You are here > Home News & Events HK बिनितालाई तमु प्ये ल्हु संघ हङकङको सम्मान
Tue 07 Sep 2010
बिनितालाई तमु प्ये ल्हु संघ हङकङको सम्मान PDF Print E-mail
Written by Bheg Lal Chahkli Tamu   
Tuesday, 20 October 2009 15:58

 

 

तमु प्ये ल्हु संघ, सांस्कृतिक परिवार, हङकङको सक्रिय सदस्य सुश्री बिनिता तमुलाई तमु प्ये ल्हु संघ, हङकङले स-सम्मन बिदाई गरेकोछ । विगत एक वर्षदेखि तमु प्ये ल्हु संघ हङकङको सांस्कृतिक परिवार नामक सांस्कृतिक टोलिमा आबद्ध भएर तमु प्ये ल्हु संघ, हङकङको विविध कार्यक्रमहरुमा सहभागी हुँदै आएकी बिनिता नृत्यकलामा औधी पोख्त छिन् । गीत संगीतको ताल अनुसार गोडा चाल्नु, कम्मर मर्काउनु अनी गीतको भावनासँगै बहकिएर गीतको ईशारा गर्दै अनुहारले भावनात्मक अभिव्यक्ती दिन खप्पिस छिन् बिनिता । यही पोख्त अभिनयले गर्दा नै बिनिता प्राय: सबै प्रतिस्पर्धाहरुमा अग्रस्थानमा आउछिन् ।


दुधेलो बालिका उमेरमै बाबा हरी तमु र आमा रुपा तमुको साथमा हङकङ आएर बसोबसरत बिनिता इसं १९९७ सालमा नेपालमा जन्मिएकी हुन् । बिनिताको पुर्ख्यौली घर स्याङ्जाको पेल्काचौर भएता पनि स्थाई रुपमा स्याङ्जा राङखोलामा हजुर-बुवा मन बहादुर क्रोम्छे तमुसँगै स-परिवार बस्दै आएको थियो भने बिनिताको शिक्षा-दिक्षा हङकङबाट नै शुरु भएको हो । नाच्न, अभिनय गर्न खप्पिस बिनिता पढाईमा पनि उत्तिकै पोख्त छिन् । इसं २००५ मा स्याङ्जा नजसेवा समिती हङकङले आयोजना गरेको "आँधिखोल साँझ - १" बाट बिनिताले आफ्नो कलाको प्रदर्शनी शुरु गरेको हो । त्यस पश्चात बिनिताले बिभिन्न कार्यक्रमहरु तथा प्रतियोगिताहरुमा भाग लिना र सहभागी हुन थालेको हो ।
 
छोटो अवधिमा नै धेरै एवार्ड र पुरस्कारहरु हात पार्न सफल बिनिताले "पोख्रेली झ्याल"ले आयोजना गरेको "पोख्रेली झ्याल आइडल" प्रतियोगितामा प्रथम भै पोख्रेली झ्याल आईडलको ताज पहिरिइन् । त्यसैगरि नयाँ वर्ष २०६५ सालको उपलक्ष्यमा स्याङ्जा जनसेवा समिती हङकङले आयोजना गरेको नृत्‍य प्रतियोगितामा प्रथम र तमु प्ये ल्हु संघ हङकङ्को ल्होसार - २००९ नृत्‍य प्रतियोगितामा द्धितिय स्थान हासिल गरिन् । सो दुबै प्रतियोगितामा बिनिताले श्री मनकामना पेल्काचौर तथा छिमेकी गाबिस सहयोग समिती हङकङको प्रतिनिधित्व गर्दै सहभागीता जनाएकी थीइन् । यि बाहेक बिनिताले थुप्रै कार्यक्रमहरु तथा कन्सर्टहरुमा आफ्नो प्रतिभा प्रस्तुत गरी सकेकी छिन् भने तमु प्ये ल्हु संघ हङकङले आयोजना गरेको प्रथम तमु साँस्कृतिक सांझमा पनि बिनिताले आफ्नो प्रतिभा प्रस्तुत गरेकी थीइन् । सो कार्यक्रमदेखी नै उनले औपचारिक रुपमा तमु प्ये ल्हु संघ, साँस्कृतिक परिवार, हङकङमा आबद्ध भएको घोषणा गरेकी हुन् ।

हाल बिनिता शिक्षा हासिल गर्ने क्रममा बेलायत प्रवेश गरेकी छिन् । स्थाई रुपमा बेलायत रहने सोच सहित हङकङबाट बाबा हरी तमुको साथमा बेलायत जाने भएपछी तमु प्ये ल्हु संघ हङकङले बिनितालाई स-सम्मन बिदाइ गर्ने निर्णय गरी तमु साँस्कृतिक परिवारको संयोजकत्‍वमा एक जलपान समारोह आयोजना गरेको थियो जसले बिनितालाई सम्झनाको चिनो र फुलको गुच्छा दिएर उज्ज्वल भविष्यको कामना गर्दै बिदाई गर्‍यो । सोही क्रममा संघको सल्लाहकारद्वय प्रेम बहादुर गरब्ज तमु र रित बहादुर ल्हेंगे तमुले उत्तरत्तर प्रगतिको कामना दिँदै संघप्रतिको योगदानको सराहना गर्नु भयो । समारोहको सभापतित्व गर्नु भएको संघको अध्यक्ष सोम योज तमुले युकेमा पनि तमु प्ये ल्हु संघ भएकोले त्यहाँ पनि आफ्नो प्रतिभा प्रदर्शनको लागि अगाडि बढ्नु भन्ने कामना व्‍यक्‍त गर्नु भयो ।

सो कार्यक्रमलाई तमु प्ये ल्हु संघ, तमु साँस्कृतिक परिवार, दुर्गाराज तमु, टेक बहादुर तमु, बेल बहादुर तमु, चन्द्र चह्क्ली तमुले सौजन्य गर्नु भएकोथियो । कार्यक्रम सचिव मन बहादुर तमुले सन्चालन गरेको थियो ।


भोजेन्द्र तमु
साँस्कृतिक सचिव
तमु प्ये ल्हु संघ, हङकङ               

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

International Healing
25/12/2008 | Administrator

Preface & Introduction Published in Carr, G. & P.A. Baker (2002) Practitioners, Practices and Patients: New Approaches to Medical Archaeology and Anthropology. Oxbow Books: OxfordHealing Here, There a [ ... ]


अर्घुँ(पय) pai arghum
06/03/2009 | Netra tamu

 पय तमुहरुको मृत्‍युपछी गर्नै पर्ने महत्वपूर्ण र अनिवार्य जातिय सस्कार हो [ ... ]


तमु (गुरुङ)का थर-उपथरहरु
25/12/2008 | Administrator

तमु (गुरुङ)का थर-उपथरहरु
Tamu (Gurung) Clans/Subclans संकलक: सु‌. चन्द्रमणि क्रोँम्छैँ तमु, तमु  [ ... ]


काटमार के हिंसा हो?
05/04/2009 | Netra tamu

             काटमार के हिंसा हो?
               काटमार के हिंसा हो? तर म भन्छु होइन सा [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles