You are here > Home प्‍येताँ ल्‍हुताँ प्‍येमै त्‍हेंमै पच्यु प्येमै (Holy Scriptures)
Fri 10 Sep 2010
पच्यु प्येमै (Holy Scriptures) PDF Print E-mail
Written by Administrator   
Tuesday, 17 February 2009 21:23

पच्यु र क्ल्हृयेप्रिँका प्ये (शास्त्र)हरु संकलन गरी एकरुपता ल्याउने महत्वपूर्ण जिम्मेवार सम्पूर्ण तमुहरुको समक्ष आज उभिएको छ । तमु प्ये क्ष्या - (तमु धर्मशास्त्र)का अनुसन्धान गरी प्ये क्ष्या तयार गर्नुमा धेरै कुराहरु बाँकी छन् । म सँग भएको शास्त्रहरु र बिभिन्न त्हेँहरुको छोटकारी बर्णन तल दिएको छु । यस्तै गरि अरु हाम्रा पच्युहरुले पनि अफुसंग भएका प्ये -(शास्त्र)का अध्यायहरु र तिनका अर्थहरु लेखेर दिनु भएमा हाम्रा अनुसन्धानकर्ताहरुलाई प्येको 'डाटा' संकलन गरी यथसिध्रा तमुको धर्म ग्रन्थ तयार गर्नेमा ठुलो सहयोग पुग्ने छ । प्राप्त सामाग्रीहरु ब्यक्तिको नाम सहित यहाँ थप्दै राख्नेछु ।


पच्यु पैंडि चिब यारजङ क्रौँम्छैँ तमु
संस्थापक सदस्य - तमु प्ये ल्हु संघ
हाल बेलायत (प्रमुख सल्लाहकार तमु प्ये ल्हु संघ - बेलायत शाखा)

पच्यु प्येमै

१) त्हेरेताँना प्ये - शुभदिन, शुभ सुरुवत दिन वारे शास्त्र
२) र्‍हलेँ प्ये - कमरमा लगाउने धार्मिक पेटी बारे शास्त्र
३) ह्रालबो प्ये - टाउकोमा लगाउने चुच्चे धार्मिक मुकुट बारे शास्त्र
४) ल्हरेँ प्ये - मुकुट बाट तल झुण्डिने ऊन र गुरूको टुप्पिबाट बनेको डोरीबारे शास्त्र
५) खेकुप्हैँ नि खेकुमाँ प्ये - स्यखु बारे शास्त्र
६) लारोँ माँ प्ये - होँक्रतिं वा धनेस चराको टाउको बारे शास्त्र
७) सैरु च्हो प्ये - दुम्सीको काँडाको शास्त्र
८) क्ल्हृये छेब प्ये - पित्रि पुकार गर्ने शास्त्र
९) छोँदाँ - चोखिनु, अशुद्धोलाई शुद्ध पार्ने, चोखिनु शास्त्र
१०) ट्होँदाँ - पुर्ख्‍यौली अवास्थल बारे शास्त्र
११) तिँदाँ - मुल, लिनु
१२) प्‍ह्रुदाँ - मिसाउनु, मिलाउनु, प्रयोगमा ल्यउनु
१३) कोरदाँ कुरजु - पुकार्नु, फलाकनु, स्मरण गर्नु
१४) फैदाँ - चोखो स्थान बारे शास्त्र
१५) मिदाँ - अग्निको उत्पत्ति बारे शास्त्र
१६) च्होँदाँ - ओदानको उत्पत्ति बारे शास्त्र
१७) फोदाँ - मृगको उत्पत्ति बारे शास्त्र
१८) न्हुदाँ - जाँड रक्सीको उत्पत्ति र प्रयोग बारे शास्त्र
१९) प्‍ह्रादाँ - मर्चाको उत्पत्ति बारे शास्त्र
२०) क्हृयाल त्होब - नयाँ र पुरानो पित्रिहरु मिलाउने, सातपिण्ड जोर्ने शास्त्र
२१) चोप्ले तेँब - गुरुको अज्ञाको पुकार र प्रर्थना शास्त्र
२२) प्हृयोनाँलि - मान्द्रो सन्बन्धि शास्त्र
२३) ट्हलदा ट्हलजु - डालोको शास्त्र
२४) छैमरङी त्हिमरङी - चोयाको पाथीको शास्त्र
२५) सिदाँ ल्हेब - जन्‍म र मृत्यु बारेको शास्त्र
२६) त्हलेँति - धनुषको शास्त्र
२७) मार नि मै त्होपो - कुखुराको फुलको शास्त्र
२८) च्हृयुइकु ‍च्हृयुइङी - बाँसको ९ वटा बाँसको सिन्का र १०८ थरि काठ बारे शास्त्र
२९) सिलज्योँ क्ष्याँ - झ्याली बारे शास्त्र
३०) पदु क्ष्याँ - ट्यामको बारे शास्त्र
३१) हेर्ग क्ष्याँ - ढोलक बारे शास्त्र
३२) प्ल प्ये - डुग्रिको शास्त्र
३३) ट प्ये - फुल बारे शास्त्र
३४) फुँ प्ये -बिउको शास्त्र
३५) कैँ प्ये - भात सन्बन्धि शास्त्र
३६) र्‍हिए प्ये - अस्तुको शास्त्र
३७) क्होदाँ सोँमै प्ये -अंग, रुपको शास्त्र
३८) लेँमकोँ - मावली सन्बन्धि शास्त्र
३९) चैँ फेलब - मृतकलाई काल, रोग बाट छुट्याउने शास्त्र
४०) ल्हे क्हुँब - यज्ञामा बिभिन्न रुपधारि बन्नु
४१) प्ल्ह सबा - मृतकको हंस, आत्मा र्स्वर्ग पुर्‍याउने शास्त्र
४२) ङ्हारदाँ - ढ्यांग्रोको उत्पत्ति शास्त्र
४३) पँलँ हुरि क्हृयाला - महामानव पँलँ हुरिको शास्त्र
४४) प्‍ह्रिँज क्हृयाला - महामानव प्‍ह्रिँज क्हृयालाको शास्त्र
४५) येवार्‍होँ त्हेवार्‍होँ - सुन चाँदीको र्सपको शास्त्र
४६) रिँ नि म्हृयुँ कोइडो - तान बुन्तुन वारेको शास्त्र
४७) स्याँजाकु र्‍हाँजा - थम्जे म्हम्जे भुतको शास्त्र
४८) रिँ नि म्हृयुँ मे ल्हिब - बाँण हन्ने र बाँण पर्काउने शास्त्र
४९) पौरल पच्यु - महा गुरु पौरल पच्युको शास्त्र
५०) आप क्‍ह्रौँलु पच्यु - महा गुरु आप क्‍ह्रौँलु पच्युको शास्त्र
५१) पोब पोथु र्‍होँ - सृष्‍टीकर्ता गुरु पोब पोथु र्‍होँको शास्त्र
५२) प्लगुछैँ नि भोँगुछैँ - बल र बुद्धी सम्बन्धी शास्त्र
५३) होँसार्‍होँ प्हुजु क्हृयाला - भुतकी रानी आमा शुर्बिग्हृयामु बारे शास्त्र
५४) शुर्बि मोँ नेबा - भुतकी रानी आमा शुर्बिग्हृयामु संग वाचा बन्‍धन बारे शास्त्र
५५) शुर्बि मोँ कोइनिबा - भुतकी रानी आमा शुर्बिग्हृयामुलाई निमन्त्रण पठाउने शास्त्र
५६) आपा क्हारबो - महा गुरु आप क्हारबोको शास्त्र
५७) सोँ कु लोँब - ९ ग्रहको भ्रमण
५८) कैँदु प्ये - तोर्म सम्‍बन्‍धि शास्त्र
५९) हृयोँ प्ये - धन सम्पतीको सहको शास्त्र
६०) उँइदा - सह सनबन्दी शास्त्र
६१) त्हुँदाँ - सह बटुल्ने शास्त्र
६२) नेँदाँ - सह बटुलेर थन्काउने शास्त्र
६३) स्या न्हु लोँङ च्हृयो - चार दिशा बारेको शास्त्र
६४) फैलदाँ - कुलेन बारे शास्त्र
६५) फैल कोइबा - कुलेन देवताको निमन्त्रण शास्त्र
६६) हृयुल कोरबा - इलाका देवताहरुमा भ्रमण शास्त्र
६७) उँइनोँबा - शवको रक्षा गर्ने शास्त्र
६८) ङ्है कैँदु वाबा - दोख तोर्मा फाल्ने शास्त्र
६९) ल्हो मेउ पार्क - ८ दशा र ९ ग्रहको शास्त्र
७०) आना न्हाला - इन्द्रेणीको शास्त्र
७१) था क्यारकबा - दोख फल्ने शास्त्र
७२) केवा तैजै - उल्टो कर्म बारे शास्त्र
७३) रिब खग्युरु - सुल्टो कर्म बारे शास्त्र
७४) रि खोलबा - भुतप्रेत, बोक्सी र रोगब्यधी संग लड्ने शास्त्र
७५) नक (होदाँ) प्ये - कुखुराको उत्‍पत्त्तिको शास्त्र
७६) र्‍हालमोँ र्‍हेँ - बाख्राको उत्‍पत्त्तिको शास्त्र
७७) सि फैलु - मृत्यु पछि गरिने कुल सम्बन्धी शास्त्र
७८) सो फैलु - जिवीत छदा गरिने कुलेन पुजाको शास्त्र
७९) मैँ हुबा - जडीबुटी, अयुर्बेदिक्, झरफुक को मन्त्रको शास्त्र
८०) प्रोँप्रोँ कोइनिबा - भुतको राजा निर जाने शास्त्र
८१) फेउसैँ प्ल्ह सब - यज्ञमा सहयोगीको हंस भुतको राजा निर पुर्‍याउने शास्त्र
८२) र्‍हालमोँ र्‍हेँ प्ल्ह सब - यज्ञमा बाख्रको हंस भुतको राजा निर पुर्‍याउने शास्त्र
८३) न्हेब प्ल्ह पुयुब - यज्ञमा बिरामीको हंस भुतको राजा बाट ल्याउने शास्त्र
८४) मोब - बिरामीलाई बिउँताउने शास्त्र
८५) प्हुँदा - वाचा गर्ने शास्त्र
८६) म्हनि लब - पापबाट मुक्त गराउने शास्त्र
८७) रि पाब - दोख गाड्नु अथाब अन्त शास्त्र
८८) लप्रु हृयाब - र्स्वर्ग लाने शास्त्र
८९) ख्राल चैँब - दोख, बिमार र रोग मुक्त गराउने शास्त्र
९०) धुदुँ माँ - भुत् प्रेतको उत्‍पत्त्तिको शास्त्र
९१) क्ल्हृये सल्ज्योँ प्हुँमै - भ्यकुता र मानव बिच इर्ष्या बारेको शास्त्र
९२) मलाँ टसिँ - आशीष दिने शास्त्र
९३) चैँ पाब - प्रेतआत्मालाई अन्त गर्ने शास्त्र
९४) त्‍हुर्जर टिब - चिहानमा तपस्या बस्ने शास्त्र
९५) दशरा प्ये - गाउँमा रोगहरु भित्रिन नदिने शास्त्र
९६) कोल पिब - मन्त्रको शक्तीले पिचास संग लडने शास्त्र
९७) ङिहल्‍ले - दोश्रो पटकको शास्त्र
९८) सोँल्ले - तेश्रो पटकको शास्त्र
९९) था क्यारबै मँलाँ - दोख फाले पछि आषिश दिने शास्त्र
१००) पक्रेँ कोइनिब - पक्रेँ देवताको निम्तोमा जाने शास्त्र
१०१) च्हृयोँगर पिब - अग्नि बाण छोड्ने शास्त्र
१०२) फुदा - भत्काउने, ध्वस्त गर्ने शास्त्र
१०३) च्योगे खाडा च्योगे - मन्त्रको शक्ति बारे शास्त्र
१०४) उरग्यानि प्ये ङो - च्हृयउदुँ नामको शक्तिसाली मन्त्र
१०५) फुसोँ पार्क प्ये - ग्रह दशा फाल्ने शास्त्र
१०६) क्ष्यु सिलबै प्ये - चार दिशा चोखाउने शास्त्र
१०७) क्ष्यो प्लि - चार दिशाको साइतको शास्त्र
१०८) ओर्जे क्ल्ये प्ये - अर्गुमा भेडाको भुमिका बारे शास्त्र
१०९) चैँ नि नेब - प्रेतात्मा संग लड्ने शास्त्र
११०) ङ्हैँ ल - भेत् र भेत्नुको शास्त्र
१११) हृयरक्ष्यो प्ये - र्स्वर्ग पुर्‍याउने शास्त्र
११२) हृयुरक्ष्यो प्ये - र्स्वर्ग पुर्‍याएर र्फकने शास्त्र
११३) फ्रेदासोँ प्ये - र्स्वर्गमा मृतकको र जिवित हंसहरु विदाई शास्त्र
११४) तेँ प्ये - पच्युले शिरमा पहिरिने मुकुट (डाँफे र मुनालको प्वाँख र पुच्छर बाट सजिएको) बारेको शास्त्र
११५) त्युस्यु ङोब ओली टिब ङो - असिना तर्काउने मंन्त्र

Comments

avatar netratamu
0
 
 
बुद्धी ङोलो अनि रमेश ङोलो धेरै धेरै धन्यवाद तपाईंहरुको मद्घत को लागि। हजुर हाम्रो प्राय तमु दाज्यु भाईहरुले पहिले पहिले हाम्रो तमु संस्कार सँस्कृति लाई तेती वास्तै नगरि हिन्द खेरी यस्तो ठक्कर हरु खाई नै रहन्छन। र ठक्कर खाई सके पछी फेरी फर्केर आउनु पर्दा यो हालत हुनु स्वोभाबिक हो। तर अफुलाई थाह भएको कुरा अरुलाई सिकाउनु सम्झाउनु तपाईं हामी सबै तमु हरुको कर्तब्य हो। तेसैले तपाईं हरुले गर्नु भएको मद्धतमा मो ज्यादै खुशी छु हजुर। प्हच्यु भनेको हाम्रो आफ्नो थर हो भने पच्यु भनेको कसैले गर्ने काम अनि वहाँहरुको पद्ध हो। यो तपाईंहरुको उत्तरमा मो शहमती छु हजुर। तर हाम्रो थर लेख्दा नाम पछाडी लेखिन्छ भने काम अनि पद्ध अगाडि नै लेखिन्छ जस्तै उदाहरणको लागि "यदी बुद्धी ङोलोले पच्यु काम सिक्नु भएको छ र पच्यु काम गर्नु हुन्छ भने वहाँलाई पच्यु बुद्धी च्हम्रु तमु भनेर लेखिन्छ"। तेस्तै हाम्रो पच्यु पैंडी चिवा यारजुङ क्रोम्छे तमु, वहाँले पच्यु को काम पनि गर्नु हुन्छ र हेरकोर गर्ने ज्योतिशी को काम पनि गर्नु हुन्छ र वहाँ सबै कुरामा परीपक्का गुरु भएको करणले वहाँलाई चिवा भनेर भनिन्छ तेसैले PPC पच्यु पैंडी चिवा भनेर भनिन्छ। नेपाली भाषामा ज्योतिषी भनिन्छ भने हाम्रो तमु भाषामा पैंडी भनेर भनिन्छ। धन्यावाद हजुर।
avatar Buddhi Grg
0
 
 
धन्यवाद छ ङोलो नेत्रज्यू, अहिले सम्म जति पनि प्रकृति पूजारी तमुको बारेमा बुझे नबुझेका प्रश्नहरुमा सही र द्रुत जवाफ दिन कहिल्यै ढिलाई गर्नु भएको छैन । एकदमै खुशी छु ङोलो । र पक्कै पनि आफूले जाने-बुझेका कुरालाई अरुलाई पनि सही जानकारी दिलाउँनु हामी सम्पूर्ण प्रकृति पूजारी तमुहरुको कर्तब्य र धर्म (पुण्य) हो । हाम्रो प्रयास त तमुको बारेमा, कोही कतै, हाम्रा तमुहरुबाटै गलत बुझेकाहरु छन्, रहेछन् भने सही तरिकाले बुझुन्, जानुन् भन्ने हो ।
म पनि तपाईं नेत्र तमुज्यू र 'तमु प्ये ल्हु वेबसाईट'बाट थोरै-धेरै तमुको बारेमा जान्ने मौका पाईरहेको छु । र सबै मनुष्यलाई आफ्नो नाम, जात, पहिचान र पदको धेरै गर्व हुन्छ । त्यसरी नै मलाई पनि 'तमु' हुनुमा गर्व छ ।
र यो जुन यो 'पच्यू' र 'प्हच्यू'को बारेमा दिनु भएको जानकारीको लागि धेरै धेरै धन्यवाद छ । यो 'पच्यू' उपाधी अथवा पद नै ठूलो गर्वको कुरा हो । हाम्रा ( तमुपच्यू ) तमुधर्मगुरु, पुरोहित हरुमा पनि त्यतिकै गर्व गर्नु पर्दछ ।
हामी तमुहरुको जातीय पहिचानलाई गर्वान्नित गराउन हाम्रा तमुधर्म गुरुहरुको ठूलो देन छ ।
र यहाँ एउटाकुरा के स्पस्ट भइनु पर्ने देखे भने, 'पद' जहिले पनि नामको अगाडि र 'थर' नामको पछाडि लेखिन्छ ।
Thank you, ngolo Netra tamu.
Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

बेलायतमा तमु क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति) चाड
25/12/2008 | Administrator

जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृति [ ... ]


तमु ल्हो र पार्क (Tamu Lho & Parka)
23/07/2009 | Mani Tamu

A. Tamu  Lhokohr Tamu Chwoñ Roman नेपाली English Photo Nimyu Chyu Musa मुसा Mouse Mya Loñ Gai गाई Cow Che To Bagh बाघ Tig [ ... ]


Sounds for Divine Ancesters
25/12/2008 | Administrator

Rituals, Music & Life in Tamu ShamanismThe first ever recording dedicated to Tamu/Gurung shaman ritual music.Keith Howard and Yarjung Krõmchhañ Tamu (Gurung) with Simon Mills------------------------ [ ... ]


काटमार के हिंसा हो?
05/04/2009 | Netra tamu

             काटमार के हिंसा हो?
               काटमार के हिंसा हो? तर म भन्छु होइन सा [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles