You are here > Home प्‍येताँ ल्‍हुताँ कर्म काण्‍ड काटमार के हिंसा हो?
Tue 07 Sep 2010
काटमार के हिंसा हो? PDF Print E-mail
Written by Netra tamu   
Sunday, 05 April 2009 21:25

           bakhra 

काटमार के हिंसा हो?
               काटमार के हिंसा हो? तर म भन्छु होइन सायद मेरो यो उत्तरले पाठक वर्गहरु अचम्मित हुनु भयो होला। हुन पनि स्वाभाविक छ कि हिंसा भन्ने शब्द सुन्नासाथ हामी सबैको मन ध्यान सिर्फ काटमारतिर मात्रै किन्द्रित गर्छौं। त्यसले गर्दा हामी सबैको मनमस्तिकमा यो यस्तो छाप बसिसकेको छ कि काटमार गर्नु हिंसा हो तर विडम्वना लोभ गर्नु, एकले अर्कोलाई हेलाहोंचो गर्नु, ढाँटछल, षड्यन्त्र गर्नु साथै आफ्नो जातीय मौलिक धर्म संस्कारलाई बहिष्कार गर्ने जस्तो हिंसक व्यवहारहरुलाई हिंस हो भन्ने सम्झिनन। स्मरण रहोस् आफ्नो जातीय मूल धर्म सन्स्कार र खेगीहरु (पुरोहितहरु) लाई बहिष्कार गर्नु महा हिंसा हो। 

तमु जगतमा तमुहरुको धर्म सन्स्कार र तमुहरुको संघ संस्थाहरुमा विचलन हुनुको कारणहरुमध्ये एउटा मुख्य मूल मन्त्रको रुपमा यो काटमार गर्नु हिंस हो भन्ने खन्डनलाई भन्न सकिन्छ। तमुजगतमा एकापसमा यही मूल धर्मसंस्कारलाई छोडी अरु वैकल्पिक धर्म संस्कारपट्टी लागिपरेको देख्छौं। जसले गर्दा तमु जगतमा तमुहरुको धर्म विभाजन र तमु संघ-संस्थाहरुको विभाजन भएको देख्छौं। जसको प्रतिकुल असरहरु तमुहरुको प्ये ताँ ल्हु ताँ र तमु छ्यामा एकरुपता ल्याउनुमा र प्रगति गर्नुमा कठिन एवं अवरोधहरुको सामना तमुहरुको धार्मिक संघसंस्था तमु प्ये ल्हु संघले गर्नु पारिरहेको देख्छौं। अर्को समस्या तमुहरुको धर्म मान्नेमा विभाजन भएको कारण तमु एकता हुन नसकेको देख्छौं। स्मरण रहोस् आफ्नो मौलिक धर्म संस्कारलाई त्यागी अरु धर्म संस्कार अँगाल्नु आफ्नो जातीय पहिचान चाडनु हो। यहाँनेर शाक्यमुनि सिद्धार्थ गौतम बुद्ध भगवानको हजारौं उपदेशहरुमध्ये यो उपदेशलाई समावेश गर्न चहान्छु। धर्म मान्नु भनेको आफ्नो अस्तित्वको परिचय दिनु हो। कुनै मनिसले आफ्नो धर्म छोड्दछ भने उसको अस्तित्व पनि हराउँछ। यदि कुनै व्यक्तिले आफ्नो धर्म छोडेर अर्को धर्म अँगाल्छ भने उसले आफ्नो धर्मका बारेमा केही पाउने आशामा,लोभमा धर्म परिवर्तन गर्न हुँदैन। आफ्नो भाषा,धर्म र संस्कृति जोगाउन सकिन्न भने त्यस्ता समुदायको ईज्जत वा अस्तित्व रहन्न। त्यस्तै कुनै धर्मको अस्तित्व पनि। त्यस्तै तमु प्ये (शास्त्र) को मार्गदर्शनमा भनिएको छ "प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ ङ्यो म्ही म्हमु" अर्थात शास्त्र हराए संस्कार हराउन्छ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छे नै हराउँछ" अर्थात हाम्रो आफ्नो तमु चिनारी हराउँछ। यी उपदेश र मार्गदर्शनलाई ह्रीदयंगम गरी आफ्नो मौलिक धर्म संस्कार, संस्कृति र भाषा भेषभुषाको संरक्षण एवं सम्बर्द्धन गर्न सक्षम हुन सक्नुको लागि र आफ्नोपनमा तपाईं आफै रमाउन सक्नुको लागि तमु छ्या मै रहनु उचित कि अरु जातिको छ्यालाई अँगाल्नु उचित ? सबै तमुहरुले आ-आफ्नै विशलेषण, तर्क, अभ्यास अनि अनुभव गरी आफ्नो निर्णय आफै गर्नुपर्ने अबको चुनौती हो। 
            

मानवहरुको जीवनशैलीसँग र जातिगत धर्म संस्कारहरुसँग यो काटमारको सम्बन्ध मानवहरुको सृस्‍टिकालदेखि नै गांसिदै आएको देख्छौ। मानवहरुको जीवन प्राण धन्न, शारीरिक बिकास गर्न र बौद्धिक बिकास गर्न र माछा-मासु अन्नपानी आदिको आवश्यक हुन्छ। ती आवश्यकहरु उपभोग गर्न काटमारबिना कुनै सम्भव नहुनाले मलाई लाग्छ मानवहरुको आवश्यक पूर्ति गर्नका लागि र जातिगत धर्म संस्कारहरुको आ-आफ्नो नीति मार्गदर्शनअनुसार पशुन्छीहरुको वली पूजाहरुमा काटमार गर्न हिंसा नहुने देख्छौं। यदि हिंसा हुने भए परपुर्वकालदेखिको अभ्यासबाट थाहा लागिसकी सारा संसारभरी यो काटमारमा बन्देज लगाइनुपर्ने हो तर यो काटमार यथावत चलिरहेको बढिरहेको देख्दा आवश्यकता अनुसारको काटमारगर्दा हिंसा नहुने देख्छौं। काटमार गर्दा हिंसा हुने नहुने काटमारपछिको परिणम् पनि हिंसा हुने नहुने दुई कुरामा निर्भर हुने देखिन्छ। त्यो हो आवश्यक र अनावश्यक काटमार। मलाई लाग्छ हिंसा भन्नुको अर्थ काटमारपछि देखिने परिणामहरु जस्तै-यस धर्तीमा कुनै जीव प्राणी बेहालतमा सडिने, दुर्गन्ध फैलिई बातावरण नै दूषित पार्ने जस्ता परिणामहरुलाई हिंसा भनिएको त होइन ? अनि काटमारपछि त्यस प्रकारको हिंसालु परिणामहरु यस धर्तीमा नहोस्, देख्न्न नपरोस भनी काटमारपछि को शबद हिंसा हो भनी थपिएको त होइन? आवश्यकअनुसारको काटमार गर्दा, मानवहरुले आफ्नो आवश्यकता पुर्ति गर्न काटमार गरिएको जीव वस्तुहरु कि त पुरै उपभोग गरिनाली कि त राम्रो व्यवस्थापूर्वक भन्डारण गर्नाले हिंसा हुने परिणाम् देखा पर्ने कुरै हुँदैन। 
                 

अनावश्यक काटमार आवश्यक नहुनुको कारण कुनै जीव प्राणीहरुलाई हत्या गरेसरह हुने हुनाले माथि उल्लेख गरेअनुसारको हिंसालु परिणामहरु यस धर्तीमा देखा पर्न सक्छन। जब मानवहरुको मनमस्तिष्कमा रिस, लोभ, ईर्ष्या, बद्ला लिने जस्तो हिंसालु भावना जाग्छ, तब अनावश्यक काटमार मात्रै होइन, यस धर्तीको सर्वश्रेष्ठ प्राणी मनिसले मनिसलाई नै हत्या गर्न सक्छ। त्यस्तो वेबहारले गरिएको काटमार जुन मानवजीवनमा कसैलाई आवश्यक छैन त्यसलाई हिंसा हो भन्न सकिन्छ। बुद्धको उपदेशमा पनि भनिएको छ- हिंसा होइन अहंकार त्यग्नू। सर्व साधारण काटमार जुन मानवहरुको प्राण धान्न, शारीरिक बिकास एवं बौद्धिक बिकास गर्न र जातिगत आ-आफ्नो धर्म संस्कारको नीतिअनुसार आवश्यक काटमार गर्नु हिंसा हो भन्न मिल्दैन। यदि हिंसा भन्ने हो भने खानलाई काटमार गरिएको माछा मासुलाई पनि हिंसा हो भन्नुपर्छ, तिनिहरु खान भएन। बिक्री वितरण गर्ने सबै माछा मासुको पसलहरु बन्देज गर्नुपर्छ। जातिगत धर्म अनुसारको बलि पूजा पनि बन्देज गर्न सक्नुपर्छ। जसरी मुखले भाषण गर्छ त्यसरी नै आफ्नो व्यवहारमा पनि गरेर देखाउन सक्नुपर्छ। स्मरण रहोस् मानवहरुको र जातिगत धर्म संस्कारको आवश्यकअनुसारको काटमार गर्नु हिंसा होइन। हिंसा हो अनावश्यक काटमार गर्नु,लोभ गर्नु,षडयन्त्र गर्नु,अनि सर्वश्रेस्ठ प्राणी मानवले मानवप्रति अमानवीय व्यवहार गर्नु। तमुहरुको मूल धर्म प्रकृतिलाई र पित्र पुज्ने वोन धर्म हो। त्यसैले प्राकृतिक शक्तिहरु संकलन गर्न, तमु खेगीहरुको पहिरनमा पशुपन्छी, जिव जन्तुहरुको छला, प्वाँख, दारा, चराको प्रतिमा, सर्प र दुम्सीको काँडा आदि देखिनु हो। यस धर्तीमा पशुपन्छी जीवजन्तुहरु र रुख विरुवा पानी आदि मानवहरुकै उपभोगका लागि हाम्रा सृस्‍टिकर्ताहरुले सृस्टि गरिदिएका हुन, भनी तमुहरुको पवित्र धर्म ग्रन्थ "क्येर्लो" मा लेखिएको छ। त्यसैले गर्दा तमुहरुले धर्म संस्कारहरुमा र पूजाहरुमा पशुपन्छीहरुको प्रचलन हुनु, खे-मा छ्योईसो गर्दा माछामासुको आवश्यक हुनु जसको उपलब्धि काटमारबिना कुनै सम्भव नै छैन। अनि यसमा मेरो तर्क के छ भने मानव जीवित छँदा जुन चीजहरु उपभोग गर्छ, मरेर गएपछि पनि मृतआत्मालाई त्यही चीजहरुको चाहना र आवश्यकता हुने सँकेत बुझिन्छ।
                    

तमुहरुले खे-मा छ्योइसी गर्दा मासु चढाउनु सिकारी युगमा छंदाको सभ्यता हो भने माछा पनि चढाउनु कोकोन्हुर (कुकुली म्हर्सौं) तालको आसपास बसाई सरेपछिको प्रचलन हुनसक्छ। कोकोन्हुर तालको पूर्वी भेग स्थित "ट्होमरी थ्हो" नामक न्हेजा लेखकको आफ्नै खे-माहरु बसाई सराईको क्रममा बसोबास गरेको थलो (न्हेजा) हरु मध्ये एक मुख्य गनिन्छ। हुनसक्छ त्यसबेला तालमा मिसिन आएका खोलाहरुमा र तालमा प्रशस्त माछा पाइनुको कारण त्यस थलोमा खे-माहरुको बसोबास गरिएका। अर्को प्रसँगमा जसरी तमुहरुले खे-मा छ्योईसी (पूजा) गर्दा माछा मासु चढाइन्छ। त्यस्तै छिमेकी देशको चिना जातिहरु बुद्धिस्ट भनी चिनिन्छन तर आफ्नो मूल धर्म वोन संस्कार र संस्कृतिलाई बहिस्कार गरेका छैनन, आफ्नै पित्रिहरुलाई पुज्छन अनि चिना मन्दिरमा गएर हेर्‍यो भने यी जातिहरुको आफ्नै पुर्खाहरुको मूर्तिहरुले सजिएको पाउन्छौं। तर बुद्धको मूर्ति पाउंदैन। यी जातिहरु आफ्नो पूर्खा पित्री पूज्ने तिथि समयमा पूरा सिङ्गो रोस्ट गरेको सुङ्गुर चढाउन्छन् । यहाँनिर विचार गर्नुपर्ने कुरा के छ भने मासु एकै हो तर काटिएको चोक्टाले नभएर सिङ्गो रोस्ट गरिएको सुङ्गुर चढाउनु यी जातिहरुको आफ्नो मौलिक धर्म संस्कारको नीजि परम्परा हो। यी जातिहरु बुद्धिस्ट हो तर आफ्नो कुल धर्म संस्कार र संस्कृतिलाई वहिष्कार गरेका छैनन। मलाई लाग्छ बहिष्कार गर्नु हिंसा हो, आफ्नो अस्तित्व र चिनारीकोजरै उखेल्नु हो। यी जातिहरु काटमार सबै गर्छन्। खाने चीजहरुमा समुन्द्रको कीरा खपेटाहरुदेखि लिएर जमिनको सर्पसमेत बाँकी राख्दैनन। अहिले चिनलाई हेर्‍यौ भने विस्वको शक्तिशाली देशमा पर्छ। छिमेकी देश तिब्बतलाई पनि आफ्नो हातमा पारिसकेको छ। तिब्बत चीनको हातमा जानु आफ्नो कुल धर्म वोनलाई बहिस्कार गरेको परिणाम त होइन? स्मरण रहोस् धर्म बदल्नु भनेको आफ्नो औचित्या नरहनु हो। आफ्नो प्रभुत्व जमाउनलाई अरुको धर्म संस्कारमाथि खण्डन, दमन षड्यन्त्र गर्नु अनि कसैको नैसर्गिक हकलाई खोस्नु हराउनु बुद्ध धर्मको विरोधी देखिन्छ। भगवान बुद्ध भन्नुहुन्छ- जब तिमी कसैलाई दु:ख दिने विचारले अभिप्रेरित हुन थाल्यौ तब तिमीले दु:खको बीउ आफ्नो नाममा रोप्न पनि प्रारम्भ गर्‍यो। तिमीबाट अरुलाई दु:ख अवश्यै मिल्छ। तिमीले आज जुन दु:ख पैसाकेका छौ वा भोग्दै छौ, त्यो त हिजो अस्ति नै तिमीले रोपेको दु:खकै बिउको फल हो। त्यसैले तिमी भोलिका लागि दु:ख छर्ने काम नगर। पछि कोही दोषयुक्त मनले बोल्दछ, कर्म गर्दछ भने दु:ख उसको पछिपछि लागिरहन्छ र दु:ख उसको अभिन्न अङ्ग बनी हाल्छ। तिब्बतमा अहिंसावादी धर्म शासन स्रङचङ्गम्पोको पालादेखि सुरुवात भई चौधौँ दलै लामाको पालामा पतन भएको देखिन्छ। त्यस बेलासम्मको राज्य शासन के कस्तो थियो र अहिलेको तिब्बत कसरी फेरिएको छ- LHASA the Open City: A Journey to Tibet 1975-Han Suyin को किताब पढी बुझ्नसक्नु हुनेछ। 
                

बुद्धको उपदेशअनुसार तमुहरुको पय(अर्घुँ)मृत आत्माको अन्तिम संस्कारलाई हेर्दा पो लेखकलाई एउटा खुसीको लहर लहरिएको छ। तर विडम्बना तमुहरुले अहिलेसम्म बुद्धको यो अति महत्वपूर्ण उपदेशलाई किन बुझेन ? कि बुझेर पनि अबुझ भई आफ्नै धर्म संस्कारमाथि हत्या हिंसा भएको रमिता हेर्नमा रमाइरहेको त छैन? कि "सबै जोगी मरिजा मेरै झोली भरिजा" जस्तो हिंसका भावना बोकी हिँडिरहेको त छैन? भनिएको छ- दुई साथी बनको बाटो हिन्ड्दा एक साथीलाई बाघले झम्टेर मार्न लाग्दा साथीको उद्धरको लागि त्यो बाघलाई मार्दा हिंसा हुँदैन । स्मरण रहोस् कसैको उद्धारको लागि काटमार गर्दा हिंसा नहुने, सोही अनुरुप तमुहरुको प्ये ताँ ल्हु ताँ मुताबिकको पय (अर्घुँ) संस्कारमा काट्मार गर्नु मृतात्माको उद्धारका लागि हो भने, आवश्यक प्ये ताँ ल्हु ताँ र खेगीहरुको हो। पय (अर्घुँ) संस्कार जस्तो ठुलो यज्ञ सफल गर्न प्ये ताँ (तमु शास्त्र) को नीतिअनुसार पशुपन्छीहरुको साहरा लिनु (विशेष- क्हो-क्यु, थु-क्यु के-क्याँ, बाख्रा र सिम्रोभाले) खेगीहरुको आवश्यक हो। सबै तमुहरुले बुझ्नुपर्ने कुरा पनि पछी छ। यसमा हिंसा भन्ने मुल मन्तरको भ्रम्मा पर्ने बढी खर्च हुने, र समय अनुसार चल्नु सुहाएन भनी कम खर्चमा उम्काउने लोभजस्तो हिंसाको पछि लाग्ने अधुरो बिधि अँगाल्नु असफलतालाई निम्त्याउनु हो भने आफ्नो मौलिक धर्म संस्कार संस्कृति र खेगीहरुलाई वहिस्कार गर्नु महाहिँसा हुनुको साथै आँफै हराउनलाई प्रोत्साहन गर्नु हो भन्नुमा कुनै अत्युक्ति नहोला। स्मरण रहोस् तमुजगतमा लामाहरुले गरिने तिब्बेती संस्कार चेम्फर ट्हुँडालाई तमुको पय (अर्घुँ)भन्नु मिल्दैन भ्रममा पार्नु भएन। तमुहरु तमुत्व हुनसक्नुपर्छ। तमुत्व हुनसक्नलाई भाषा बोलेर मात्र हुँदैन, तमु भाषा, भेषभुषा अरु जातिहरुले पनि बोल्न सक्छ पहिरेर हिंड्न पनि सक्छ। धर्म संस्कार र संस्कृति भन्ने कुरा जातिगत सबैको आ-आफ्नै पहिचान हुन्छ। जुन जाति अरुको शरणमा पुग्छ ती जातिले आफ्नो चिनारी सबै हराईसकेको बुझिन्छ। तमुहरु तमुत्व हुन सक्नुको लागि र आफ्नैपनमा गौरव हुन र रमाउन सक्नुको लागी जसरी नङको सम्बन्ध मासुसँग हुन्छ त्यस्तै सबै तमुहरुको सम्बन्ध आफ्नै मौलिक धर्म संस्कार, संस्कृति, भाषा, भेषभुषा र आफ्नै तमु खेगीहरु पच्यु क्ल्हेप्री हरु सँग हुन अति आवश्यक हुन्छ। साथै तमु संघ संस्थाहरुले उद्धेश्य देखाएर मात्र हुँदैन, उद्धेश्य देखाएअनुसार व्यवहारमा पनि ल्याउन सक्नुपर्छ झुटा अभियानको कुनै अस्तित्व रहन्न र पतन हुन सक्छ।  
                

हाम्रो देश नेपाल बाहुजत, बहुधर्मको देश हो। यहाँ वोन धर्म, बुद्ध धर्म,हिन्दू धर्म, मुस्लिम धर्म, ईसाई धर्म र जैन धर्महरु छन। कुनै एक्लो धर्म छैनन। सबै धर्महरुको आ-आफ्नो नीति नियामहरु छन। उदाहरणको लागि वोन धर्मको नीति मार्गदर्शनलाई प्रस्ट्याउनुपर्छ कुनै यज्ञ पूजा सफल गर्न पशुपन्छीहरुको साहराबाट खो-पीँव (भोज दिने) प्राथमिक देखिन्छ। जसलाई हिंसा हो भन्ने अरुको खण्डन हो भ्रम्मा परी आफ्नो धर्मको नीति तोड्नु वा अरु विकल्प  खोज्नु आफ्नै धर्मको अस्तित्व गुमाउनु हो। तमु खेगी पच्यु पैँडी चीवा यारजङ्ग क्रोम्छे तमु ज्युको भनाइ छ तमु प्ये ताँ (तमु शास्त्र) अनुसार तमुहरुले खे-मा छ्योईसी (पुजा गर्दा माछा मासुले चढाउँछ। यसमा मेरो तर्क विचार अनुसार मलाई जहाँसम्म लाग्छ हाम्रा तमु पुर्खाहरुले प्ये ताँ ल्हु ताँ मा राखेका नीति नियमहरु देखेर, बुझेर र अनुभुति गरेर राखेका छन। जसलाई मन र बचनले पालन गर्नु तपाईं हाम्रो कर्तव्य हो। भ्रमको कारण खे-मा छ्योईसीको लागि माछा मासुको बिकल्प खोज्नु वा बहिस्कार कदापी गर्नु भएन। अर्को कुरा तमुहरुको पवित्र धर्म ग्रन्थ क्यार्लोमा लिखिएको आधारमा म के भन्न चाहन्छु भने तमुहरुले माछा मासु उपभोग गर्नु सृस्‍टिको देन हो। भगवान बुद्धले भन्नुभएको छ- संसार यति अन्धो छ कि धर्म पालन गर्ने काम त परै जाओस धर्मको बारेमा परीक्षण नै राम्रोसँग गर्न जानेको छैन। कसैको भनाईमा भरोसा गरी अन्धोभक्त नहुनु। आफ्नो बुद्धि विवेकद्धारा चिन्तन मनन गर, तर्क विश्लेषण, अभ्यास गर अनि अनुभव पनि गर। त्यसपछि यदि तिमीलाई विश्वास लाग्यो भने आफ्नो निर्णय आफै गर। सही बाटो बुझेर हिंड्नसक्ने खूबी तिमी आफैमा हुनुपर्दछ।   
            

देशमा हिंसा अशान्ति दु:ख-कष्टहरु सिरफ धर्मको कारणबाट मात्रै नभई, देशको राजनीति अस्थिरता र अर्थतन्त्रको कमी कमजोरीको कारणबाट पनि हुन सक्छ र बिकासमा निर्दोष जनताहरुको ज्यानसमेत गुमाउन सक्छ।  आफू जुन धर्ममा आस्था गर्छ त्यस धर्मको नीतिहरु चाहे बोन धर्म होस् या बुद्ध धर्म, चाहे हिन्दू धर्म होस् या मुस्लिम धर्म र चाहे ईसाई धर्म होस् या जैन धर्म मन र वचनले पालन गरी अरु कसैको धर्मलाई खण्डन प्रतिकार नगरी सबै धर्मका अनुयायी धर्मावलम्बीहरुसँग मानवता,प्रेम,सदभाव र शान्तिपूर्ण सह-अस्तित्वको सम्बन्ध राखेमा सबैले आ-आफ्नो धर्ममा पुण्य एवं मोक्ष प्राप्त गर्न सक्नेछ, साथै एक आपसमा शान्ति सुखमय जीवन यापन गर्न सक्नेछ। यदि एउटा धर्मावलम्बीले अर्को धर्मबारे प्रतिकार गर्छ र खण्डन गर्छ तब शान्ति होइन अशान्ति दु:ख कस्टको बीउ रोप्ने शुरु हुन्छ,जुन दु:ख कस्टको फल अरुलाई होइन आफैलाई हजारौं वर्ष पछ्याउने छ। अस्तू।

सन्दर्भ सूचि:-
१, स्व ठुँ टेकन प्हैमु तमु गुरु-क्येर्लो १९७८-२०४३
२, सिङमान तमाङ(ख्यूङ्वा)-गौतम बुद्धको जीवनमा घटेका घटनाहरु र उहाँका बहुमूल्य मार्गदर्शन २००५-२०६२
३, तमु खेगी पच्यु क्ल्हेप्रीहरुको मौखिक प्ये(शास्त्र)

हितमान केप्‍छेँ तमु
पोखरा १६ हाल बेलायतमा     
      

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

Kwhohidulu Mara
23/12/2008 | Administrator

[Shrawan Sankranti] Celebration by UK Branch According to the Heritage culture of the tamu, Paus 15 (Lhosar), Maghe Sankranti(Head of the Summer/Rainy Session), Phalgun Purnima, Three Tuesday in Chait [ ... ]


तमु (गुरुङ)का थर-उपथरहरु
25/12/2008 | Administrator

तमु (गुरुङ)का थर-उपथरहरु
Tamu (Gurung) Clans/Subclans संकलक: सु‌. चन्द्रमणि क्रोँम्छैँ तमु, तमु  [ ... ]


बेलायतमा तमु क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति) चाड
25/12/2008 | Administrator

जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृति [ ... ]


मे त्हलें दिवस सम्पन्न
24/01/2009 | Geeta Chahkli Tamu

मे त्हलें दिवस सम्पन्न
फागुन १९ पोखरा ।एउटा धर्मावलम्बीहरुको ठाउँमा अर्को  [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles