पादन जीतमान गुरुङ र लेखन निर्देशन लोक बहादुर गुरुङ र बेद बहादुर गुरुङ(श्याम)ले गरेका छन । यस चलचित्रमा निर्माता तर्फ एकेन्द्र गुरुङ र प्रकाश गुरुङ युके दिलिप गुरुङ हङकङ सत्य घले हङकङ विजय गुरुङ हङकङ र लोक बहादुर गुरुङ एवं बेद बहादुर गुरुङ(श्याम) पोखरा रहेको निर्देशक लोक बहादुर गुरुङले जानाकारी दिनु भएको छ । अभियान फिल्म प्रा।लि। ले यस अघि नै "न्हम्स्यो न्होरी"  "ङयोए नाँस ट्हो"  "चों" "हेर्बे ट" "क्रमु" जस्ता उत्कृष्ट गुरुङ चलचित्रहरु बजारमा ल्याइ सकेका छन ।

विगत एकदशकदेखि गुरुङ जातिको भाषा कला साहित्य र संस्कृतिको संरक्षण र संवद्धनमा साधनारत वरिष्ट संस्कृतिकर्मी लोक बहादुरका अनुसार गुरुङ जातिको महान पर्व ल्होसारको अवसर पारेर छिटै दर्शक सामु ल्याउनको लागि धमाधम सम्पादन कार्य समेत भईरहेको छ ।

रोशनी तमु पोखरा

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु
06/03/2009 | Netra tamu

 जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ]


तमु एकता दिवस - माघ ६ गते
25/12/2008 | Administrator

माघ ६ गते तमु एकता दिवस मनाऔं
केजु तमु, तनहुँ तमुहरुलाई विभाजन गरी सत्ता हत्य [ ... ]


Sounds for Divine Ancesters
25/12/2008 | Administrator

Rituals, Music & Life in Tamu ShamanismThe first ever recording dedicated to Tamu/Gurung shaman ritual music.Keith Howard and Yarjung Krõmchhañ Tamu (Gurung) with Simon Mills------------------------ [ ... ]


अर्घुँ(पय) pai arghum
06/03/2009 | Netra tamu

 पय तमुहरुको मृत्‍युपछी गर्नै पर्ने महत्वपूर्ण र अनिवार्य जातिय सस्कार हो [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles