| "सिक्दै र सिकाउदै क्ल्हेप्री गुरु थमनिसंह टु तमु" |
|
|
|
| Written by Netra tamu |
| Friday, 16 October 2009 11:07 |
|
रोशनी तमू पोखरा छोरेपाटन पोखरा निवासी स्व. चन्द्रकला तमुको तिन दिने अर्घो संस्कार सम्पन्न गर्नको निम्ती तनहुँबाट पोखरा आउनु हुदाँ तमू प्पे ल्हु संघको केन्द्रिय कार्यलय शक्तिघाटमा मैले उहाँलाई भेट्ने अवसर पाएकी थिए । तमु समुदाय भित्र महत्वपुर्ण मानिने पुरोहितहरु क्लेप्री र पच्यु जसले पुस्तौदेखि आफनो समुदायको मृत देखि लिएर आर्घो संस्कारसम्मका कार्यहरु लगायत विभिन्न शुभकार्यहरु समेत गर्दै आएका छन् । पच्यु र क्लेप्री दुई छुटा-छुटै विधा विध्या भए पनि उनीहरु एक अर्कोको परिपुरक जस्तै हुन् । तमु समुदायमा यी दुई पुरोहित विना मृत अनि आर्घौं संस्कार अधुरो अनि अपुरो हुने गर्दा छ । यस्त महान कार्य गर्दै आउनुभएका थमन सिहं टु तमु जीवनको ५० औं बसन्तमा आईपुग्दा मात्र आफुले क्ल्हेप्री पुरोहितको विध्या पुर्ण रुपमा सिकेको बताउनु हुन्छ । त्यसपछिको समयमा भने आफुजस्तै सक्षम क्ल्हेप्री पुरोहित जन्माउनका लागि तल्लीन रहेको उहाँको भनाई छ । |
Login Box
Archive
Design Variations
Available Styles :
Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size :
![]()
A PSD templete file will be provided if you wish to add a new design style for this website.
प्येताँ ल्हुताँ लेखहरु
| तमु जातिको संक्षिप्त ऐतिहासिक झलक 25/12/2008 | Administrator पच्यु, पैँडी चिब यारजङ क्रोँम्छैँ तमु र भोवर पाल्जें तमु(बर्नार्ड पिग्नेड [ ... ] |
| ''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु 06/03/2009 | Netra tamu जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ] |
| अर्घुँ(पय) pai arghum 06/03/2009 | Netra tamu पय तमुहरुको मृत्युपछी गर्नै पर्ने महत्वपूर्ण र अनिवार्य जातिय सस्कार हो [ ... ] |
| संस्कार 25/12/2008 | Administrator जन्म संस्कारबर्तामान अवस्थामा तमु जातिमा जन्म संस्कारलाई कमै मात्रम [ ... ] |
| Other प्येताँ ल्हुताँ Articles |



Comments
गत अग्स्ट महिनामा नन्दराज तमुको गोर्ख पत्रमा तमु भाषामा प्रकाशित लेख "कोह्ल सों प्ह्रे ट्हो तमु मै ओंसोबे ह्युला" - "कोह्ल सो प्रे सों प्ह्रे ट्हो तमुहरुको पहिलेको राज्य" लेखलाई पच्यु पैडी चिबाको निर्देशन अनुसार यस वेबसाइटक्ा सम्पादकको औकात लिनु भएको नेत्र तमु ज्युले उक्त लेखको नाम निशान नरहने गरि हटाएकोछ । पछि लेखको heading आसन्दर्भिक र असत्य कुराहरु लेखमा रहेको मौखिक जानकारी प्राप्त भएको थियो । तर त्यस बेला लेख हटाउनुको मुख्य कारण भने मलाइ अहिले यो लेख देख्दा सोंचाइमा अन्य केहि हुनु पर्छ जस्तो लाग्यो र खुलदुली चढेकोछ ।
अब कमेन्टको मुख्य उदेश्य तिर लगौं । पच्यु चिबा यारजङ क्रोम्छैं तमु तमुको उत्पत्ती च्वों नाशा जुन बर्तामान मंगोलबाट भएको भन्नु हुन्छ । अनी नेत्र तमु ज्यु आँफैले प्रकाशन गर्नु भएको रोशनी तमु ज्युको लेखमा ढुङ्गे युगमा हुदाँ गुरुङहरु मुस्ताङ जिल्लाको फलिप्रो लप्रु नार खोला ध्यसुण्डो काली गण्डकीको शिर आदिबाट उत्पत्ति भएको भनेको छ । अनि पच्यु पैडी चिबा यारजङ क्रोम्छेको आफ्नो भनाइ अनुसार सगं यो लेख कुरा मेल खाएन ।
निश्चल र निश्पक्ष ब्यवहारमा उतर्न सकेन भने सम्बृद्घि गर्ने भन्ने कुरा त मनको लड्डु घिउ सँग खानु भने जस्तो भएन र ? सायद यस्तै प्रतिकृयाको समान गर्नु पर्छ भनेर नै प्रतिकृयाको लोग्ी रोशनी तमु भनेर तर्किन खोजेको त होइन ? रोशनी तमुबाट भन्दा सम्बन्धित निकायबाट नै यो मेरो खुल्दुली प्रस्टाइ दिनु भए म आभारी हुनेछु । नभए यस लेखलाइ के गर्नु हुन्छ म त हेर्दैछु । धन्यबाद