You are here > Home News & Events Chitwan तमु प्ये ल्हु संघ चितवन जिल्ला समितिको गतिविधि
Fri 10 Sep 2010
तमु प्ये ल्हु संघ चितवन जिल्ला समितिको गतिविधि PDF Print E-mail
Written by Netra tamu   
Monday, 06 April 2009 22:49

         gunjanagar
तमु प्ये ल्हु संघ चितवन जिल्ला समितिको गतिविधि 
          दिनानुदिन लोप हुँदै जान लागेको तमु प्ये ताँ ल्हु ताँ लाई संरक्षण र सम्बर्द्धनप्रति चासो खडकिएको हामी चितवन जिल्लाबासी तमु संघसंस्थाले गत आठ दशबर्ष अगाडिदेखि महसुस गर्दै आईरहेका थियौं। यस बिषयमा विज्ञ व्याक्तित्व तथा पच्यु क्ल्हेप्रीहरुसँग पनि निरन्तर छलफल गर्दै आएको हो। पच्यु र क्ल्हेप्री तथा धर्म सँस्कारको संरक्षण एवं समय सापेक्ष बिकास गर्ने भन्ने विकल्पहरुको खोजको क्रममा पोखरा शक्तिघाटस्थित स्थापित तमु प्ये ल्हु संघले यस कार्यहरु गर्दै अधिराज्यव्यापी तमु समुदायालाई क्रमश: समेट्दै आईरहेको पाइयो र यस चितवन जिल्लाका तमुहरुबीचमा छलफल हुँदा सो विशुद्ध संस्था तमु प्ये ल्हु संघमा आबद्ध भाई चितवन शाखा खोल्ने ब्रिहत छलफल पछि मिती २०६० साल वैशाख ३० गते बसेको तमु गुठी नामाकरण भएको संस्थाको आयोजनामा खेगी चोँगी सम्मेलनले गरेको निर्णय र निष्कर्ष अनुसार चितवन जिल्ला गुन्जनगर-२ स्थित पच्यु क्होईली संस्थाको नाउँमा रहेको ४ कट्टा क्षेत्रफलको जग्गामा सो नाम परिवर्तन गरी तमु प्ये ल्हु संघ, मु मा ला क्होइंबो नामाकरण गरी स्थापना भएको छ। 
       क्होइँबो भावन निर्माण आयव्यय सम्बन्धमा २०६० माघ २४ गते तमु गुठीको अध्यक्ष काजीमान तमुको अध्यक्षतामा बसेको भेलाले गरेको निर्णयनुसार तमु प्ये ल्हु संघ शाखा कार्यालय चितवन गुन्जनगर-२ले केन्द्रीय कार्यालयबाट प्राप्त विधानअनुरुप तमुप्ये ल्हु संघ जिल्ला तदर्थ समिति चितवन गठन गरियो। तदर्थ समितिका पदाधिकारीमा अध्यक्षमा ले दानबहादुर तमु, सचिव बालकाजी तमु, कोषाध्यक्षमा ले भीमबहादुर ल्होँ तमु, सहसचिवमा तुलराम टु तमु, रहनु भएको छ भने सदस्यहरुमा श्रीमती पदम लेम तमु, धन्प्रसाद टु तमु, जगत टु तमु, ज्ञानबहादुर प्हच्यु तमु, श्रीमती खीमा पालजैँ तमु र जीतबहादुर तमु रहनु भएको छ।
          आफ्नो कूल धर्मसंस्कार्, ईतिहास सृष्टीकालदेखि ईश्वर आकाश बाबा र प्रिथ्वी आमाको सँगमबाट प्रिथ्वीको उत्तर खन्डनमा स फू ती क्य्हाल्साबाट मानव सभ्यताको बिकास क्रमसंगै हजारौ बर्ष पहिले नै सृष्टी भएको खेगी प्ये वा तमु क्येर्लोमा उल्लेख भएको पाईन्छ। जसलाई संरक्षण तथा अनुसन्धान गर्न आवश्यक देखिन्छ। हाललाई शहरी क्षेत्रको महंगा जग्गाको अनुपातमा गुन्जनगर गा वि स-२ मा सरकारी जग्गा उपलब्ध भएको हुँदा सो क्षेत्रलाई संस्थाको आफ्नो कार्य क्षेत्र बनाएको र यस संस्थाले तदारुकताका साथ निकट भविष्यमा नै जिल्लाका अन्य गाविस, नगरपालिकाहरुमा बसोबास गरेका तमु संघसंस्थाहरुलाई समेत सचेत र जागरुक गराउँदै खेगी चोँगी सम्मेलन राखी वैचारिक फैलावट बढाउँदै गरिरहेको छ। साथै तमु प्ये ल्हु संघका बारेमा यस क्षेत्रमा पशु पंक्षीको बलीदेखि एक राते, तीन राते अर्घुं, पच्यु क्ल्हेप्री, बोनवद, आँला, डिकुरा, अस्तु बनाउने, नबनाउने हिन्दू लामावाद प्रति व्यापक बहस भएको भएता पनि गत केही समयदेखि प्राय: सबैमा वैचारिक पारीपक्वता आएको वा वास्तविकता र नगरी नहुने यथार्थ सामाजिक सँस्कार आवश्यकता रहेछ भन्ने तथ्य सबैले महसुस गरेको हामीले पाएका छौं। जसमा अत्यन्तै दु:ख लाग्दो पक्ष चितवनबासी तमुहरुले दक्षता प्राप्त क्ल्हेप्री स्थायीरुपले उपलब्ध गराउन सकिरहेको छैन। यसर्थ चितवन जिल्लामा अत्यन्तै दुर्लभ भएको र दक्षता खेगीको आवश्यकता भएको केन्द्रलाई यसै लेखमार्फत अवगत, ध्यानाकर्षण र अनुरोध गर्न चाहन्छु।  
              २०६१ वैशाख २० गते आईतसिंह लामाको बाहुलीबाट क्होइँबो भवन निर्माणको लागि शिलान्यास गरी सो भवन निर्माणको लागी क्या भिमबहादुर ल्होँमे तमुको संयोजकत्वमा अन्य सहयोगी सदस्यहरु मिलि अत्यन्तै मेहनत, लगनशिल र ईमान्दारीपूर्वक निर्माण कार्य सम्पन्न भाई मिति २०६२ साल फागुन महिनामा भवन उदघाटन गराउने निर्णय भए पनि दूर्भाग्यवश संघका अति कृयाशिल अध्यक्ष एवं निर्देशक दानबहादुर टु तमु माघ महिनामा अचानक मोटरसाइकल दुर्घटनामा परेकाले उदघाटन कार्यक्रम स्थगित राखियो। मिति २०६२ माघ ५ गते यस क्होईँबोलाई स्थानीय बिकास मन्त्रालय गुम्बा व्यवस्था तथा बिकास समितिमा दर्ता गरिएको छ। त्यसको अभिलेख न १२७६ रहेको छ। सोही वर्ष फागुन २ गते पोट आमा समूह गुन्जनगरको सहयोगबाट रु १५ हजारको शौचालय निर्माण गरिएको छ भने तमु गुठी गुन्जनगरले पानीको धारा मोटर ट्यांकी निर्माण गरिदिएको छ।   
            २०६३ वैशाख २६ गते उपाध्यक्ष ज ईन्द्रबहादुर तमुको अध्यक्षतामा निर्देशक परिषदका महानिर्देशक भोवर पाल्जेँ तमुबाट क्होइँबोको उदघाटन गरियो। उदघाटन कार्यक्रमको लागि टेकबहादुर तमुको संयोजकत्वमा एक उपसमिती गठन गरिएको थियो। उदघाटन कार्यक्रममा क्होइँबो निर्माण सक्रिया रहनु भएका तीन जना महानुभावहरुलाई प्रशंसापत्रले सम्मान गरियो। जसमा ना सु बलबहादुर प्हच्यु तमु, ले दानबहादुर टु तमु र कोषाध्यक्ष ले भीमबहादुर ल्होँ तमु हुनुहुन्थ्यो। उदघाटन कार्यक्रममा निर्देशक परिषदका उपमहानिर्देशक ले ईन्द्रबहादुर केप्छेँ तमु, निर्देशक सदस्य स्वँ केन्द्रीय क्ल्हेप्री अध्यक्ष देवबहादुर टु क्ल्हेप्री तमु तथा केन्द्रीय सदस्य स्वँ केन्द्रीय पच्यु समितिका सचिव पच्यु चिव ठउबहादुर च्हाक्ली तमुको उपस्थिति रहेको थियो। 

       suryanagar
         चितवन जिल्ला समितिको सक्रियतामा मिति २०६१ सालमा सूर्यनगर ईकाई समिति गठन गरी कुखी माङी क्होइबो तमु समाज नामाकरण गरिएको छ। क्होईबो भवन निर्माणको लागि श्रीमती धनमाया तमु र बुद्धिमान तमुले स्व गौरी तमुको स्‍मृतिमा एक कट्ठा जमिन र श्रीमती मनमति तमुले स्व श्रीमान रुद्रबहादुरको स्‍मृतिमा एक कट्ठा जमिन गरी दुई कट्ठा जमिन उपलब्ध गराउनु भएको छ। हाल सो जग्गामा क्होईँबो निर्माण कार्य जारी रहेको छ भने डीपीसी गरी पिल्लर खडा गरिसकेको अवस्थामा आर्थिक अभावले गर्दा निर्माण कार्य पूरा हुन सकेको छैन। सो निर्माण कार्य पूरा गराउनको लागि केन्द्रीय समिति समक्ष यसै लेखमार्फत आर्थिक सहयोगको लागि अनुरोध गर्न चाहन्छु। 
           तमु प्ये ल्हु संघका शुभचिन्तक, संघसंस्था स्वँ देशविदेशबाट आर्थिक सहयोग जुटाउन सकिएमा निकट भविष्यमा अतिथि कोठा, भान्सा घर, सभाहल, संग्रहालय जस्ता भौतिक संरचनाको निर्माण गर्ने योजना रहेको छ। यसका साथै तमु प्ये अनुसार प्राचिन कुखी पुर्खाहरु, तमु उत्पन्न भएको ठाउँ, बस्तीहरु जस्तै क्होला सोँप्रेट्होदेखि स फु ती क्य्हाल्सासम्मको ईतिहास उत्खनन अनुसन्धान अत्यन्तै आवश्यकता रहेकोले यसतर्फ पनि सोंच् राखेको छु। तमु बर्ष ल्होसारको पनि खोज, अनुसन्धानको पनि त्यतिकै ट्ड्कारो आवश्यक देखिन्छ। आफ्नै मौलिक चाडपर्वहरुको खोजि गर्नु,कर्मकाण्डमा समेत एकरुपता ल्याउनु, क्होइँबोभित्र पूजापाठ, प्रवचन, आरधना, आफ्नै संस्कार्अनुसार समय सापेक्ष सुधार गरी नयाँ ढङ्गले व्यवस्था गरी लैजानु पर्ने आजको आवश्यकता भएको चितवन तमु प्ये ल्हु संघले महसुस गरेको कुरा पाठक समक्ष अवगत गराउँदछु। तमु चीँसम्बन्धी पनि व्यवस्था गरी पार्गअनुसार ल्हो फल प्रत्यक दिनको रेडियो, एफ एम हरुमा प्रशारण गर्ने गराउने लक्ष्य यस तमु प्ये ल्हु संघ चितवनले लिएको छ।
       चितवन गुन्जनगरको क्होइँबो निर्माणमा हालसम्म ६ लाख २९ हजार ३ सय ५१ रुपैँया खर्च भाईसकेको छ। क्होइँबो निर्माण तथा संस्था परिचालनको लागि देश विदेश सबैबाट गरी ९ लाख २० हजार २ सय ४५ रुपैँया आर्थिक सँकलन गरेको थियो भने सम्पूर्ण खर्च कटौती गरेर हाल संघमा १ लाख ८३ हजार ८ सय ८९ रुपैँया जगेडा रहेको छ।
अन्त्यमा संस्थालाई यो अवस्थासम्म ल्याई पुर्‍याउनु हुने सम्पूर्ण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने महानुभावहरुमा तमु प्ये ल्हु संघ चितवन जिल्ला सार्यसमिति हार्दिक आभार व्यक्त गर्दै आउँदो च्यु ल्हो ल्होसारको उल्लासमय उपलक्षमा सबैमा सुख, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय कामना व्यक्त गर्दछ।

- जगत टु तमु, चितवन जिल्ला कार्यसमिति

 

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

बेलायतमा तमु क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति) चाड
25/12/2008 | Administrator

जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृति [ ... ]


Kwhohidulu Mara
23/12/2008 | Administrator

[Shrawan Sankranti] Celebration by UK Branch According to the Heritage culture of the tamu, Paus 15 (Lhosar), Maghe Sankranti(Head of the Summer/Rainy Session), Phalgun Purnima, Three Tuesday in Chait [ ... ]


तमु ल्हो र पार्क (Tamu Lho & Parka)
23/07/2009 | Mani Tamu

A. Tamu  Lhokohr Tamu Chwoñ Roman नेपाली English Photo Nimyu Chyu Musa मुसा Mouse Mya Loñ Gai गाई Cow Che To Bagh बाघ Tig [ ... ]


संस्‍कार
25/12/2008 | Administrator

जन्‍म संस्‍कारबर्तामान अवस्‍थामा तमु जातिमा जन्‍म संस्‍कारलाई कमै मात्रम [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles