| अर्घुँ(पय) pai arghum |
|
|
|
| Written by Netra tamu |
| Friday, 06 March 2009 23:05 |
|
पय तमुहरुको मृत्युपछी गर्नै पर्ने महत्वपूर्ण र अनिवार्य जातिय सस्कार हो। पय नगरेसम्मा मृतकको आत्माले स्वोर्गलोक प्राप्त गर्न सक्दैन भन्ने तमुहरुमा विश्वाश रहेको छ। पय भनेको पव: अर्थात मृतकलाई प्रेतात्माबाट मुक्त गरेर पित्रिमात्र(खेमा)सँग लिन गराउने कर्मकान्ड हो। यसलाई ल्हेव:फिवा: पनि भनिएको छ। ल्हे भनेको पित्री र फि भनेको मात्री हो। अर्घु(पय)गरी दिएपछी मृतकको आत्मा त्हाव:चैगिए सिङमा पुगेर पित्रीमात्री(आजी खे आजी मा) सँग लिन भएर बस्छन अर्थात सुखवती भुवनमा पुग्छन भन्ने विश्वास छ। पयका प्रकारहरु उल्लेख गर्नु पर्दा मरेको दिनमै थालनी गर्ने लाई(ह्रो पय)अस्तु राखेर गर्ने गर्ने लाई(ह्री पय)म्रित्यु भएको केही दिन्,महिना र केही बर्षाको अन्तरालमा गर्ने लाई(च्युहु पय)अज्ञात ब्याक्तीलाई आकाश पित,धर्ती माता,चन्द्रमा भनी साक्षी राखी बाटो फुकाइ दिने लाई(क्या पय)भनिन्छ र लामा हरुले गर्ने पयलाई खुइपय र क्हेउपय
यी दुवै तिनदिने पय हुन। शुरुको अवस्था बाहेक यी दुवै प्रकारका पयमा बिधिबिधान (क्ष्या म्या) एउटै हुन। फरक यतिमात्र हो ह्रो पय मृतकलाई सतगत गरी सकेपछी तुरुन्तै त्यसै दिनदेखी शुरु गरी तीन दिनसम्मा गरिने पय हो। यसमा ज्योतिष (पैडी) लाई दिन देखाउन वा हेराउन पर्दैन किनभने मृतकले नै राम्रो नराम्रो साइत आँफैले लिएर आएको हुन्छ भन्ने विश्वास छ। यस्तो अपर्झट पय आर्थिक स्थिती बलियो हुनेले गर्छन्। पयमा धेरै मनिस र सामान जोडजाम गर्नु पर्ने भएकाले धेरै जसो तमुहरुले च्युहु पय गर्ने चनल छ। यसमा कसैले चाडै केही दिन, महिनमा गर्छन् भने कसैले केही बर्ष अथवा धेरै बर्षको अन्तरालमा गर्ने गर्छन्। पय यती दिन,महिन र बर्षमा गर्नु पर्छ भन्ने छैन। साधरणतया आफ्नो अनुकुलता हेरेर बन्दोबस्त मिलाएर गर्ने गरिन्छ,तर मृत्यु भएको दिनदेखी गन्दा जोर दिन, महिना र जोर बर्षमा गर्न हुँदैन भन्ने चलन छ। च्युहु पय गर्नु पर्दा सर्वप्रथम ज्योतिष (पैडी) सँग देखाउने वा हेराउने गरिन्छ। पैडीलाई पय जुर्छ या जुर्दैन भनी हेराउन जाँदा केही रोतीरक्सी भेटी अक्ष्यता,पैसा चामल सगुन भनि लिएर जानु पर्छ। ज्योतिषि (पैडी) ले (अर्घु) पय को नक्षेत्र (सिङ) छुट्याउछ। नक्षेत्र (सिङ) विसेश गरी चार प्रकारका हुन्छन। (क)छैतिछैमा सिङ (ख) तपतपी सिङ (ग) ओमा क्हामो (क्होस:क्होम्ही) सिङ र (घ) क्याल्ती क्याल्मो सिङ। यी नक्षेत्र (सिङ) हरुमध्ये प्रतेक बर्षमा एक सिङ मरेको र तीन सिङ जिवित हुन्छन भन्ने विश्वास छ र प्रत्यक नक्षत्र (सिङ) को आफ्नो गुणदोषका राम्रो नराम्रो फल हुनाले पैडीले पय गरिने म्रितक र पय गराउने सम्बन्धित व्याक्तिहरुको वर्ग (ल्हो) नाम (मि) दिशा (मार्ग) बाट छुत्याउछ। नक्षत्र (सिङ) लिईसकेपछी अर्घु (पय) को तिथीमिती (ङ्हिमा) लगन (त्हिज्या) र समय निस्चित गर्छन्। पअको थालनी गर्नका लागि त्यस बर्षको सगुनी (सोग्य) पुरुष र स्त्री वर्ग (ल्हो) को आधारमा तोकिन्छ। ती सगुनी (सोग्य) पुरुष र स्त्रिले लसी प्हसी गर्नैपर्छ। यिनिहरुलाई घर बोक्ने मनिस (धी नोव म्ही) पनि भनिन्छ। पैडीले हेरकोर (आखत हेराउने) गरी पय गर्ने दिन निस्चित भएमा पय गर्नका लागि पच्यु, क्ल्हेप्री अथवा बोन्पो लम गुरुहरु, मावली (आस्यो) सगुनी स्त्री, सगुनी पुरुष, त्हक्र: आदिलाई सगुन (टहोलु) लगेर निमन्त्रणा गर्दछन। ज्वोई (म्हो) लाई खबर गरिन्छ। आफ्नो छोरीचेली (रि-च्हमी) हरुलाई कोसेली (क्हल्पली) सहित लिएर आउने खबर पुर्याइन्छ। छोरीचेली (रि-च्हामी) ले ल्याएको कोसेलीको पैसा तिर्नुपर्छ। सगुनी (सोग्य) स्त्री (धि नोव:आमा) ले ल्यएको कोसेलीको रोटीरक्सी अलगै राखी अर्घु (पय) सेलाई सकेपछी प्र्हेगे गर्दा प्रयोग गरिन्छ। सगुनी स्त्रिलाई पय घरमा प्रवेश गराउदा पहेलो सातसरो सातगाठोको रुपा र एउटा मजेत्रो ओढाई स्याइ भनी घरभित्र स्वागत गरिन्छ। पच्यु र क्ल्हेप्री गुरुहरुलाई निमन्त्रणा (कोईव:) गर्न जाँदा एक बोतल रक्सी आठ वटा रोटी लिएर प्रमुख गुरु (चिव:)हरुको घरमा जानु पर्छ। यसरी निमन्त्रणा गर्दा लगेको रोटीरक्सीलाई गुरुपुरोहितहरुले आफ्नो कुल्-पित्रिहरुलाई अर्पण (फुलसी) गरी पयमा सामेल हुन जाने पच्यु, क्ल्हेप्रीहरु बिच बाडेर खान्छन। रोटीरक्सी खाएपछी पय गर्ने निश्चित भएका दिनमा पयमा प्रयोग हुने सर्जामहरु लिएर जानुपर्छ। पच्यु क्ल्हेप्री गुरुहरु पय घरमा पुग्नु भन्दा केही वर बसेर आफुहरु आईपुगेको सन्देश आ- आफ्ना बानापत्रहरु पच्युले (त्होदु ट्याकी) क्षगी एव क्ल्हेप्री गुरुहरुले (ङ्ह-छ्योले)र शख बजाएर सुचित गर्छन्। पय घरबाट कर्ताहरुले गुरुपुरोहित हरुलाई रोटीरक्सीको सगुन लगेर अर्पण (टहोलु) गरेर स्वागत गरी वहाँहरुलाई बस्नका लागि बनाएको बासस्थान (डेरा) मा लगेर राखिन्छ। तमुहरुले पय कहिलेदेखी गर्दै आएका थिए ? यसको ईतिहास निर्क्योल हुन सकेको छैन तापनी तमु समाजमा आदिकालदेखी पय गर्ने सस्कार थियो भन्ने कुरा शास्त्र (प्ये) मा उल्लेक भएका स्वर्ग (चोनासा) हयुनासा, ट्होनासा, सनासा, छ्युनासा, सफुती क्य्हाल्सा र कोकली म्हर्स्यो आदि ठाउहरुको उल्लेख भएको पाईएकाले त्यसै समयदेखि थियो भन्ने अनुमान लगाउन सकिन्छ। पय कहाँ, कसले र कसरी सम्पन्न गरेको थियो भन्ने सन्दर्भमा तमु प्ये ल्हु संघका अध्यक्ष ले श्री ईन्द्रबहादुर केप्छे तमुले "तमुहरुको प्येता ल्हुताको विदमा उल्लेख भए अनुसार प्राचिन पयहरु करु क्य्हालाको पय, प्र्हिम्जे क्य्हालाको पय, पलम्पुरु क्य्हालाको पय, ठिनी क्य्हाल्सामा नोचनको पय, र क्होला सोप्रे ट्होमा गरिएको चिमी वैडुवा लेम्कोको पय" आदि उल्लेख गर्न सकिन्छ भनी भन्नु हुन्छ। चिमी वैडु र लेम्कोको बिषयमा केही क्षेत्रानुसार फरक धारणा देखिएका छन तर पनि पय गर्ने विधीविधान एउटै उल्लेख भएको देखिन्छ। यस बिषयमा समानवयात्मक द्रीस्टिकोण राखेर खेगी, चौगी, पैडी म्हिग्रे म्हिज्यु लगायत विद्वानहरुले बिचर गरेर निर्क्यौल गर्नुपर्छ, जसले गर्दा भविष्यको पिडीहरुलाई अन्यौल नहोस। तमुहरुको विधिविधानको पय तीन दिने हुने भएकोले प्रत्यक दिनका कर्मकाण्डहरुलाई पहिलो दिन,दोस्रो दिन,र तेस्रो दिन गरी छोटकारीमा उल्लेख गरेको छ। पहिलो दिन
सगुनी स्त्री र पुरुषले लसि प्हासी गरेजस्तै शुभ साइत पारेर ज्वोई (म्हो) हरुले बासको घारीमा गएर निशाना (अला) का लागि आठ ओख्ला अथवा आठ हातको हरियो बास काटी ल्याउछन। अला गर्ने बास काट्न जाँदा त्यस बासलाई पूजा गर्नुपर्छ। पूजाका लागि अर्पण (टहोलु) गर्ने भनी एक बोतल रक्सी, पच्यु ले मन्त्रण गरेको अक्षता,फुलपाती लगेर चाढाएर बास काट्छन। बास काटी सकेपछी ज्वोइहरुले प्ल: बनाउने काठ, छ्युकुट: बास निगालाको चोया आदि ल्याउछन। यसरी वनबाट खोजेर ल्याएका सामानहरुलाई चोखो ठाउमा राखेर चाहिने बेलामा प्रयोगमा ल्याउछन। अलामा राख्न्ने, क्या के त्हे गर्दा, सिफैलु गर्दा राख्न्ने र धनुषबाणमा प्रयोग गर्ने किला काटी कामिहरुलाई बनाउन लगाएर ल्याउछन। पय थाल्ने कार्यलाई पय चुव: भनिन्छ र यो पच्युले गर्छ। पय थाल्ने कामा साझको समयमा हुन्छ। पय थाल्नु भन्दा अगती परेर कसैको मृत्यु भएको छ भने भुतप्रेत(म्होसी) दोषदोषालो पन्छाउने कर्म गरिन्छ। यो कर्म प्रायजसो च्युहु पयमा गरिन्छ। यस त्हेमा एउटा कुखुराको भाले र पाठो बली दिइन्छ। पच्युहरुले दिनभरी जसो बिभिन्न शास्त्र (प्ये) हरु फलाक्छन। यस त्हेमा प्रयोग गरिने सरसामानहरु धनुष र धनुषबाण, तीनखुट्टे बनाएर राखेको निगाला र बेलाउनेको कठका जग्गे त्यसमा एउटा माटोको हाडी प्वाल पारेर त्यस प्वाललाई टालेर जाँड राखी झुन्ड्याइन्छ। त्यो तीन खुट्टे निगालालाई सेलाउने बेलामा ढाल्छ। त्यसलाई दोबाटोमा लगेर सेलाउछ र बायोको रुपमा पूजा गरी राखेको मृतकहरुको थानमा पच्युहरुले मन्त्र वाचन गर्दै चामल र मास छर्केर घनले वायो बनाएका ढुङ्गालाई फोर्छन। यसमा स्थान अनुसारको फरक देखिन्छ। पय थालने समयमा पच्युहरुले टाडमा बसी मृतकको आत्मा (सिम्ही) पुकार गर्दै प्ये फकाल्छन। यस कार्यलाई सिम्ही (सिमी)झारिव: भनिन्छ। सिम्ही झारी सकेपछी बिहान ज्वोइ (म्हो) हरुले काटेर ल्याएको आठ हातको हरियो बासलाई आगनमा चोखो पारेर लिपेको ठाउँमाथि मान्द्रोलाई घोप्टो पारेर त्यसमाथी गुन्द्री अनि कम्बल ओछ्याएर एउटा पैडीले दिएको समएमा पच्युले त्होन्दु हयार्ग र टोकी (पद्दो) एक,दुई, तीनको तालमा बजाउछ र त्यही पहिलो तालको समयमा कुलको जेठो (त्हक्र:)पुरुषले रामो (छिनो) र मुङ्ग्रोले बासको आख्ला फोर्छ। त्यसरी फोरिएको आख्लामा आठ हातको सेतो कपडाको झन्डा राखिन्छ। त्यस झन्डालाई निशाना (अला) भनिन्छ। अलाको टुप्पामा मुतारा भनी एउटा फलामको धनुषबाण, कपाल भनी छ्युकुटा, फुलमाला, एक पेराङगो रोटी, एक पुङ्ग रक्सी, लगायत छोरीचेली (रि-च्हमी) हरुले बिभिन्न सामानहरु थैलिमा पैसा, बासामा तमाखु,सुर्ती,ल्वोङ्ग सुपारी राखी झुन्ड्याउछन। मृतक पुरुष भए टोपी र स्त्री भए घलेक अथवा मजेत्रो झुन्ड्याउछन। यसले मृतक स्त्री हो कि पुरुष भनी सजिलै छुट्याउन सकिन्छ। निशाना फोर्दा (अलाफो ट्हव)एकैचोटी आगो पारीन्छ त्यो आगो पय घरमा चल्ने भान्सामा बिहान सगुनी पुरुषले ल्याएको दाउराको सिठोमा सल्काउछ र पच्यु क्ल्हेप्री आस्यो रि- च्हामी बस्ने ठाउमा सल्काउने कामा हुन्छ। पय थाल्दा थिजु (त्हेचु)भनी बाख्री बली दिइन्छ। त्यो बाख्रिको मासु पच्यु र क्ल्हेप्री हरुको भाग (नेग) छुट्याई भान्सामा पाहुनाहरुलाई प्र्हे ट्हा भनी खुवाउनमा प्रयोग गरिन्छ। निशाना (अला) उठाउनुभन्दा पहिले छोरीहरुले क्रछ: गर्नु पर्छ र पच्यु क्ल्हेप्री ले मने गर्छन्। मने गर्दा एकोहोरो सखा फुकिन्छ र पानीले मने माला भिजाउदै छर्काइन्छ। यी कर्माहरु सकेपछी अलालाई तीनदिन सम्मा पय घरको मुलधुरिमा बाधी राखिन्छ। अला उठाइ सकेपछी बिधिवत अर्घु (पय) शुरु भएको मानिन्छ। पय शुरु भएको पहिलो दिनमा मृतकका छोराछोरी बुहारी दाज्यु भाई र लोग्ने स्वास्नीहरुले छाक छाड्छन्। पय नसकेसम्मा मृतकको छोराले मुडुलो भएर छोरीले कपाल फुकाई निधारमा दु:ख को प्रतिक स्वरुप कालो टिका लगाई दु:ख प्रकट गर्छन्। पय थालेको प्रथम रातमा पित्री पूजा गरेर मृतकको नाममा पिन्ड (प्हकै) दिइन्छ। पिन्ड उज्यालो नहुँदै,चराचुरुङ्गी नकराउदै, मालसाप्रोले बाटो नकाट्दै निष्पट्ट कालो रातमा दिनुपर्छ भन्ने चलन छ। फैलु पालेको घरमा पच्युहरुले कुलदेवता (सिफैलु) को पूजा गर्छन्। त्यही रातमा क्ल्हेप्रीहरुले मृतकलाई बाटो देखाउने (क्या के त्हे) कर्मकान्ड थेचुमा मारेको बाख्रीको मुटुकलेजो राखेर गर्छन्। दुवै त्हेमा पच्यु र क्ल्हेप्रीहरुले तोर्मा (कैदु) बनाउछन र दुवै त्हेमा काटिएको बाख्रीको छाला, टाउको नछुट्याई निकालिन्छ। उक्त बाख्रीको छाला बिहान पख तान्ने (ख्राल चैव:) भनेर छाला लिएर नाच्छन। यसलाई दोषदोषालो पन्छाउने (थाक्यरव:) भनिन्छ। त्यस नाचमा पच्युहरुले आफ्नो परम्परागत पहिरन स्त्रीहरुले लगाउने घलेक (प्रो)कण्ठिमाला, टाउकोमा जटा (ह्राल्बो) चुच्चे टोपीमा डाफेको प्वोख (ते प्याह) भालेको दाहिने र पोथिको बाँया, दुम्सीको काँडा, घोराल (तौसर) को सिङ्ग, बाघको दाह्रा, कस्तुरीको दाँत झुन्ड्याउछन। जटाको रुपमा कालो उनी धागो प्रयोग गरिन्छ। त्यसमा कौडी (स्होँगरा) झुन्ड्याउछन। पच्युहरुले महिलाको पोशाक लगाएको कारण प्राचीन कालमा म्हि-मिच्योँ खाएको चितुवालाई नामक भाईलाई चितुवा (चै)ले रातमा बास बसेको ठाउँमा आएर खाएको हुनाले दिदी रिँमिच्योले आफ्नो भाई(म्हि मिच्योँ) खाएको चितुवालाई मारी त्यसकै छाला उतारेर गाउँठाउँको भद्रभलादमी (म्हिग्रे-म्हिज्यु) लाई देखाएका हुन भन्ने चैंदा भन्ने प्येमा र रिमेच्योँ म्हिमीच्योँ प्येको अध्याय फलाक्दा वर्णन गरिन्छ। पयको दोश्रो दिन पयको दोश्रो दिन सबेरै पच्युले पय घरको मुलढोकामा जग्गे थापी सिम्रु (सिम्लो चेव:) त्हेँको मुख्या कामा बाह्राकात्रो जोड्ने अर्थात आफ्नो कुलपित्री र मावलीको कुलपित्री मात्रीलाई लिन (च्यहालसी) गरिन्छ। यस त्हेँमा कुखुराको भालेलाई मारी तेस भालेलाई सफा पारेर सेतो कपडाले ढाकी मृतकको प्रतीक बनाउँछ। त्यसमा छोराछोरी, दाज्युभाई,ईष्टमित्र र मावली (आस्योँ) ले अर्पण (ट्होँलु) भनि खाध्यवस्तु र रक्सी अर्पण गरिन्छ। यो कर्म पछि लब्रु थेव: अर्थात जाने (लब्रु हयावा) भनेर मृतात्मालाई बाटो देखाउने प्ये पढेर लब्रु जाने भनेर घर भित्रबाट आँगनमा निस्कन्छन र घरभित्र पस्छन। लब्रुलाई पच्यु र क्ल्हेप्रीहरुले तिर्थस्थलको रुपमा मान्दछन। पयको दोस्रो दिनमा क्ल्हेप्रीहरुले टाँड (काठ्को मन्च) मा स्याकु राखी त्यस माथि कम्बल ओछ्याएर त्यहाँ बसी उत्तरतिर फर्केर सीर्लु त्हेँ गर्छ। यसको अर्थ मृतात्मालाई उसले जिवित हुँदा जानिनजानी गरेका पाप कट्नी गरी शुद्ध बनाउने कर्मकाण्ड हो। त्यही दिनमा ज्वोईँ (म्हो) हरुले कुकुर डाईने, भलयाको काठ, सिरुको पात र छ्युकुट: बाट मृतकको ढिकुर (प्ल:) बनाउँछन्। प्ल लाई चेलीबेटी (रिँ-च्हमी)हरुले कपडा, गरगहना लगाई दिएर फुलमाला, लावा र अनेक रङ्गीचङ्गी धजा पताकाले सिँगार पटार गरेर मृतकको मुर्ती जस्तै बनाउछन। क्ल्हेप्रीहरुले सीर्लु त्हेँको वेद पढी सकेपछी आफ्नो पहिरन साथै शिरमा उर्गेनी लगाएर (कुपर) छ्योँले बजाउँदै प्ल: राख्न्ने जग्गेमा म्यार तिव: गरी नाच्छन। पच्युले घर भित्रबाट दोषदोषालो (थाक्यारव:) हटाउने भनेर बाख्रीको छाला मुखले च्यापेर नाच्दै स्वोर्ग (सिम्रा) को ढोका भनि राखेको तारा हान्ने काठमा चाल्नु र बाख्रीको छाला घोप्ट्याउँछ। त्यसबेलामा यदी त्यो बाख्राको टाउको भुईमा फाल्द खेरी बाख्राको टाउको घर तिर फर्कियो भने नराम्रो सन्केत दिएको भन्ने बुझिन्छ। त्यसपछी पच्युहरुले बिभिन्ना ताल हरु बजाएर प्ल लाई घुम्छ। त्यस पछि त्हक्र: अथवा जेठा छोराले सिम्रा फोर्छन(जसलाई तारा हान्ने भनेर भनिन्छ)र जेठा छोराले फोर्न सकेन भने अरु छोरा हरु र त्यस पछि बल्ला अन्या दाज्यु भाई खलक को पालो आउँछ। सिम्रा फोर्नु भन्दा अगाडी छोराले पिण्ड (फोल वाब:) फाल्छ। धनुषबांण (म्ये त्हलेँ ल्हिव:)हान्छ। यती गरी सकेपछी शवयात्राको जस्तै क्रमबद्ध भएर ढ्याँग्रो बजाउँदै अस्तु (ह्री) लिन पुर्व दिशातिर पारेर कुनै खुल्ला ठाउँमा जान्छन। पलम्पुरु क्ह्याला चाँ (साँघु) बाट नदिमा खसी मृत्यु भएको भन्ने प्येमा उल्लेख छ। उनको अस्तु (ह्री) खोज्ने काम ज्वोइँबाट भएर उनले प्राप्त गरेका थिए भन्ने भएको हुनाले पयमा अस्तु (ह्री) क्ल्हेप्रीहरुले बिभिन्न ताल हरु बजाएर नाचेरा बिधीपुर्व ज्वोइँबाट लिन्छन। अस्तु (ह्री) मा रगत पर्नु पर्ने भनेर एउटा कुखुराको भाले लगेर काट्छन। त्यस भालेको रगत बाँसको ढुङ्ग्रोमा हाली त्यसमा झाँक्रेको पात (रुरु प्हो) राखेर अस्तु बनाएर ल्याउँछन्। अस्तु (ह्री तेव:) लिने कर्म बिशेष प्रकारको हुने भएकाले त्यसै दिन धेरै मनिशहरु जम्मा भएर हेर्छन। त्यस दिनलाई पय हेर्ने दिन पनि भनिन्छ। ज्वोईँ (म्हो) हरुबाट क्ल्हेप्रीले ह्री लिएपछि आत्मालाई मुक्त्त (चै फेलवा:) गर्छ। अस्तु लिएर आएपछि ढिकुरो (प्ल:) मा राखिन्छ। अस्तु राखी सकेपछि मावलिले आस्योँकोइँ प्रदान गर्छन्। यसलाई स्योदरा लव भनिन्छ। यी कर्महरु क्ल्हेप्रीहरुद्वारा गरिन्छ। आस्योँले कपडा दिएपछि छोरीले क्रछ: गर्छे। अस्तु लिने ठाउँदेखि पच्युहरुले हयार्गा कुपरा बजाएर सेर्गा थालनी गर्छ। गाउँठाउँको मान्यजनहरुले छ्याँडु नाच गर्छन्। अस्तु ल्याएको रातमा पच्युहरुले मृतकको सातो बोलाउने कर्म गर्छन। यसलाई मोँ तोँवा भनिन्छ। सातो बोलाउने (मोँ तोँवा) गर्दा विशेष प्रकारका वनस्पतिको सानो ढोका (द्वार) बनाउछ। त्यस ठाउँमा विभिन्न खाद्वेवस्तुहरु अर्पण गर्छन्। क्याँ ट्होवा भनि ज्वोइँहरुले मृतकको नाममा बाटमा पनि खाद्धेवस्तुहरु चढाउछन। ट्होलु गरी सकेपछि त्यो सानो ढोका (द्वार) मा एउटा कुखुराको पोथी झुन्ड्याइन्छ। पच्युहरुले वेद (प्ये) फलाक्दै गर्दा कुखुरा उड्छ। त्यो कुखुरा उडेपछी सातो आएको मानी मृतकका परिवारहरु रुने कराउने गर्दछन। पच्युले एउटा अण्डा फुट्ने गरी फाल्छ, काँचो धागो चाइनाउँछ, केराको सपेलालाई काट्छ। कुखुराको पोथिलाई खोरमा राखिन्छ। र यो पोथिलाई मारिदैन। पच्युहरुले बोलाएको सातो (प्ल्ह) लाई मृतकको हस मानेर प्ल: ख्वोँर च्युव: भनि मुर्ति (प्ल:) को गर्भमा हाल्दछ। हसलाई हाल्दा एउटा कुखुराको चल्लाको जिउमा समावेश गरेर त्यस कुखुराको चल्लालाई मुर्ति (प्ल:) मा राखिन्छ। यसरी मुर्ति (प्ल:) मा अस्तु (ह्री) राखेर हाड मासुको शरीरको कल्पना गरिन्छ। र जीवन्त बनाइन्छ। यसरी मृतकको प्रतिक प्ल लाई खडा गरी जीवन्त बनाई सकेपछि त्यसमा भएको अशुभ दोषदोषालो हटाउनका लागि क्ल्हेप्रीहरुले वेद (प्ये) फकाल्दै नेँ छाख: कर्म गरिन्छ। त्यसपछी प्ल: ट्होव: भनि बिभिन्न खाद्धवस्तुहरु लगायत सुनचाँदी एवँ भेंडा पनि दान गरिन्छ। पयको तेस्रो दिन: पयको तेस्रो दिन सबेरै अर्थात दोस्रो दिनको राती छोरीचेली (रिँ-च्हमी)हरुले पित्रीमातृका नाममा दानका रुपमा केही खाद्धवस्तुहरु वितरण गर्छन्। यसलाई म्हैदु स्यारवा भनिन्छ। तेस्रो दिनभरी पच्युहरुले कुरी प्ल लाई घुम्दै स्यार्गा गाउँछन। स्यार्गा बडो मार्मिक र विभिन्न शिक्षाप्रद कथाहरुमा आधारित हुन्छन। स्यार्गा गाउँदा मृतकका छोराहरुले धनुष र धनुषबाण भिरेर कुरी घुम्नुपर्छ भने छोरी बुहारी हरुले लावा छर्दै कुरी घुम्नुपर्छ। अन्य ईस्टमित्रहरु पनि कुरी घुम्छन। त्यही दिनमा क्ल्हेप्रीहरुले पय त्हुर्व त्हेँ अर्थात त्हुर्छ त्हेँ गरी पय बिसर्जन गर्ने कर्म गर्छन्। पय बिसर्जन कार्यलाई पय लिव: पनि भनिन्छ। यस कर्मकान्डमा मृतकको आत्मालाई भेंडामा राखिन्छ। त्यो आत्मा राख्न्ने भेंडालाई आँङभेंडा (क्हो क्यू) र साथी भेंडा लाई (थु क्यू) भनेर भनिन्छ। आँङभेंडा (क्हो क्यू) पुरुष भए थुमा राखिन्छ भने स्त्री भए भेंडीनै राखिन्छ। ती भेंडाभेँडीमा क्ल्हेप्रीगुरुहरुले विद फलाकेर सुनचाँदीको पानीमा मन्छाई आत्मा राखी सकेपछि तिनिहरुले मनिसले जस्तै अनौठो व्यवहार देखाउँछन। मृतकले जिवित हुँदा जे खान्थे त्यही खान्छन। आफ्नो मन पर्ने व्याक्तिले दिएको खाद्धवस्तुहरु खान्छन। भेंडा घाँस खाने जनावर् हो तर माछामासु मजाले खान्छ र रक्सी पनि मजाले पिउँछ। यो भेंडाको व्यबहार देख्दा कसैलाई पनि अनौठो लाग्छ। यसरी भेंडाभेंडीमा मृतकका हँस प्रवेश गराएर त्यसलाई खुवाउने कर्मलाई क्यू ट्होव: अथवा क्यू छव: भनिन्छ। भेंडा र तमुहरुको सम्बन्ध आदि अनादि कालदेखि भएको देखिन्छ। तमुहरुले मर्दापर्दा, घरजम गर्दा, भोजभतेर गर्दा भेंडाको प्रयोग गर्छन्। भेंडा तमुहरुको लागि धेरै उपयोगी जनावर हो। त्यसको दुध र दुधका परिकार् साथै रौँले उनिको कपडा र मासुले पोषण तत्व र दिसपिसावले अन्नबालिका लागि मलजल प्राओत हुने भएकोले तमुहरुले गोठालो युगदेखि कृषियुगसम्मा भेंडासँग गहिरो सम्बन्ध जोडेका हुन सक्दछन। अझै पनि हिमाली क्षेत्रका जनजातिहरुको मुख्या पेशाको रुपमा भेंडा पालन देखिएको छ। पयको तेस्रो दिनको अन्तिम साँझ पय लिव: बिसर्जन कार्य सम्पन्न हुन्छ। यो कार्य क्यू ट्होव: गरी सकेपछि विभिन्न कर्मकाण्डहरु गरेर गरिन्छ। जस्तै घचेट्ने (ह्री कैव:) अथवा क्हुरव: यो पनि पच्युहरुले गर्छन्। यसको अर्थ पित्रीमात्रीको आत्मासँग मृतकको आत्मालाई लिन (च्य्हालसी) गराउने अथवा सपिण्डी जोड्नु हो भनिएको छ। यसमा मृतात्मालाई आफ्नो वँश र मावलीको पित्रीमात्री (खेमा) सँग लिन गराउन लाँदा तलबाट भन्दै आदि पुर्खामा पुर्याउँछ। यसरी लिन गराउँदा मृतात्मालाई अबदेखि देवतुल्य भएर पित्रिलोकमा बसोस र आफ्नो ईष्टमित्र कुल कुटुम्बलाई सहदेओस भनि आशिक मागिन्छ। त्यसपछि मृतकलाई छुट्याउने पिण्ड (फैँ कैँ) दिएर ढिकुरो ढाल्ने काम हुन्छ। पच्युले पयघर भित्रबाट दोषदोषालो निकाल्ने भनि अन्तिम पटक थाक्यारव: (ख्राल) निकाल्छ। ख्राल फालेपछि पैंडीले दिएको समयमा निशाना (आँला) लाई म्हो हरुले सावधानीपुर्वक घरको धुरिबाट झार्दछ। यसरी निशाना झार्ने म्हो हरुलाई स्याइ स्याइ भन्दै घाँटीमा पहेंलो धागो बाँधी दिन्छ। अलाँ झिकी सकेपछि छोराले चारै दिशा तर्फ पिण्ड फाल्छ। क्ल्हेप्रीले ढिकुरो ढाल्छ। धनुषबाण हान्ने, सिम्रो फोर्ने र शवयात्राको प्रकृया अनुसार नै पय घरबाट पश्चिम दिशातिर लगेर बिसर्जन गर्छन्। बिसर्जन गर्दा सातो सेलाउने (प्ल्ह सव:) वेद क्ल्हेप्रीले फलाक्छ। ज्वोइँ (म्हो) हरुले अस्तु (ह्री) राखेको बाँसका ढुङ्ग्रोहरुलाई डोला बनाएर बिसर्जन गर्छन्। बिसर्जन गरी सकेपछी क्ल्हेप्रीहरुले दोहोरी शँख फुक्छन। सेलाई सकेपछि मावली (आस्योँ) ले आफ्नो भान्जाभान्जी (कोईछाकोइमी) हरुलाई फुकाउँछ। आस्योँले दु:ख बोकेको मृतकको छोराहरुलाई कपाल खौर्याई तेल राखेर टोपी लगाइ दिन्छ र दहीमा भिजाएको सेतो आक्षेताको टीका लगाइ दिई केही सगुन स्वोरुप रोटीरक्सी खुवाउँछ। दु:ख बोकेकी छोरीचेलीहरुलाई आफ्नो दज्युभाई,बाबा माइती खलकले पय भरी फुकाइ राखेको कपालमा तेल राखी कोरीबाटी गरी डोरी धागोले बाँधी दिन्छन र पछ्यौरा ओढाइदीदै दहिमा भिजाएको सेतो अक्षता लगाई दिएर केही सगुन खुवाई फुकाई दिन्छ। पय सेलाएर घर आए पछी पच्युले प्र्हेँगे त्हेँ गर्छ। यसको अर्थ पय गर्ने कर्ताहरुलाई पित्रिले सहदेओस, अशिमाला गरोस भन्ने रहेको छ। पयमा सहयोगी मानिसहरुले पय थाल्दा बालेको आगो निभाउने भनि छ्याँडु नाछ नाच्छन। यिनिहरुलाई दान दक्षिणा गरेर उम्काउँछन। त्यस पछी क्ल्हेप्रीहरुले थासोँ फाल्ने कर्म गर्छन्। थासोँ त्हेँ गरी सकेपछि सुनचँदीको पानीमा मह हालेर त्यस पानीले पय गर्ने कर्ता, आस्योँ लगायत इष्टमित्रले आफ्नो अँगमा छर्की अभिषेक गरेर चोखिन्छन। पय गर्ने पच्यु क्ल्हेप्री,लम,पैँडी भन्सेरी, ज्वोईहरु मावली (आस्योँ) छोरीचेली तथा ईष्टमित्रहरुलाई कर्ताले आफुले सकेको दान दक्षिणा (प्हेँलु) गरी भोजन गराई बिदाई गर्दछन। पच्युगुरु र क्ल्हेप्रीगुरुहरुले पय गर्ने कर्ताहरुलाई दही चामलको सेतो टीका र पहेंलो धागोको रुपा पुरुषलाई नौसरा नौगाँठो, र स्त्रिहरुलाई सातसरा सातगाँठो पारेको रुपा लगाई दिई स्याई स्याई भनि आशिर्वाद, अशिमाला गरिन्छ। आफ्नो ईष्टमित्रहरुले पनि स्याई भनि पुरुषलाई हो भने नौसरा नौगाँठो र महिला स्त्रिहरु भए सातसरा सातगाँठो काँचो धागोलाई बेसार र खरानीमा रँगाई घाँटीमा बाँधी दिने गर्छन् र केही दाम पैसा पनि दिन्छन। आजाभोली यो स्याई स्याई प्रथामा धेरै रुपैँया पैसा, सुनचाँदी, महँगो महँगो फेटा कपडा, मजेत्रो दिएर को भन्दा को कम भन्ने भावना राखी प्रतिस्पर्धा गरेको जस्तो अलि बिक्रिती देखिन्छ। यसलाई व्यवहारिक रुपमा नियन्त्रण गर्न जरुरी देखिन्छ। पयमा सामेल भएका युवायुवतीहरुले त्यस घरलाई देव पित्रिमात्रिले खुशी भएर अशिमाला र सहदेओस भनि नाचगान गर्छन्। तमु समाज मनोरन्जनमा कुनै घटीबढी भएमा घाँटोनी, मारुनी, नचाई भाई भताहा रम्हिग्रे म्हिज्युहरु सँगै बसी जाँडपानी खाएमा सामाजिक सौहार्द्रता ब्रिद्धी हुन्छ भन्ने तमुहरुको परम्परागत विश्वाश छ।
|
Login Box
Archive
Design Variations
Available Styles :
Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size :
![]()
A PSD templete file will be provided if you wish to add a new design style for this website.
प्येताँ ल्हुताँ लेखहरु
| International Healing 25/12/2008 | Administrator Preface & Introduction Published in Carr, G. & P.A. Baker (2002) Practitioners, Practices and Patients: New Approaches to Medical Archaeology and Anthropology. Oxbow Books: OxfordHealing Here, There a [ ... ] |
| क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल 25/12/2008 | Administrator ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्वपूर् [ ... ] |
| तमु जातिको संक्षिप्त ऐतिहासिक झलक 25/12/2008 | Administrator पच्यु, पैँडी चिब यारजङ क्रोँम्छैँ तमु र भोवर पाल्जें तमु(बर्नार्ड पिग्नेड [ ... ] |
| संस्कार 25/12/2008 | Administrator जन्म संस्कारबर्तामान अवस्थामा तमु जातिमा जन्म संस्कारलाई कमै मात्रम [ ... ] |
| Other प्येताँ ल्हुताँ Articles |



पय थाल्ने दिनको बिहानको शुभ साइतमा त्यस बर्षको सगुनी (सोग्य) स्त्री (धी नोव: आमा) ले भकारीबाट बाँया हातले धान झिकी ढिकिमा लगेर उल्टो फर्केर अथवा बाँया खुट्टाले ढिकि उचालेर कुट्छिन र कुटी सकेपछी उभिएर निफन्छिन। सो चामललाई सोही स्त्रिले पकाउन्छिन। यसै गरी त्यस बर्षको सगुनी (सोग्य) पुरुषले साइत पारेर बिहान बनमा गएर पात (ल) दाउरको सिठो (सी) ल्याउन्छ। यस कार्यलाई लसी प्हसी भनेर भनिन्छ। उक्त सगुनी पुरुषले ल्याएको पातलाई सगुनी स्त्रिले टपरी गासेर आफुले पकाएको भातमा मर्चा मोलेर जाँड बनाउनका लागि पोको पारी राखिन्छ। उक्त दिनको सुभ साइतमा राखेको जाँडलाई अर्घु (पय) भरी गरिने विभिन्न यज्ञ (त्हे) देवपित्री कार्यमा चोखो बनाउनका लागि अभिषेक गर्ने कार्यमा प्रयोग गरिन्छ। यसरी तमुहरुको देवपित्री कार्यमा जाँड अनिवार्य छ भन्ने प्रमाण दिइएको छ। देवपित्रिहरुलाई जाँडरक्सी चढाउने सस्कार जापान, कोरिया, मङ्गोलिया, चाईना लगायत नेपालका आदिवासी जनजातिहरुमा पनि प्रचलित छ।
Comments