You are here > Home News & Events UK नयाँ योजना सहित प्ये ल्हु संघको बैठक सम्पन्न
Tue 07 Sep 2010
नयाँ योजना सहित प्ये ल्हु संघको बैठक सम्पन्न PDF Print E-mail
Written by Bheg Lal Chahkli Tamu   
Monday, 28 September 2009 09:39

गत शनिबार २६ सेप्टेम्बर ०९ को दिनमा तमु प्ये ल्हु संघको नियमित बैठक विभिन्न उत्कृष्ट निर्णयहरु गर्दै सम्पन्न भएकोछ । संघको पूर्व-निर्धारित बर्षभरिको बैठक तालिका अनुसार आव्हान गरिएको सो बैठकमा आगामी आउने तोल्होसार पर्वको तयारी समेत गरिएकोछ । संघको अध्यक्ष जगत प्हच्यु तमुको सभापतित्वमा सम्पन्न सो बैठकले ल्होसार पर्व मनाउन आवश्यक गृहकार्यहरु तत्काल शुरु हुने गरि ल्होसार आयोजक समिति समेत मनोनयन गरिएकोछ । संघकै अध्यक्ष जगत प्हच्यु तमुको प्रमुख संयोजकत्वमा गठित उक्त समितिमा सह-संयोजकद्धय क्या. देवराज ङोप्छे तमु र उपाध्यक्ष सोम त्होर्जे तमुलाई चयन गरिएकोछ भने सदस्यहरुमा क्या. डेम बहादुर योज तमु, ले. मदन प्ल्हेँ तमु, अमर त्होर्जे तमु, गीर बहादुर लइ तमु, धर्मराज कुप्छे तमु र डम्बर टु तमु मनोनयन गरिएकोछ साथै समितिले सशक्त रुपमा कार्यक्रमलाई सम्पन्न गर्न सकियोस् भन्ने हेतुले समितिका प्रत्येक सदस्यहरुको मातहातमा सञ्‍चालन हुने गरी तीनदेखि पाँच जनासम्मको सदस्य समुह गठन गरिने निर्णय पनि गरिएकोछ जुन सदस्य समुहले विशेष गरि स्वयं सेवकको भूमिका निर्वाह गर्नेछ ।

ल्होसार पर्वलाई भब्य रुपमा सम्पन्न गराउनको निम्ति के-कस्ता कार्यक्रमहरु समावेश गर्ने भन्ने बारे छलफल गरि तयारी गर्न आवश्यक सबै जिम्मेवारीहरु ल्होसार आयोजक समितिलाई दिईएकोछ भने प्रचार प्रसार एवं टिकट आदिको यथासिघ्र व्यवस्था मिलाउन संघको सचिवलाई निर्देशन गरिएकोछ ।

बैठकले संघको लागि अति आवश्यक क्होइवो धिँको विषयमा पनि छलफल गरेको थियो जसमा वेलायतमा दिन प्रति दिन बढ्दै गएको तमु जनसंख्या र समाजमा बढ्दै गएको आवश्यकता र मागहरुलाई मध्य नजर गर्दै घरेडी अथवा भवन खरिद एवं निर्माण गर्ने निर्णय गरेकोछ । विभिन्न देश-विदेशमा स्थापित शाखाहरुसँग हातेमालो गर्दै एकापसमा सहयोग आदन-प्रदान समेत गरिने निर्णय गरिएको सो बैठकले "क्होइवो धिँ व्यवस्थापन तदर्थ समिति बेलायत" गठन गरि बेलायतमा घरेडी तथा भवन किनमेलको लागि अपनाउनु पर्ने आवश्यक प्रक्रियाहरु एवं आर्थिक संकलनको लागि चाल्नु पर्ने आवश्यक पहलहरुको बारेमा सोधखोज तथा वस्‍तुस्‍िथती बुझेर आगामी १३ फेब्रुअरी २०१० मा हुन गइरहेको संघको दोस्रो सम्मेलनमा प्रस्तुत गर्ने गरी अनुमानित बजेट सहितको योजनाको खाका तयार पार्न निर्देशन दिईएकोछ । बैठकले सोही "क्होइवो धिँ व्यवस्थापन तदर्थ समिति बेलायत" नै पछि "क्होइवो धिँ साचालन तथा व्यवस्थापन समिति" हुने निर्णय समेत गरेकोछ । उक्त तदर्थ समितिमा क्या. बुद्धी कुमार पर्जु तमु, ले. यम बहादुर तेल तमु, पच्यु पैँडी चिवा यारजङ्ग क्रोम्छे तमु, क्या. डेम बहादुर योज तमु, क्या. देवराज ङोप्छे तमु, ले. मदन प्ल्हेँ तमु, रण बहादुर टु तमु, खमीरजङ्ग केप्छे तमु, पदम बहादुर टु तमु, रामकाजी त्होर्जे तमु, सिँगा क्रोम्छे तमु, राजु टु तमु, नर बहादुर टु तमु, आइत त्होर्जे तमु र श्रीमती भूमा गरब्ज तमु रहेकोछ ।
 
संघको आगामी दोस्रो सम्मेलनमा क्होइवो धिँ खरिद तथा निर्माणको लागि अनुमानित बजेट सहितको योजना प्रस्तुत गरिएपछि सम्मेलनले सो समितिलाई विधीवत रुपमा योजना कार्यन्वयनको लागि वैधानिकता दिईने समेत स्पष्ट पारिएकोछ भने सो समयमा प्रमुख संयोजक र सह-संयोजक तोकिने तथा आवश्यकता अनुसार समिति सदस्यहरुमा थप-घट गर्न सकिने प्रावधान पनि राखिएकोछ ।
 
बैठकमा उपस्थित नयाँ महानुभावहरुलाई स्‍वागत तथा परिचय पनि गरिएको थियो भने आजीवन सदस्यता दर्ताको लागि संघले अझ सक्रिय पहल गरिनु पर्ने कुराहरु समेत औंल्याइएको थियो । संघसँग सम्बन्धित अन्य विविध विषयहरुमा बृहत छलफल गरिएको सो बैठकमा खानाको व्यस्था पनि गरिएको थियो भने निर्धारण गरिएको समयभन्दा छिटो बैठक समापन गरिएको थियो । 
                                         
          सचिव 
   बि एल च्हाक्ली तमु 
     तमु प्ये ल्हु संघ 
         बेलायत

Comments

avatar netratamu
0
 
 
Sachib jyu thank you very much for the information, First of all I apologize for unable to attend in the meeting because of family administration. I am so glad to you all that meeting made this kind of important decision for our Tamu pye lhu sanghs future coming plan. Hope our all tamu main will support tamu pye lhu sangh to success this plan to keep our tamu origin and our culture a live for our new generation to continue for ever and ever. Euta ukhaan chha ni “ ek thooki suki, Saye thooki nadi” we must remember this and our dialogue “ Pye Mhasyaan Chhyaa Mhamu, Chhyaa Mhasyaan Lhu Mhamu, Lhu Mhasyaan ngyo Mhee Mhamu” thank you

Jay tamu pye lhu sangh
Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

संस्‍कार
25/12/2008 | Administrator

जन्‍म संस्‍कारबर्तामान अवस्‍थामा तमु जातिमा जन्‍म संस्‍कारलाई कमै मात्रम [ ... ]


तमु (गुरुङ)का थर-उपथरहरु
25/12/2008 | Administrator

तमु (गुरुङ)का थर-उपथरहरु
Tamu (Gurung) Clans/Subclans संकलक: सु‌. चन्द्रमणि क्रोँम्छैँ तमु, तमु  [ ... ]


काटमार के हिंसा हो?
05/04/2009 | Netra tamu

             काटमार के हिंसा हो?
               काटमार के हिंसा हो? तर म भन्छु होइन सा [ ... ]


क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल
25/12/2008 | Administrator

ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्‍वपूर् [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles