You are here > Home News & Events Tanahu तनहुँमा तमु प्ये ल्हु संघ जिल्ला समिति गठन
Tue 07 Sep 2010
तनहुँमा तमु प्ये ल्हु संघ जिल्ला समिति गठन PDF Print E-mail
Written by Rupasa Chahkli Tamu   
Thursday, 22 January 2009 17:37
 
Sunday, 21 December 2008 21:49

           tanahu 

तनहुँ । तमु छोंज धीं जिल्ला समितिको आयोजनामा प्रथम पटक भएको तनहुँ जिल्ला खेगी सम्मेलनले हस्तवीर टु तमुको अध्यक्षतामा ११ सदस्यीय तमु प्ये ल्हु संघ तनहुँ जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जयबहादुर तमु, पच्यु सचिवमा भीमबहादुर ल्हों तमु, कोषाध्यक्षमा प्रतापिसं टु तमु, सहसचिवमा नेत्रबहादुर टु तमु र सदस्यहरुमा सु। सुकबहादुर क्रोंजे तमु, अमरिसं क्होला तमु, यमरबहादुर ङोर तमु, रेखबहादुर टु तमु, टुकबहादुर ल्हेंगे तमु, र नन्दलाल क्रोंजे तमु, रहनु भएको छ । महिला सदस्य २ जना पछि थप गर्ने गरी १३ जनाको कार्यसमिति रहनेछ ।

सम्मेलनको उद्घाटन ९० वर्षीय क्ल्हेप्री खेगी थमनिसं टु तमुले गर्नुभएको थियो । स्व. डा. हर्क गुरुङको स्मृति दिवसको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको थियो । स्व। डा। हर्क गुरुङको सम्झनामा एक मिनेट मौनधारणा गरी कार्यक्रम शुरु भएको थियो ।

जिल्लाका करिब ४६ गाविसका अधिकांश खेगी तथा चोंगीहरु त्यस सम्मेलनमा सहभागी भएका थिए । आयोजक तमु छोंज धीं तनहुँ जिल्ला समितिले तमु खेगी भेला भनेर आह्वान गरिएपनि सहभागी महानुभावहरुले सम्मेलन भन्नुपर्ने सुझाव आएपछि उक्त भेलालाई सम्मेलनमा परिणत गरेको थियो ।

सहभागी वक्ताहरुले सभा भेला सम्मेलनले पारित तमु प्ये छ्यालाई कार्यान्वयनमा ल्याउनुपर्नेबारे जोड दिइएको थियो । सम्मेलनमा खेगी वक्ताहरुले चोंगीले पनि तमु प्येबारे विशेष चासो राखी अध्ययन अनुसन्धन गरेमा हाल देखापरेका खेगी र चोंगीबीचको विवाद केही हदसम्म समाधान हुने बताउनुभएको थियो ।

केन्द्रबाट तमु प्ये ल्हु संघ निर्देशक परिषद्का महासचिव भोवर पाल्जें तमु केन्द्रीय क्ल्हेप्री समितिका अध्यक्ष देवबहादुर टु र केन्द्रीय पच्यु समितिका सचिव ठउबहादुर तमु सहभागी हुनुभएको थियो । सम्मेलनमा केन्द्रीय क्ल्हेप्री अध्यक्ष देवबहादुर टु तमु र ठउबहादुर तमुले बन्दसत्रमा उठेका विवादित विषयहरुलाई केन्द्रको तर्फबाट प्रष्ट्याउनु भएको थियो ।

सेप्टेम्बर २४ र २५ गरी दुई दिनसम्म चलेको सम्मेलनले २३ बुँदे घोषणापत्र जारी गरेको छ । दमौली घोषणापत्र यसप्रकार रहेको छ:-

पौराणिककालदेखि नै आपुनो प्येमार्फत तमु जातिको भाषा धर्म कला र संस्कृतिको संरक्षण एवं विकास गर्ने क्रममा विशिष्ट योगदान पुर्‍याउनु हुने समस्त तमु खेगी एवम् पुर्खाहरुको स्मरण गर्दै गण्डकी अञ्‍चल तनहुँ जिल्ला अन्तर्गत बसोबास गर्दै आएको आपुनै प्ये खेगी भाषा धर्म कला र संस्कृति भएका समस्त तमु जातिको तथ्यलाई आत्मसात गर्दै आपुनै प्ये र खेगीहरुको संरक्षण एवम् विकास गर्नुपर्ने यथार्थलाई हृदयंगम गर्दै राज्यले सबै जाति वर्ग धर्म र समुदायका शास्त्र एवम् पूजारीहरुको समान संरक्षण र विकास गर्नको सट्टा तमु प्ये र खेगीहरुमाथि गरिएको भेदभाव उपेक्षा र उत्पीडन गर्दै आइरहेको वास्तविकतालाई उजागर गर्दै तमु छोंज धीं जिल्ला समिति तनहुँको आयोजनामा साचालित जिल्लास्तरीय तमु खेगी तथा चोंगी सम्मेलनको सन्दर्भमा हामी सम्पूर्ण तनहुँबासी तमुहरुको तर्फबाट निम्नबमोजिमको दमौली घोषणापत्र २०६४ जारी गर्दछौं ।

तनहुँ जिल्लास्थित खेगीहरुको प्रचलित प्ये संकलन गरी विश्लेषण एवम् एकीकृत गर्ने ।

जिल्लास्थित तमु प्ये छ्या र ल्हुमा एकरुपता कायम गर्दै लैजाने ।

तमु समुदायको समुदायहरुमा क्होईबो निर्माण तथा प्रचारप्रसार एवं प्रोत्साहन गर्ने ।

प्ये ल्हु संघ तनहुँ स्थापना गरी प्ये तथा खेगीहरुको संस्थागत संरक्षण एवम् विकास गर्न जिल्लादेखि केन्द्रसम्म पैरवी गर्ने ।

अर्घुंगर्दा जिल्लाभरि नै तीन दिने गर्ने ।

थो काट्नेसम्बन्धमा थो को विकल्प छैन तर खेगीहरुलाई समयसापेक्ष बनाउँदै लैजानको लागि प्रयत्न गर्ने ।

खेगी तालिमको लागि तमु प्ये ल्हु संघ केन्द्रीय समितिलाई आवश्यक आर्थिक एवम् प्रशिक्षार्थी उपलब्ध गराउन सहयोग गर्ने ।

चाडपर्वको सम्बन्धमा हाम्रो परम्परा र संस्कृतिलाई थिचोमिचो गर्ने खालको बाह्य चाडपर्वलाई निरुत्साहित गर्दै आपुनै मौलिक चाडपर्वको संरक्षण र विकास गर्ने ।

ह्री लिन जाँदा आलाँ नलैजाने प्रथाको विकास गर्ने ।

जिल्लास्थित तमु जातिको धर्म भाषा कला र संस्कृति झल्कने कम्तीमा तीन ३ नमूना गाउँको विकास गर्न आवश्यक सहयोग गर्ने ।

प्ल त्हेंसी र ह्री त्हेंसीलाई एउटै मात्र प्रचलनमा ल्याउन पहल गर्ने ।

तमु ल्होसारको लागि पुस १४ १५ र १६ गरी तीन दिन सार्वजनिक विदा घोषणा गराउन राज्यपक्षसमक्ष जोडदार रुपमा पहल गर्ने ।

सम्पूर्ण आदिवासी जनजातिहरुको मातृ भाषामा उच्च शिक्षा हासिल गर्न पाउने अधिकार सुनिश्चित गर्नको लागि राज्यपक्षसँग माग गर्ने ।

नेपालको अन्तरिम संविधान २०६३ मा धर्मनिरपेक्ष राज्य उल्लेखित धारा ४ लाई अकाट्य धाराको रुपमा कायम हुनुपर्ने भनी माग गर्ने ।

स्व डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषित गर्न राज्यलाई दबाब दिने ।

राष्ट्रियस्तरमै एकीकृत हुन नसकेको तमु जातीय संगठनहरुको एकीकरणको लागि पहल गर्ने ।

आगामी २०६४ मंसिर ६ गने हुने संविधानसभाको निर्वाचनलाई शान्तिपूर्ण तरिकाबाट सम्पन्न गराउनको लागि आआपुनो क्षेत्रबाट सक्दो पहल गर्ने ।

नेपाल सरकारले हालै अनुमोदन गरेको अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धि नं १६९ लाई अविलम्ब कार्यान्वयन गर्नको लागि दबाब दिने ।

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

तमु जातिको संक्षिप्त ऐतिहासिक झलक
25/12/2008 | Administrator

पच्यु, पैँडी चिब यारजङ क्रोँम्‍छैँ तमु र भोवर पाल्जें तमु(बर्नार्ड पिग्नेड [ ... ]


बेलायतमा तमु क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति) चाड
25/12/2008 | Administrator

जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृति [ ... ]


चाड पर्बहरु - Festivals
25/12/2008 | Administrator

हामी तमुहरूको मुल चाड पर्बहरुमा: Tamumai's main festivals: ल्होसारल्होसार
(पौष १५) Lhosar
(Paus 15)
माँ [ ... ]


तमु एकता दिवस - माघ ६ गते
25/12/2008 | Administrator

माघ ६ गते तमु एकता दिवस मनाऔं
केजु तमु, तनहुँ तमुहरुलाई विभाजन गरी सत्ता हत्य [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles