You are here > Home प्‍येताँ ल्‍हुताँ क्‍ल्‍हेप्री "सिक्दै र सिकाउदै क्ल्हेप्री गुरु थमनिसंह टु तमु"
Tue 07 Sep 2010
"सिक्दै र सिकाउदै क्ल्हेप्री गुरु थमनिसंह टु तमु" PDF Print E-mail
Written by Netra tamu   
Friday, 16 October 2009 11:07

रोशनी तमू  पोखरा

thaman 
तनहुँ जिल्लाको फिरफिरे - १ लामागाउँ सालबोट निवासी थमनिसंह टु तमु आज भन्दा करिब ९३ वर्ष पहिले बाबा विरसिंघ टु तमु र आमा तिलजन तमुको कोखबाट जन्मेका हुन्‌ । बाल्यकाल सामन्य परिवारमा बिताएका टु तमु जिवनको १७ औं वसन्तदॆखि नै तमुहरुको पुरोहित क्लेप्री पेशामा संलग्न भएका थिए । जीवनको ९३ औं वसन्तमा आईपुग्दा पनि एकदमै जाँगरिलो र जोशिलो देखिनु हुन्छ उहाँ  । साँचिनै उहाँमा एउटा अदम्य साहश छ जसले गर्दा जिवनको उतर्रदाको यो समयमा पनि आफनो जाति र समुदायको सेवाको निम्ती अनवरत रुपमा क्रीयाशील हुनुहुन्छ थमनसिहं टु तमु ।

छोरेपाटन पोखरा निवासी स्व. चन्द्रकला तमुको तिन दिने अर्घो संस्कार सम्पन्न गर्नको निम्ती तनहुँबाट पोखरा आउनु हुदाँ तमू प्पे ल्हु संघको केन्द्रिय कार्यलय शक्तिघाटमा मैले उहाँलाई भेट्‌ने अवसर पाएकी थिए । तमु समुदाय भित्र महत्वपुर्ण मानिने पुरोहितहरु क्लेप्री र पच्यु जसले पुस्तौदेखि आफनो समुदायको मृत देखि लिएर आर्घो संस्कारसम्मका कार्यहरु लगायत विभिन्न शुभकार्यहरु समेत गर्दै आएका छन्‌ । पच्यु र क्लेप्री दुई छुटा-छुटै विधा विध्या भए पनि उनीहरु एक अर्कोको परिपुरक जस्तै हुन्‌ । तमु समुदायमा यी दुई पुरोहित विना मृत अनि आर्घौं संस्कार अधुरो अनि अपुरो हुने गर्दा छ । यस्त महान कार्य गर्दै आउनुभएका थमन सिहं टु तमु जीवनको ५० औं बसन्तमा आईपुग्दा मात्र आफुले क्ल्हेप्री पुरोहितको विध्या पुर्ण रुपमा सिकेको बताउनु हुन्छ । त्यसपछिको समयमा भने आफुजस्तै सक्षम क्ल्हेप्री पुरोहित जन्माउनका लागि तल्लीन रहेको उहाँको भनाई छ ।   
 
हाल सम्म उहाँले आफनै छोराहरु लोक बहादुर टु तमु र खमबहादुर टु तमु लगायत १०/१२ जनालाई पुर्णरुपमा जिम्मेवारी बहन गर्न सक्ने गरि प्रशिक्षण दिई सकेका छन्‌ भने अहिले उहाँसँग पुरन तमु, रेख बहादुर तमु,कान्छा तमु,आशोक तमु जस्ता तमु युवा पिँडीहरु क्ल्हेप्री विध्या सिक्नको लागि उहाँ सँगसगै सहकार्यमा जुटीरहनु भएको छ ।  मेरो एक जिज्ञासमा प्रशिक्षर्थी पुरन तमुले भने हामी जस्त युवा पिँडीले यो विध्या सिक्न एक्दमै जरुरी छ नत्र त हाम्रो संस्कार नै हराउँछ । साँचिनै आधुनिकताले जडगाडी सकेको अहिलेको युवा पिँढीसँग पनि आफनो जातिया कर्म काण्डा र संस्कार प्रति यति चासो र चिन्तन भएको मैल उहाँमा पाए सबै युवाहरु पुरन तमु जस्तै जातिय भाषा संस्कार प्रति यसरी नै चिन्तनशील हुदो हो त हाम्रा ति अमुल्य भाषा र रितिरिवाज अनि सस्कार संस्कृतीहरु किन हराउथेरा मैले मनमनै यहि सोचे त्यतिबेला । तनहुँ जिल्ला जन्मथलो र कर्मथलो दुवै बनाउनु भएका थमनिसंह तमु कहिल्यै पनि आफनो जिल्लामा मात्रै सिमित हुनु भएन उहाँले स्याङजाको बाडखोला, ठूलाडीहि, टक्सार, बाचपुर, घरेडी गौरी स्वाराँ, किचनाश, पौवौगौडे देखि तनहुँको किहुँ भानुमती, ढोरफेदि, राईपुर, दुलेगौडा, खैरेनी, थप्रेक तथा कास्कीको लेखनाथ पोखरा जिव्रेढुङ्गआदि ठाउँहरुमा पनि क्ल्हेप्री पुरोहितको काम गर्दे आउनु भएको छ । जिवनयात्राको दौडानमा ७२ र ८८ वर्षमा एकदमै ठूलो विरामी हुदा पनि मलाई केहि भएन । साँचि त्यतिबेला मैले आफुलाई बाँचछु होला जस्तै लागेको थिएन । अब त मरिन्न होला उहाँले हाँस्दै भन्नु भयो उमेरले नेटो काटीसकेको त्यो बुढयौली अवस्थामा  पनि उहाँको मन भने युवा नै छ । 
  
कति स्वस्थ्या अनि तन्दुरुस्त हुनुहुन्छ,यति बुढेसकालमा पनि थमन सिहं तमु । मैले उहाँलाई प्रत्यक्ष भेटेकी छु । तमुहरु प्रकृति पुजारी हुन प्रकृतिका अथक साधनहरु नदी नाला पहाड डाडा काँडा देउराली अनि सिमी भुमी आदि यो जातिले वर्षौं देखि पुज्दै आएका छन । संस्कार सस्कृतिले सम्पन्न तमु जाति जसको आफनै रितिरिवाज छ । आजभोलि तमुहरु अलिबढी तामझामकासाथ आर्घौं लगायतका अन्य संस्कार गर्न तर्फ लागेको हामी पाउँछौ ।
   
संस्कृति आफैमा विकृति होइन तर यसलाई परिस्कृत र परिर्माजित गरेर संरक्षण गर्नु अब सबै तमु समुदायको दायित्व हो पक्कै पनि सबैले सहि ढङ्गले आफनो दायित्व बहन गर्न सिक्ने हो भने संस्कृति बचाऔ अभियानमा दौडेर हामीले समय र्बबाद पार्नु पर्ने थिएन होला ।  
 
(क्‍ल्‍हेप्री चिवा थमनसिँग टु तमुसँग रोशनी तमुले गर्नु भएको भेटवार्तमा अधारित संवादको सं‍क्षिप्‍त अंश)
  
प्रतिक्रियाको लागि  
रोशनी तमू  पोखरा 

Comments

avatar prem
0
 
 
रोशन गुरुङलाई क्ल्हेप्री चिब थमनिसंहको बारेमा जानकारी दिनु भएकोमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु । जति पनि प्रकाशित लेखहरुमा प्रतिकृया नलकेखे पनि सबै लेखहरूमा म समान रुपले नै आभारी छु । तर कुरा; कमेन्ट लेख्नेको मुख्य आशाय भने यस्तो छ:

गत अग्स्ट महिनामा नन्दराज तमुको गोर्ख पत्रमा तमु भाषामा प्रकाशित लेख "कोह्ल सों प्ह्रे ट्हो तमु मै ओंसोबे ह्युला" - "कोह्ल सो प्रे सों प्ह्रे ट्हो तमुहरुको पहिलेको राज्य" लेखलाई पच्यु पैडी चिबाको निर्देशन अनुसार यस वेबसाइटक्‍ा सम्पादकको औकात लिनु भएको नेत्र तमु ज्युले उक्त लेखको नाम निशान नरहने गरि हटाएकोछ । पछि लेखको heading आसन्‍दर्भिक र असत्य कुराहरु लेखमा रहेको मौखिक जानकारी प्राप्त भएको थियो । तर त्‍यस बेला लेख हटाउनुको मुख्य कारण भने मलाइ अहिले यो लेख देख्‍दा सोंचाइमा अन्‍य केहि हुनु पर्छ जस्‍तो लाग्‍यो र खुलदुली चढेकोछ ।

अब कमेन्टको मुख्य उदेश्‍य तिर लगौं । पच्यु चिबा यारजङ क्रोम्छैं तमु तमुको उत्पत्ती च्वों नाशा जुन बर्तामान मंगोलबाट भएको भन्नु हुन्छ । अनी नेत्र तमु ज्यु आँफैले प्रकाशन गर्नु भएको रोशनी तमु ज्युको लेखमा ढुङ्गे युगमा हुदाँ गुरुङहरु मुस्ताङ जिल्लाको फलिप्रो लप्रु नार खोला ध्यसुण्डो काली गण्डकीको शिर आदिबाट उत्पत्ति भएको भनेको छ । अनि पच्‍यु पैडी चिबा यारजङ क्रोम्‍छेको आफ्‍नो भनाइ अनुसार सगं यो लेख कुरा मेल खाएन ।

निश्चल र निश्पक्ष ब्यवहारमा उतर्न सकेन भने सम्‍बृद्घि गर्ने भन्ने कुरा त मनको लड्डु घिउ सँग खानु भने जस्तो भएन र ? सायद यस्तै प्रतिकृयाको समान गर्नु पर्छ भनेर नै प्रतिकृयाको लोग्‍ी रोशनी तमु भनेर तर्किन खोजेको त होइन ? रोशनी तमुबाट भन्दा सम्बन्धित निकायबाट नै यो मेरो खुल्दुली प्रस्टाइ दिनु भए म आभारी हुनेछु । नभए यस लेखलाइ के गर्नु हुन्‍छ म त हेर्दैछु । धन्‍यबाद
avatar khemraj
0
 
 
This is great news,at least we can learn some things from our parents, i know him very well,he is one of the senior person from my village and well mature for his job. I hope in future we can read more of this kind of amazing news in the coming future and many thanks to writer.
Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

तमु जातिको संक्षिप्त ऐतिहासिक झलक
25/12/2008 | Administrator

पच्यु, पैँडी चिब यारजङ क्रोँम्‍छैँ तमु र भोवर पाल्जें तमु(बर्नार्ड पिग्नेड [ ... ]


''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु
06/03/2009 | Netra tamu

 जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ]


अर्घुँ(पय) pai arghum
06/03/2009 | Netra tamu

 पय तमुहरुको मृत्‍युपछी गर्नै पर्ने महत्वपूर्ण र अनिवार्य जातिय सस्कार हो [ ... ]


संस्‍कार
25/12/2008 | Administrator

जन्‍म संस्‍कारबर्तामान अवस्‍थामा तमु जातिमा जन्‍म संस्‍कारलाई कमै मात्रम [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles