You are here > Home News & Events UK नेपाली मेलामा तमु प्ये ल्हु संघको सहभागीता
Fri 10 Sep 2010
नेपाली मेलामा तमु प्ये ल्हु संघको सहभागीता PDF Print E-mail
Written by Bheg Lal Chahkli Tamu   
Sunday, 09 August 2009 18:46

mela
८ अगष्ट २००९ शनिबार 
       लण्डन, रिचमोण्डको रिचमोण्ड एथ्लेटिक ग्राउण्डमा आयोजीत नेपाली (गोर्खा) मेला - २००९ मा तमु प्ये ल्हु संघ युकेले शानदार सहभागीता जनायो ।
   बहुजाती, बहुभाषी, बहुसंस्कृती एवं बहुधर्मको धनि देश नेपालको विभिन्न जनजातीहरुको मौलीक संस्कृतीको पहिचान तथा प्रवर्तनको उद्धेश्यले आयोजना गरिएको यो मेला बेलायतकै पहिलो नेपाली साँस्कृतिक मेला हो । तमु धीं युकेद्धारा आयोजीत सो मेलामा तमु प्ये ल्हु संघ लगायत वेलायतमा स्थापित विभिन्न संघ संस्थाहरुको सहभागीता थियो । 
pyelhu
     विभिन्न सहभागी संघ संस्थाहरुलाई आ-आफ्नो संघको व्यानरमा मार्च पास गराई औपचारिक रुपमा शुरुवात गरिएको मेलाको उद्‌घाटन हुनु पुर्व नेपाली राष्ट्रिय धुन बजाइएको थियो भने सबै सहभागी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले सामुहिक रुपमा रिबन काटेर मेलाको उद्‌घाटन गरिएको थियो । मेलामा नेपालका प्रधानमंत्री माधवकुमार नेपाल र परराष्ट्रमंत्री सुजाता कोईरालाको शुभकामना सन्देश पढेर सुनाईएको थियो ।

mela1
     मेलामा तमु प्ये ल्हु संघले छ्‌याँटु नृत्य, तमु धीं लण्डनले सोरठी र घाँटु, पासाः पुच गुठीले लाखे, मगर संघले सोराठी(पुर्खा नाच), किराँत याक्थुम चुम्लुङ्गले छ्‌याब्रुङ, किराँत राई यायोक्खाले सकेला, किराँत सुनुवार सोसाइटीले स्याँदर ढोल नाच, तामाङ सामाजले तामाङ सेलो, ग्रिन ह्याकल पाइप व्याण्डले व्याण्ड धुन र आयोजक तमु धींले ट्हो त्हेँ प्रस्तुत गरेको थियो भने पैँयुखोला तमु समाज, सोँपाल समाज र जी.डब्लु.ए. लगायत अन्य संघ संस्थाहरुले विविध साँस्कृतिक प्रस्तुती दिएको थियो । पि.पि.जी.युकेले उशु र एन. जे. टेक्वान्डो एकेडेमीले टेक्वान्डोको प्रर्दशन गरेको थियो भने ओपन एयर कन्शर्टमा विभिन्न नृत्य तथा गायनको रमाईलो प्रस्तुतीले दर्शकलाई नचाएको थियो । 
tpls
     "पूर्व बाँधु पश्चिम बाँधु" बोलको सोरठी नृत्य प्रस्तुत गर्दा डम्बर टु तमु र एक जना महिलालाई देवता चढेको (सरस्वती आएको) थियो र सोरठी नाच सकिएपछि डम्बर टु तमु स्वयंले मादलको पूरा ताल बजाएर धुप चढाएपछि शान्त भएको थियो । यस घटनाले कुनै गुरु बिना पौराणिक शक्तिशाली मौलीक लोक नृत्यलाई जथाभावी प्रदर्शनी गर्न नहुने पाठ सिकाएकोछ । 
tmuk
     मेलामा विभिन्न सामाजीक, व्यावसायीक र निःशुल्क योगा स्टलहरु पनि राखीएको थियो भने गोर्खाहरुको संस्था गेसो, बि.जी.डब्लु.एस. एवं फर्गटन गोर्खाको पनि स्टल थियो । तमु प्‍ये ल्‍हु संघले तमु खेगीहरूको विभिन्‍न सामाग्री र प्‍ये छ्‌याका किताबहरु पनि स्‍टलमा प्रदर्शनको लागि राखेका थिए ।
karate
     वेलायतमा पहिलो पटक आयोजना गरिएको यो मेला नेपाली कला संस्कृती संरक्षण तथा प्रवर्तनको लागि मार्ग दर्शक बन्न सक्ने अपेक्षा गरिएकोछ । प्रथम, द्धितिय र तृतिय पुरस्कार क्रमशः बि.एम.डब्लु. मिनी कार, ४२" पानासोनिक प्लस्मा टि.भी. र एल्पाइन होटलको निःशुल्क लजीङ रहेको राफल ड्रले कार्यक्रमको थप शोभा बढाएको थियो । बि.एफ.बि.एस. गोर्खा रेडियो र नेपाल टि.भी.ले मेलाको प्रत्यक्ष प्रशारण गरेको थियो ।
 
भेग च्हाक्ली तमु

Comments

avatar Buddhi Grg
0
 
 
Fyafulla, tamumai , Proud of participants & plasure to thanks to Mr. Beg tamu for reporting. Well, It shows that all "AADIBAASI JANJAATI" have shown full co-ordination. We are rich by the cultural shows "LITTLE KNOWLEDGE IS DANGEROUS" , If it is shown and taken in wrong way we may force into the problems. Like dances, musics, etc. It is real bonism where we bonisms belive god lies in nature & everywhere. So, lets not insult & present these kinds of untimely exposition even if we have many dances and songs to be sung. यस घटनाले कुनै गुरु बिना पौराणिक शक्तिशाली मौलीक लोक नृत्यलाई जथाभावी प्रदर्शनी गर्न नहुने पाठ सिकाएकोछ । panthesim, Any way jay tamumai, & bonism
avatar prem
0
 
 

Quote:

"पूर्व बाँधु पश्चिम बाँधु" बोलको सोरठी नृत्य प्रस्तुत गर्दा डम्बर टु तमु र एक जना महिलालाई देवता चढेको (trance/possesed) थियो र सोरठी नाच सकिएपछि डम्बर टु तमु स्वयंले मादलको पूरा ताल बजाएर धुप चढाएपछि शान्त भएको थियो । यस घटनाले कुनै गुरु बिना पौराणिक शक्तिशाली मौलीक लोक नृत्यलाई जथाभावी प्रदर्शनी गर्न नहुने पाठ सिकाएकोछ ।


तमु खेगि (पुरोहित)को भनाइ अनुसार हरेक कार्यक्रमको रौनक चरम चरण (peak time)मा प्रेतात्‍म (friendly ghost/spirit) पनि मनोरन्‍जनको लागि सहभागि हुन्‍छ । ति प्रेतात्‍मलाइ ऐँसेलु (barry)को हाँगा नुघेर, जमिन छोएको ठाउमा जरा पलाइ फरि अर्को ऐँसेलुको बोट उम्रेको ठाउको माटोले देउता चढ्‌ने ब्‍यात्तको शरिर पोत्‍ने र एक प्रकारको बिशेष मन्‍त्र जप्‍यो भने सो ब्‍यत्तिले ति प्रेतात्‍महरूलाइ देख्‍न सकिन्‍छ ।

कतिपयले यस कुरालाइ अन्‍धबिश्‍वासको कुरा भनि खिल्‍ली उडाउछ तर बास्‍तवमा यस सोराठी नाचको गित र धुनले देउता चढेको, हाम्रा पुर्खहरूले भन्‍दै गरेको अदृष्‍य शत्तिको सबुत प्रमाण हो । आधुनिकताको बैंसले मत्तु भएकाहरू फरि एक पटक सोंचि, यसप्रकारका कुराहरूमा गम्‍भिर संबेदन हुन आवश्‍यक देखिन्‍छ ।
Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

अर्घुँ(पय) pai arghum
06/03/2009 | Netra tamu

 पय तमुहरुको मृत्‍युपछी गर्नै पर्ने महत्वपूर्ण र अनिवार्य जातिय सस्कार हो [ ... ]


Sounds for Divine Ancesters
25/12/2008 | Administrator

Rituals, Music & Life in Tamu ShamanismThe first ever recording dedicated to Tamu/Gurung shaman ritual music.Keith Howard and Yarjung Krõmchhañ Tamu (Gurung) with Simon Mills------------------------ [ ... ]


International Healing
25/12/2008 | Administrator

Preface & Introduction Published in Carr, G. & P.A. Baker (2002) Practitioners, Practices and Patients: New Approaches to Medical Archaeology and Anthropology. Oxbow Books: OxfordHealing Here, There a [ ... ]


मे त्हलें दिवस सम्पन्न
24/01/2009 | Geeta Chahkli Tamu

मे त्हलें दिवस सम्पन्न
फागुन १९ पोखरा ।एउटा धर्मावलम्बीहरुको ठाउँमा अर्को  [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles