|
पच्यु प्येमै (Holy Scriptures) |
|
|
|
|
Written by Administrator
|
|
Tuesday, 17 February 2009 21:23 |
|
पच्यु र क्ल्हृयेप्रिँका प्ये (शास्त्र)हरु संकलन गरी एकरुपता ल्याउने महत्वपूर्ण जिम्मेवार सम्पूर्ण तमुहरुको समक्ष आज उभिएको छ । तमु प्ये क्ष्या - (तमु धर्मशास्त्र)का अनुसन्धान गरी प्ये क्ष्या तयार गर्नुमा धेरै कुराहरु बाँकी छन् । म सँग भएको शास्त्रहरु र बिभिन्न त्हेँहरुको छोटकारी बर्णन तल दिएको छु । यस्तै गरि अरु हाम्रा पच्युहरुले पनि अफुसंग भएका प्ये -(शास्त्र)का अध्यायहरु र तिनका अर्थहरु लेखेर दिनु भएमा हाम्रा अनुसन्धानकर्ताहरुलाई प्येको 'डाटा' संकलन गरी यथसिध्रा तमुको धर्म ग्रन्थ तयार गर्नेमा ठुलो सहयोग पुग्ने छ । प्राप्त सामाग्रीहरु ब्यक्तिको नाम सहित यहाँ थप्दै राख्नेछु ।
पच्यु पैंडि चिब यारजङ क्रौँम्छैँ तमु संस्थापक सदस्य - तमु प्ये ल्हु संघ हाल बेलायत (प्रमुख सल्लाहकार तमु प्ये ल्हु संघ - बेलायत शाखा)
पच्यु प्येमै
१) त्हेरेताँना प्ये - शुभदिन, शुभ सुरुवत दिन वारे शास्त्र २) र्हलेँ प्ये - कमरमा लगाउने धार्मिक पेटी बारे शास्त्र ३) ह्रालबो प्ये - टाउकोमा लगाउने चुच्चे धार्मिक मुकुट बारे शास्त्र ४) ल्हरेँ प्ये - मुकुट बाट तल झुण्डिने ऊन र गुरूको टुप्पिबाट बनेको डोरीबारे शास्त्र ५) खेकुप्हैँ नि खेकुमाँ प्ये - स्यखु बारे शास्त्र ६) लारोँ माँ प्ये - होँक्रतिं वा धनेस चराको टाउको बारे शास्त्र ७) सैरु च्हो प्ये - दुम्सीको काँडाको शास्त्र ८) क्ल्हृये छेब प्ये - पित्रि पुकार गर्ने शास्त्र ९) छोँदाँ - चोखिनु, अशुद्धोलाई शुद्ध पार्ने, चोखिनु शास्त्र १०) ट्होँदाँ - पुर्ख्यौली अवास्थल बारे शास्त्र ११) तिँदाँ - मुल, लिनु १२) प्ह्रुदाँ - मिसाउनु, मिलाउनु, प्रयोगमा ल्यउनु १३) कोरदाँ कुरजु - पुकार्नु, फलाकनु, स्मरण गर्नु १४) फैदाँ - चोखो स्थान बारे शास्त्र १५) मिदाँ - अग्निको उत्पत्ति बारे शास्त्र १६) च्होँदाँ - ओदानको उत्पत्ति बारे शास्त्र १७) फोदाँ - मृगको उत्पत्ति बारे शास्त्र १८) न्हुदाँ - जाँड रक्सीको उत्पत्ति र प्रयोग बारे शास्त्र १९) प्ह्रादाँ - मर्चाको उत्पत्ति बारे शास्त्र २०) क्हृयाल त्होब - नयाँ र पुरानो पित्रिहरु मिलाउने, सातपिण्ड जोर्ने शास्त्र २१) चोप्ले तेँब - गुरुको अज्ञाको पुकार र प्रर्थना शास्त्र २२) प्हृयोनाँलि - मान्द्रो सन्बन्धि शास्त्र २३) ट्हलदा ट्हलजु - डालोको शास्त्र २४) छैमरङी त्हिमरङी - चोयाको पाथीको शास्त्र २५) सिदाँ ल्हेब - जन्म र मृत्यु बारेको शास्त्र २६) त्हलेँति - धनुषको शास्त्र २७) मार नि मै त्होपो - कुखुराको फुलको शास्त्र २८) च्हृयुइकु च्हृयुइङी - बाँसको ९ वटा बाँसको सिन्का र १०८ थरि काठ बारे शास्त्र २९) सिलज्योँ क्ष्याँ - झ्याली बारे शास्त्र ३०) पदु क्ष्याँ - ट्यामको बारे शास्त्र ३१) हेर्ग क्ष्याँ - ढोलक बारे शास्त्र ३२) प्ल प्ये - डुग्रिको शास्त्र ३३) ट प्ये - फुल बारे शास्त्र ३४) फुँ प्ये -बिउको शास्त्र ३५) कैँ प्ये - भात सन्बन्धि शास्त्र ३६) र्हिए प्ये - अस्तुको शास्त्र ३७) क्होदाँ सोँमै प्ये -अंग, रुपको शास्त्र ३८) लेँमकोँ - मावली सन्बन्धि शास्त्र ३९) चैँ फेलब - मृतकलाई काल, रोग बाट छुट्याउने शास्त्र ४०) ल्हे क्हुँब - यज्ञामा बिभिन्न रुपधारि बन्नु ४१) प्ल्ह सबा - मृतकको हंस, आत्मा र्स्वर्ग पुर्याउने शास्त्र ४२) ङ्हारदाँ - ढ्यांग्रोको उत्पत्ति शास्त्र ४३) पँलँ हुरि क्हृयाला - महामानव पँलँ हुरिको शास्त्र ४४) प्ह्रिँज क्हृयाला - महामानव प्ह्रिँज क्हृयालाको शास्त्र ४५) येवार्होँ त्हेवार्होँ - सुन चाँदीको र्सपको शास्त्र ४६) रिँ नि म्हृयुँ कोइडो - तान बुन्तुन वारेको शास्त्र ४७) स्याँजाकु र्हाँजा - थम्जे म्हम्जे भुतको शास्त्र ४८) रिँ नि म्हृयुँ मे ल्हिब - बाँण हन्ने र बाँण पर्काउने शास्त्र ४९) पौरल पच्यु - महा गुरु पौरल पच्युको शास्त्र ५०) आप क्ह्रौँलु पच्यु - महा गुरु आप क्ह्रौँलु पच्युको शास्त्र ५१) पोब पोथु र्होँ - सृष्टीकर्ता गुरु पोब पोथु र्होँको शास्त्र ५२) प्लगुछैँ नि भोँगुछैँ - बल र बुद्धी सम्बन्धी शास्त्र ५३) होँसार्होँ प्हुजु क्हृयाला - भुतकी रानी आमा शुर्बिग्हृयामु बारे शास्त्र ५४) शुर्बि मोँ नेबा - भुतकी रानी आमा शुर्बिग्हृयामु संग वाचा बन्धन बारे शास्त्र ५५) शुर्बि मोँ कोइनिबा - भुतकी रानी आमा शुर्बिग्हृयामुलाई निमन्त्रण पठाउने शास्त्र ५६) आपा क्हारबो - महा गुरु आप क्हारबोको शास्त्र ५७) सोँ कु लोँब - ९ ग्रहको भ्रमण ५८) कैँदु प्ये - तोर्म सम्बन्धि शास्त्र ५९) हृयोँ प्ये - धन सम्पतीको सहको शास्त्र ६०) उँइदा - सह सनबन्दी शास्त्र ६१) त्हुँदाँ - सह बटुल्ने शास्त्र ६२) नेँदाँ - सह बटुलेर थन्काउने शास्त्र ६३) स्या न्हु लोँङ च्हृयो - चार दिशा बारेको शास्त्र ६४) फैलदाँ - कुलेन बारे शास्त्र ६५) फैल कोइबा - कुलेन देवताको निमन्त्रण शास्त्र ६६) हृयुल कोरबा - इलाका देवताहरुमा भ्रमण शास्त्र ६७) उँइनोँबा - शवको रक्षा गर्ने शास्त्र ६८) ङ्है कैँदु वाबा - दोख तोर्मा फाल्ने शास्त्र ६९) ल्हो मेउ पार्क - ८ दशा र ९ ग्रहको शास्त्र ७०) आना न्हाला - इन्द्रेणीको शास्त्र ७१) था क्यारकबा - दोख फल्ने शास्त्र ७२) केवा तैजै - उल्टो कर्म बारे शास्त्र ७३) रिब खग्युरु - सुल्टो कर्म बारे शास्त्र ७४) रि खोलबा - भुतप्रेत, बोक्सी र रोगब्यधी संग लड्ने शास्त्र ७५) नक (होदाँ) प्ये - कुखुराको उत्पत्त्तिको शास्त्र ७६) र्हालमोँ र्हेँ - बाख्राको उत्पत्त्तिको शास्त्र ७७) सि फैलु - मृत्यु पछि गरिने कुल सम्बन्धी शास्त्र ७८) सो फैलु - जिवीत छदा गरिने कुलेन पुजाको शास्त्र ७९) मैँ हुबा - जडीबुटी, अयुर्बेदिक्, झरफुक को मन्त्रको शास्त्र ८०) प्रोँप्रोँ कोइनिबा - भुतको राजा निर जाने शास्त्र ८१) फेउसैँ प्ल्ह सब - यज्ञमा सहयोगीको हंस भुतको राजा निर पुर्याउने शास्त्र ८२) र्हालमोँ र्हेँ प्ल्ह सब - यज्ञमा बाख्रको हंस भुतको राजा निर पुर्याउने शास्त्र ८३) न्हेब प्ल्ह पुयुब - यज्ञमा बिरामीको हंस भुतको राजा बाट ल्याउने शास्त्र ८४) मोब - बिरामीलाई बिउँताउने शास्त्र ८५) प्हुँदा - वाचा गर्ने शास्त्र ८६) म्हनि लब - पापबाट मुक्त गराउने शास्त्र ८७) रि पाब - दोख गाड्नु अथाब अन्त शास्त्र ८८) लप्रु हृयाब - र्स्वर्ग लाने शास्त्र ८९) ख्राल चैँब - दोख, बिमार र रोग मुक्त गराउने शास्त्र ९०) धुदुँ माँ - भुत् प्रेतको उत्पत्त्तिको शास्त्र ९१) क्ल्हृये सल्ज्योँ प्हुँमै - भ्यकुता र मानव बिच इर्ष्या बारेको शास्त्र ९२) मलाँ टसिँ - आशीष दिने शास्त्र ९३) चैँ पाब - प्रेतआत्मालाई अन्त गर्ने शास्त्र ९४) त्हुर्जर टिब - चिहानमा तपस्या बस्ने शास्त्र ९५) दशरा प्ये - गाउँमा रोगहरु भित्रिन नदिने शास्त्र ९६) कोल पिब - मन्त्रको शक्तीले पिचास संग लडने शास्त्र ९७) ङिहल्ले - दोश्रो पटकको शास्त्र ९८) सोँल्ले - तेश्रो पटकको शास्त्र ९९) था क्यारबै मँलाँ - दोख फाले पछि आषिश दिने शास्त्र १००) पक्रेँ कोइनिब - पक्रेँ देवताको निम्तोमा जाने शास्त्र १०१) च्हृयोँगर पिब - अग्नि बाण छोड्ने शास्त्र १०२) फुदा - भत्काउने, ध्वस्त गर्ने शास्त्र १०३) च्योगे खाडा च्योगे - मन्त्रको शक्ति बारे शास्त्र १०४) उरग्यानि प्ये ङो - च्हृयउदुँ नामको शक्तिसाली मन्त्र १०५) फुसोँ पार्क प्ये - ग्रह दशा फाल्ने शास्त्र १०६) क्ष्यु सिलबै प्ये - चार दिशा चोखाउने शास्त्र १०७) क्ष्यो प्लि - चार दिशाको साइतको शास्त्र १०८) ओर्जे क्ल्ये प्ये - अर्गुमा भेडाको भुमिका बारे शास्त्र १०९) चैँ नि नेब - प्रेतात्मा संग लड्ने शास्त्र ११०) ङ्हैँ ल - भेत् र भेत्नुको शास्त्र १११) हृयरक्ष्यो प्ये - र्स्वर्ग पुर्याउने शास्त्र ११२) हृयुरक्ष्यो प्ये - र्स्वर्ग पुर्याएर र्फकने शास्त्र ११३) फ्रेदासोँ प्ये - र्स्वर्गमा मृतकको र जिवित हंसहरु विदाई शास्त्र ११४) तेँ प्ये - पच्युले शिरमा पहिरिने मुकुट (डाँफे र मुनालको प्वाँख र पुच्छर बाट सजिएको) बारेको शास्त्र ११५) त्युस्यु ङोब ओली टिब ङो - असिना तर्काउने मंन्त्र
|
Comments
म पनि तपाईं नेत्र तमुज्यू र 'तमु प्ये ल्हु वेबसाईट'बाट थोरै-धेरै तमुको बारेमा जान्ने मौका पाईरहेको छु । र सबै मनुष्यलाई आफ्नो नाम, जात, पहिचान र पदको धेरै गर्व हुन्छ । त्यसरी नै मलाई पनि 'तमु' हुनुमा गर्व छ ।
र यो जुन यो 'पच्यू' र 'प्हच्यू'को बारेमा दिनु भएको जानकारीको लागि धेरै धेरै धन्यवाद छ । यो 'पच्यू' उपाधी अथवा पद नै ठूलो गर्वको कुरा हो । हाम्रा ( तमुपच्यू ) तमुधर्मगुरु, पुरोहित हरुमा पनि त्यतिकै गर्व गर्नु पर्दछ ।
हामी तमुहरुको जातीय पहिचानलाई गर्वान्नित गराउन हाम्रा तमुधर्म गुरुहरुको ठूलो देन छ ।
र यहाँ एउटाकुरा के स्पस्ट भइनु पर्ने देखे भने, 'पद' जहिले पनि नामको अगाडि र 'थर' नामको पछाडि लेखिन्छ ।
Thank you, ngolo Netra tamu.