You are here > Home News & Events Syangja स्याङ्जा जिल्लाव्यापी पच्यु क्ल्हेप्री तथा चोंकीहरुको भेला
Tue 07 Sep 2010
स्याङ्जा जिल्लाव्यापी पच्यु क्ल्हेप्री तथा चोंकीहरुको भेला PDF Print E-mail
Written by Netra tamu   
Monday, 06 April 2009 13:00

walling
स्याङ्जा जिल्लाव्यापी पच्यु क्ल्हेप्री तथा चोंकीहरुको भेला

                तमु ताँ ट्हों धीं क्होइबो वालिङ समाज सेवा समिति स्याङ्जाको आयोजना र तमु प्ये ल्हु संघ युके शाखाका कोषाध्यक्ष नेत्र टु तमुको विशेष प्रायोजनमा स्याङ्जा जिल्लाव्यापी पच्यु क्ल्हेप्री तथा चोंकीहरुको भेला गत अगष्ट ८ र ९ मा सम्पन्न भयो । स्याङ्जा जिल्लाका विभिन्न गा वि स बाट आउनुभएका २० जना भन्दा बढी खेगी गुरुहरु तथा ठूलो संख्यामा रहेका चोंकीहरुको भेलाले स्याङ्जा जिल्लाको विभिन्न भेगमा विभिन्न तवर बाट चलिआएको र गर्दै आईरहेको 'छ्या' लाई एकरुपता गरी लैजान सहमत भएका छन् ।

कार्यक्रममा वक्ताहरुले समयअनुसार आफ्नो 'प्ये' लाई संरक्षण र सम्बर्द्धन गर्दै परिमार्जन गर्न खेगी पेशालाई सम्मानित पेशामा बदल्न र जिल्लाव्यापी कार्यगत एकता कायम गर्नुपर्नेमा जोड दिएका थिए । त्यसै गरी वक्ताहरुले तमुहरुको संघसंस्थाले भौतिक निर्माणलाई तीब्र पार्दै लगिएको देखिन्छ भने आफ्नो मौलिक संस्कार संस्कृतिप्रति चासो नदिएको आरोप लगाउँदै त्यसतर्फ चासो राख्‍न आग्रह गर्नुभएको थियो । यसै गरी दिनप्रतिदिन ह्रास हुँदै गइरहेको प्ये छ्यालाई संरक्षण र सम्बर्द्धन गर्न भावी रणनीति तयार पारेर मात्र अघि बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।  दुई दिनसम्म चलेको कार्यक्रममा केन्द्रबाट पूर्व महानिर्देशक भोवर पाल्जें तमु पूर्व अध्यक्ष एवं संस्थापक सदस्य क्या. भुवनिसंह च्हाक्ली तमु, अध्यक्ष ले. इन्द्रबहादुर केप्छे तमु, क्ल्हेप्री अध्यक्ष देवबहादुर टु क्ल्हेप्री तमु, पच्यु सचिव ठउबहादुर च्हाक्ली तमुलगायतका व्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको अध्यक्षता तमु ताँ ट्हों धीं वालिङ्का अध्याक्ष श्री यामबहादुर तमुले गर्नुभएको थियो भने यस कार्यक्रम लाई सचिव टीकाराज तमु र ईश्वोर तमुले सन्चालन गर्नु भएको थियो । दुई दिनसम्म चलेको सो भेलाले निम्न बमोजिमको घोषणापत्र समेत जारी गरिएको छ ।  
                  
                                  स्याङ्जा वालिङ घोषणापत्र २००८ २०६५ 
विश्व आदिवासी दिवस २००८ २०६५ को उपलक्ष्यमा आयोजित स्याङ्जा जिल्लाव्यापी पच्यु क्ल्हेप्री तथा चोंकी भेलाको सन्दर्भमा 
a. आफ्नो मौलिक प्ये ताँ ल्हु ताँलाई मनन गर्दै
b. तमुहरुको दिनानुदिन घट्दै गइरहेको खेगीहरुको अवस्थालाई मध्यनजर गर्दै 
c. जिल्लाका विभिन्न भेगमा छरिएर रहेका खेगीहरुलाई एकीकृत गर्ने प्रतिबद्धता गर्दै 
d. तमु खेगीहरुको 'प्ये' लाई संरक्षण र सम्बर्द्धन गर्नुपर्ने कुरालाई मनन गर्दै 
e. विभिन्न भेगका खेगीहरुको प्ये लाई संकलन र लिपिबद्ध तथा अनुसन्धान गर्नुपर्ने कुरालाई महसुस गर्दै 
f. आफ्नो मौलिक संस्कृति एवं चाडपर्वलाई उत्थान र विकास गर्दै 
g. स्याङ्जा जिल्लाव्यापी पच्यु क्ल्हेप्री तथा चोंकीको भेलाबाट स्याङ्जा वालिङ घोषणापत्र २००८ जारी गर्दछौं।
 
१. स्याङ्जा जिल्लाको खेगीहरुमा एकरुपता कायम गर्ने । 
२. तमुको प्ये अनुसार जातीय संस्कार गर्दा समयअनुकूल परिमार्जन गर्दै जाने।
३. हजारौं वर्षको प्ये लाई हटाएर संस्कार गरेमा लङ्गडो हुने भएकोले त्यसलाई अनुसन्धान एवं संरक्षण र सम्बर्द्धन गर्दै अझ परिस्कृत गर्दै जाने 
४. मानिस मृत्यु भएपछि एउटा ल्होकोरभित्र पय गर्ने प्रयास गर्दै जाने 
५. तमु कर्मकाण्ड गर्दा आजभोलि विकृतिको रुपमा देखिएको आडम्बरी जस्तैः भोजभतेर स्याई स्याई आदिको विकृतिलाई हटाउँदै न्यूनीकरण गर्दै लैजाने 
६. व्यापक छलफल गर्दा प्ये अनुसार कर्मकाण्ड गर्दा 'थो' को विकल्प छैन तर छ्यालाई समयअनुकूल क्रमिक सुधार गर्दै जाने 
७. प्येको सम्मान गर्दै त्यसअनुसार सबैले आ-आफ्नै भूमिका निर्वाह गर्न प्रोत्साहन गर्ने 
८. तमुको आफ्नै मौलिक संस्कृतिलाई सम्मान गर्दै अबदेखि आफ्नै खेगीहरुबाट नाम जुराई थर लेख्दै जाने र हिन्दू गोत्र हाम्रो नभएकाले हाम्रो गोत्रको नाम लिनुपर्दा आफ्नै थर उल्लेख गर्ने 
९. तमु जातिको जन्मदेखि मृत्युसम्मको कर्मकाण्डका पुरोहितहरु तमु खेगीहरु नै भएकाले अबदेखि खेगीहरुलाई मात्र प्रयोग गर्ने 
१०. स्याङ्जा जिल्लाका विभिन्न ठाउँको प्येहरुलाई संकलन गरी अध्ययन अनुसन्धान गर्दै प्ये र छ्यालाई एकरुपता कायम गर्दै जाने 
११. तमुको आफ्नै बोन धर्मअनुसारको चाडपर्वहरुलाई अध्ययन अनुसन्धान गर्दै त्यसअनुसार चाडपर्वहरु मनाउँदै जाने र आयतित चाडपर्वहरुलाई निरुत्साहित गर्दै जाने । त्यसैगरी मुख्य चाडहरु ल्होसार, माघे सक्रान्ति, फागुन पूर्णिमा, चैतको तीन मंगलबार ट्हो त्हें, वैशाख पूर्णिमा, साउने सक्रान्ति साउनको तीन मंगलबार, गैंडु पूजा भदौ पूर्णिमा आदिलाई व्यापक रुपमा मनाउँदै जाने 
१२. अधिराज्यभर छरिएर रहेका खेगीहरुलाई एकरुपता कायम गर्न आव्हान गर्दै एकरुपताको लागि यस जिल्लाबाट विशेष भूमिका निर्वाह गर्दै जाने 
१३. पितृ र प्रकृति पूजक तमु जातिको बोन धर्म ''तमु बोन धर्म'' भएकाले तमु खेगीहरु पच्यु क्ल्हेप्री र बोन्पो लमलाई सम्मान गर्दै सबैलाई समान व्यवहार गरी सबैलाई अँगाल्दै जाने । 
१४. तमुहरुको एक मात्र धार्मिक आस्थाको केन्द्रविन्दु क्होइबो भएकाले सम्भव भएका सबै गाउँठाउँहरुमा निर्माण गर्दै जाने
१५. तमु जातिको संस्कृतिअनुसार उमेर पुगेका बालक तथा बालिकाको क्रमशः छेवार र ङ्युई चोलो दिने परम्परालाई अझ सशक्त रुपमा अगाडि बढाउँदै जाने 
१६. खेगीहरुको पेशा नै संकटमा देखिएकाले चोकीहरुले पनि विशेष भूमिका निर्वाह गर्दै जाने 
१७. तमु प्ये ल्हु संघ र तमु छोंज धीं बीच सुमधुर सम्बन्ध कायम गर्दै तमु प्ये ताँ ल्हु ताँको सदुभाव र सम्मान गर्दै एकअर्काले आयोजना गरेको कार्यक्रममा सहयोग गर्दै जाने 
१८. नयाँ पिंढीलाई खेगी पेशाप्रति आकर्षित गर्न विभिन्न कार्यक्रम र योजना तयार पार्दै जाने 
१९. यज्ञमा बस्दा खेगीहरुलॆ आवश्यकताअनुसार खेगी तथा तमु भेषमा कार्य गर्नुपर्ने । 
२०. डा.हर्क ल्हेंगे तमुलाई राष्ट्रिय विभूति घोषणा गरियोस् ।
walling   
              यसरी यी माथिका बुंदाहरुलाई समेटेर तयार परिएको घोषणापत्र भेलमा उपस्थित सम्पुर्ण खेगि र चोगीहरुलाई एक एक कपी बुझाईएको छ । सो भेलामा बिभिन्न गाउं ईकाईहरुबाट उपस्थित सम्पुर्ण खेगि र चोगिहरु लगायत बिभिन्न संघ संस्थाबाट आउनुभएका तमु बुद्धिजिबीहरु, केन्द्रबाट आउनु भएका पधाकारी ज्युहरु, तमु पत्रकार साथिहरुमा आफ्नो निमन्त्रणलाई स्विकार्नु भई भेलामा आईदिनु भएकोमा धन्यावाद दिंदै आयोजक समिति तमु ताँ ट्हों धीं क्होईबो शाखा वालिङ्का सम्पुर्ण कार्यसमितिहरुलाई सो दुई दिने भेलामा टाढ टाढ बाट आउनु भएका पाहुनाहरुलाई खानापीना र होटेलको बन्दोवस्थ मिलाईदिनु भएकोमा धन्यावाद दिंदै, आउंदो दिनहरुमा समय समयमा यसरी खेगिभेलाको आयोजना गर्दै गएमा खेगिहरुको हउसला बढने र तमुहरुको हराउंदै गईरहेको प्ये छया संस्कृति संस्कार परम्परा को सम्रक्षण र सन्बर्दन गर्दै यस्को प्रचार प्रसार उत्थान र बिकासको लागि ठुलो टेवा पुग्ने कुरा बताउंदै, तमुहरुको प्ये र छया अन्तर्गत आउने कतीपाए कुराहरुमा खेगिहरुले मात्रै नभएरा चोगिहरु, समाजमा रहेका गन्ने मान्नेहरुले पनि बुझ्नु पर्ने बताउंदै तमुहरुको प्ये र छया अन्तर्गतका कुराहरुलाई परिबर्तन होईना परिमार्जन गर्दै लैजानु पर्ने बताउंदै भेलामा उपस्थित सम्पुर्ण तमु बन्धुहरुलाई तमु प्ये ल्हु संघ ईकाई शाखा यु के का कोषाध्यक्ष तथा यस भेलाका प्रायोजक नेत्र टु तमुले धन्नेवाद दिनुभएको थियो । अन्तमा तमु ताँ ट्हों धीं क्होईबो वालिङ्का सम्रक्षेक तथा महानिर्देशक लेफ्टेनेन्ट यामबहादुर तमु तथा सभाका सभापती आध्यक्ष याम तमुले भेलामा उपस्थित टाढ टाढबाट पाल्‍नुभएका सम्पुर्ण तमु बन्धुहरुलाई धन्नेवाद दिनुभई सभालाई बिसर्जन गरेका थिए । 
                   
खडक प्‍हच्‍यु तमु
बरिष्‍ठ तमु पत्रकार
तमु प्‍ये ल्‍हु संघ केन्‍द्र शक्‍तिघाट पोखरा
नेत्र टु क्‍ल्‍हेप्री तमु
कोषाध्‍यक्ष
तमु प्‍ये ल्‍हु संघ ईकाइ शाखा युके

फोटोहरू हेर्नको लागि तलको लिङ्‌कमा क्‍लिक गर्नु होला
http://www.tamu-pyelhu.org/albums/thumbnails.php?album=46

http://www.youtube.com/watch?v=lmsgmp2ByqM&feature=channel_page

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

बेलायतमा तमु क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति) चाड
25/12/2008 | Administrator

जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृति [ ... ]


Sounds for Divine Ancesters
25/12/2008 | Administrator

Rituals, Music & Life in Tamu ShamanismThe first ever recording dedicated to Tamu/Gurung shaman ritual music.Keith Howard and Yarjung Krõmchhañ Tamu (Gurung) with Simon Mills------------------------ [ ... ]


क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल
25/12/2008 | Administrator

ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्‍वपूर् [ ... ]


Kwhohidulu Mara
23/12/2008 | Administrator

[Shrawan Sankranti] Celebration by UK Branch According to the Heritage culture of the tamu, Paus 15 (Lhosar), Maghe Sankranti(Head of the Summer/Rainy Session), Phalgun Purnima, Three Tuesday in Chait [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles